PLEASE CLICK
ON ICON
TO DOWNLOAD
THE COURSE

1

       

NBCI को पाठ्यक्रमलाई हाम्रो Website बाट Download गरेर इमेल वा हुलाक दुबै माध्यमबाट पठाउन सक्नुहुनेछ।

Testimony and Letters:

NBCI ले मलाई आत्मिक जीवन जिउन सिकाएको छ

         रमेश चौधरी, गुञ्जनगर, चनौली, चितवन

सम्पूर्ण प्रियजनहरूमा मेरो जय मसीह !
मेरो नाम रमेश चौधरी हो। मेरो घर चितवनको गुञ्जनगर गा.वि.स. चनौलीमा पर्दछ। परमेश्वरलाई धन्यबाद होस् ! यहाँहरूको माझमा मेरो जीवन गवाही बताउन पाउँदा अत्यन्तै खुशी लागेको छ।


त्यो अतित क्षणलाई सम्झन्छु – मलाई जहाँ जान मन लाग्थ्यो अनि जे गर्न मन लाग्थ्यो सबै कुराहरू आफ्नो खुशी अनुसार जिउँदथें। चराहरू स्वतन्त्रपूर्वक आकाशमा उडेझैं म पनि धरतीमा आफ्नै इच्छानुसार हिँड्थें, डुल्थें, खेल्थें, आदि इत्यादि। तर अब ती दिनहरू सदाको लागि मबाट दूर भइसकेको छ। सायद अब ती दिनहरू मेरो निम्ति फेरि फर्केर आउँदैन होला !


झण्डै ७ वर्ष अघि विद्युतीय दूर्घटना परेको थिएँ। विजुलीको पोलमा लाइन मिलाउने क्रममा अचानक शरीरमा विद्युत प्रवाहित हुँदा म भुइँमा पछारिन पुगें। मलाई तत्काल उपचारको लागि अस्पतालमा लगियो। चिकित्शकहरूले सक्दो प्रयास गरे, तर उनीहरूको प्रयास मिथ्या रह्यो। दूर्घटनाको कारणले गर्दा मेरो मेरूदण्ड भाँचिएको रहेछ। जसको कारणले मेरा दुबै गोडाहरू नचल्ने भए। नेपालमा उपचार नहुने भएपछि भारतको नाम चलेका अस्पतालहरूमा मलाई लगियो। त्यहाँ पनि चिकित्शकहरूले सक्दो प्रयास गरे। उपचारको क्रममा धेरै खर्च भयो। घरखेत बेचियो, लाखौं खर्च गरियो, तर पनि कुनै सुधार भइएन। त्यसपछि हामी हार खाइ आफ्नो ठाउँमा फर्क्यौं।


यसरी मेरा जीवनका बाँकी दिनहरू ओछ्यानमै पल्टिरहनु पर्ने बाध्यता भयो। दिनहरू यसरी नै कष्टकासाथ बितिरह्यो। यसैक्रममा एकदिन मैले प्रभु येशूको बारेमा सुसमाचार सुनें। सुसमाचार सुनेर निको होइन्छ कि भन्ने एउटा झिनो आशा मनमा पलाएर आयो। शारीरिक चङ्गाइ पाउने आशामा म विभिन्न इसाई सभाहरूमा गइरहें। तर पनि मेरो शरीरमा त्यस्तो कुनै सुधार आउन सकेन। निको भएर पुनः पहिले जस्तै हिँड्ने प्रवल आशा मनमा व्याप्त रहिरहेकोले चङ्गाइका सभाहरूमा मलाई मेरा आफन्तहरूले निरन्तर लगिरहे।


समयहरू यसरी नै बित्दैगयो। एक साँझ म एउटा स्थानीय एफ.एम रेडियो सुनिरहेको थिएँ। उक्त रेडियोमा NBCI द्वारा प्रायोजित “आशाको नयाँ किरण” नामक एक इसाई कार्यक्रम बजिरहेको थियो। उक्त रेडियो कार्यक्रममा ‘हामी सारा मानव जाति पापको दासत्वमा छौं, सबैभन्दा पहिले हाम्रो हृदयको पापरूपी रोगबाट हामी निको पारिनुपर्छ’ भन्ने बडो रोचक प्रस्तुतिका साथ प्रसारण भइरहेको थियो। मैले यो कार्यक्रम सुनेर एउटा नयाँ कुरा थाहा पाएँ। म यत्तिका दिनहरू शारीरिक चङ्गाइ पाउने आशा मात्र प्रभु येशूबाट राखेको थिएँ, तर मैले आफ्नो आत्माको विषयमा त्यति गम्भिर भएर सोचेकै रहेनछु। उक्त रेडियो कार्यक्रम म नियमित रूपमा सुन्न थालें, साथै NBCI मा पत्राचारद्वारा बाइबल अध्ययन पनि गर्न थालें। यसरी रेडियो कार्यक्रम नियमित सुन्दै र पत्राचारलाई पनि निरन्तरता दिँदै गएँ। यसैक्रममा मैले जीवनका धेरै आत्मिक कुराहरू सिक्दै र बुझ्दै गएँ। NBCI द्वारा उपलब्ध हुने सबैखाले बाइबल पाठ्यक्रम पनि अध्ययन गरेर हालै केही महिना अघि सिध्याएँ। हो म हाल अपाङ्ग जीवन जिइरहेको छु, तर पनि जीवनप्रति अब मेरो केही गुनासो छैन। प्रभु येशूको न्यानो उपस्थितिको साथ शान्तिको जीवन जिइरहेको छु। पावलको जीवनबाट मलाई उत्साह मिल्दछ। उनले आफ्नो शरीरमा भएको कमजोरी अथवा कष्टबाट मुक्त हुन कतिपटक परमेश्वरसँग प्रार्थना गरे, तर पनि उ निको हुन सकेन। बाइबलको नयाँ करारको २ कोरिन्थी १२:९ पदमा पावलले यसरी लेखेका छन् – “मेरा अनुग्रह तिम्रा निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा मेरो सामर्थ्य सिद्ध हुन्छ।” यसरकारण ख्रीष्टको सामर्थ्य ममाथि रहोस् भनेर बरू मेरा दुर्बलताहरूमा ज्यादै खुशीसित म गर्व गर्नेछु। हजूर, मलाई पनि यस्तै अनुभव भइरहेको छ।


परमेश्वरको महिमा होस् ! साँच्चैनै NBCI ले मलाई वास्तविक आत्मिक जीवन जिउन प्रेरणा दिएको छ। शरीरमा म अशक्त भए पनि आत्मामा पूर्ण जोश परमेश्वरले मेरो हृदयमा हालिदिनु भएको छ। शरीरमा चङ्गाइ नपाए पनि केही छैन, तर यो भन्दा पनि ठूलो पापको रोग हो जुन रोगबाटचाहिँ म पूर्ण रूपमा चङ्गाइ भइसकेको छु। परमेश्वरको इच्छा अनुसार मेरो जीवनमा होस् भनी उहाँसँग मेरो अन्तर्विन्ती छ। हवस् त आजलाई विदा चाहन्छु, जय मसीह !

-------------------------------------------------------------------------------------------------------------------------------------------------------

मिति : १० मार्च २०११

प्रिय एन.बी.सी. आई.
नमस्कार !

 मेरो नाम दीपशिखा घिमिरे हो। मेरो घर काठमाडौको मूलपानी र हाल म स्नातक तेस्रो वर्षमा अध्ययनरत छु। बाबलका असङ्ख्य पाठक र प्रभु येशू ख्रीष्टका अनुयायीहरूमध्ये म पनि एक हुँ। म हृदयदेखि येशू ख्रीष्टमा आस्था र विश्वास गर्दछु। उहाँले धेरैको झैं मेरो जीवन पनि अनुग्रहित गर्नुभएको छ। उहाँले मेरो जीवनमा ल्याइदिनुभएको परिवर्तन म स्वयमले अनुभव गरेको छु। हुन ता म एक छुट्टै धर्म मान्ने कट्टर परिवारमा जन्मेर हुर्केको हुँ। तर सानैदेखि जब मैले होश सम्हाले, तबदेखि नै मेरो मनमा शान्ति कहिल्यै भएन। मानिसको जीवनमा आरोह–अवरोह, सफलता–असफलता त भइनै रहन्छन्। तर मेरो मनमा भने तिनै कुराहरूले गर्दा तनाव र नैराश्यता व्याप्त थियो। म यति छिटै दिक्दारी हुन्थे कि आफैले–आफैलाई सम्हाल्न गाह्रो पर्थ्यो। एउटा तनावग्रस्त मानिसले कसरी सही निर्णय लिन सक्छ र ? यसरी मेरो मानसिक बिमारीले मेरो भविष्यमा नै प्रश्नचिन्ह खडा गर्ने हो कि भन्ने डर थियो मलाई। आखिर किन यस्तो भइरहेछ भनेर म निकै विचार गर्थें। आफैलाई सम्हाल्न धेरै कोशिस गर्थें, तर सबै निरर्थक हुन्थ्यो। म यस्तो सहाराको खोजिमा थिएँ, जसले मेरो नैराश्यतालाई दूर गरोस्। साथै यो पनि विचार गर्थें कि किन जीवनमा मात्र यस्तो असाधारणा स्थिति छ ?

एन.बी.सी.आ.ई. द्वारा प्रकाशित बाइबलसँग सम्बन्धित विभिन्न  पर्चाहरू अध्ययन गर्ने मौका मिल्यो। प्रभु येशूको शरणमा आएपछि मैले बुझें कि मैले गरेका पापहरू नै मेरो मनभित्रको तनाव र अशान्तिका कारण रहेछन्। मैले त्यसपछि बाइबल अध्ययन शुरू गरें। अनि मात्र मेरा बन्द आँखाहरू खोलिएकोअनुभव गर्न पुगें। मैले बुझें कि पापको प्रायश्चित नगरेसम्म मनमा शान्ति पाउन असम्भव छ।

मैले गरेका पापहरूको म सच्चा हृदयले प्रायश्चित गर्न चाहन्छु र प्रभु येशूमा जीवन बिताउन चाहन्छु। मलाई थाहा छ कि मेरो परिवार मेरो यो निर्णयमा खुशी हुनेछैन। जे–जस्तो परिस्थिति सिर्जना भएपनि अब म प्रभुमा एक सच्चा भक्त भइ आफ्नो जीवनलाई समर्पण गर्दछु।

यसरी आत्मिकपनमा बढ्न एन.बी.सी.आई मेरो एक असल मित्र बन्नेछ भनी विश्वास गर्दछु। कृपया प्रभुमा मेरो निम्ति निरन्तर प्रार्थना गरिदन हुन अनुरोध सहित आजलाई विदा पाऊँ, हवस् त नमस्कार !

All rights rights reserved NBCI
Desigened by: Nepal Church Ministries
Page View visitors count