A glimpse of reality

A glimpse of reality!

प्यारो मित्र, तपाईंको कल्याण होस्! ईश्वरले तपाईंलाई सत्यताको ज्ञानद्वारा तपाईंको जीवन उज्यालो पारेका होऊन् र तपाईंलाई प्रशस्त आशिष दिएका होऊन्! 

तपाईंको सुखचैन हाम्रो शुभचिन्ता हो। तपाईंको हालत कस्तो छ? के तपाईं सन्चो सुबिस्ता हुनुहुन्छ? कि के तपाईंको निम्ति जीवन एक शोक, सन्ताप, वाक्क दिक्क र विरक्तको कारण बनेको छ? यसकारण शायद तपाईंलाई जिउनुभन्दा मर्न मन लागेको होला। तर मरेपछि के हुने हो, अथवा मर्नुभएपछि तपाईं कहाँ जानुहुनेछ, सो कुरा तपाईंलाई थाहा नभएको? 

प्रिय मित्र, यो हाम्रो शरीर त मुर्दासरह हुँदो रहेछ; किनकि तपाईंको र मेरो शरीरमा आत्मा रहुउन्जेल हामी जीवित छौं। आत्माले हामीलाई छोड्नेवित्तिकै यो शरीर मुर्दा भइहाल्छ र गन्हाउन थाल्छ। यसकारण यस गन्हाउने मुर्दारूपी शरीरको निम्ति हामी दिनरात परिश्रम गर्दछौं भने जुन आत्मा हामी मानिसको मूलतत्त्व हुन्छ, हामीभित्र वास गर्ने यस आत्माको बारेमा के हामीले केही सोच्नुपर्दैन? 

हुन सक्छ, तपाईंले कष्टकष्टले भरिएको जीवनदेखि हार खानु भएको छ। शायद तपाईं निराश र हताश हुनुभएको छ। के तपाईंलाई मृत्युको डर लागेको छ? अन्धकारसित डराएर के तपाईं भयभीत हुनुभएको छ? अथवा के देवीदेवता वा भूतप्रेतले पिर्छ भन्ने डरले तपाईंलाई छोपेको छ? या 'म यस संसारमा किन आएँ, किन जिउँदैछु? मेरो जीवनको खास अर्थ के होला? भन्ने प्रश्नले तपाईंलाई घरिघरि घचघचाएको छ कि? तपाईंको अशान्ति, शोक र पीड़ा कुनचाहिँ पापको फल होला भनेर तपाईं शङ्का र गोलमालमा पर्नुभएको र सही बाटो नपाउनु भएको अवस्थामा अलमलिनुभएको छ कि? तब जुन कुरा हामी यहाँ तपाईंको सामु पेस गर्दछौं, यस कुरामा तपाईंले ध्यान दिनुहोला; किनभने तपाईंको जीवन वास्तविकताको जगमाथि नबसालेको कारणले तपाईंको हालत यस्तो हुन सक्छ। किनकि पानी नभएको माछा छटपटाउँछ। 

सूर्य अस्ताएपछि अन्धाकारले सारा पृथ्वीलाई ढाक्दछ, जुन अन्धकारबाट प्रायः सबै मानिसहरूलाई डर लाग्छ। तर सूर्यको उदयले रातको अन्धकार पूरा हटाइदिन्छ र सारा सृष्टिलाई उज्यालो पारिदिन्छ। तब अन्धकारको डर कहाँ गयो त? ठीक यसरी नै एकमात्र सत्य, सदासर्वदा परमधन्य सृष्टिकर्ता परमेश्वरको ज्ञानको प्रकाशले हाम्रो मनका डर र शङ्काहरू हाम्रो अशान्ति र हाम्रा पीरहरू, अँ, हाम्रो जीवनको दुःखकष्टरूपी अन्धकार हटाइदिन्छ र हाम्रो जीवन उज्यालै उज्यालो पारिदिन्छ। उहाँले नै हामीलाई मुक्ति र शान्ति दिनुहुन्छ। 

प्यारो मित्र, शान्ति आफूले खोजेर निकाल्ने कुरा होइन, कमाइ गरेको कुरा पनि होइन। शान्तिदाताले हामीलाई शान्ति दिनुहुन्छ। यसकारण शान्ति पाउनलाई हाम्रो जीवनमा, हाम्रो घरपरिवारमा सर्वप्रथम शान्ति दिनुहुने एकमात्र सत्य, सदासर्वदा परमधन्य सृष्टिकर्ता परमेश्वरको खाँचो परेको छ। के हाम्रो जीवनमा हाम्रो घरपरिवारमा, हाम्रो समाजमा शान्ति छ? छैन भने, यसको खोजी हामी सठीक ठाउँबाट शुरु गरौँ! 

यहाँ यस सम्बन्धमा हामीलाई एकमात्र सत्य, सदासर्वदा परमधन्य सृष्टिकर्ता परमेश्वरको विषयमा विचार गर्न हामीलाई करै लाग्छ। उहाँले आकाश र पृथ्वीका सबै थोकहरू सृष्टि गर्नुभयो। उहाँले सबै देख र अन्देख कुराहरूमा मतलव र उद्देश्य राख्नुभयो। उहाँले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। उहाँले तपाईंलाई र मलाई पनि आमाको गर्भमा रच्नुभयो। परमेश्वरको रचना कति अचम्मको छ? विचार गर्नुहोस्! आमाको गर्भभित्र एउटा बालकमा हाड़को वृद्धि कसरी हुन्छ? अथवा भैंसी कालो छ, त्यसले खाने घाँस हरियो छ, तर त्यसको दूध सेतो र गुलियो छ। यो अचम्मको कुरा हो। 

हुन त कति मानिसहरूसित परमेश्वरको कुरा गर्दा अन्धा मानिसलाई इन्द्रेनीको रङ्गको सुन्दरता बयान गरेजत्तिकै हुन्छ। अन्धा मानिसका आँखाहरूको अन्धोपनले गर्दा त्यसले संसारमा भएका सुन्दर सुन्दर कुराहरू देख्न वा बुझ्न सक्दैन। ठीक त्यस्तै मानिसमा भएको अन्तरात्माको अन्धोपन र कठोरताले परमेश्वरको कुरा हतपत बुझ्न दिँदैन। तर हामी सबैले यो कुरा बुझ्नुपर्छ कि सत्य सृष्टिकर्ता परमेश्वर एकजना मात्र हुनुहुन्छ। यदि सृष्टिकर्ता परमेश्वर एकभन्दा बढ़ी हुनुभएको भए र सत्यता दुईवटा भएका भए भारतमा मानिसको मुख र आँखाहरू पछाड़ि र नेपालका मानिसहरूको मुखचाहिँ अगाडि हुनुपर्नेथियो। अथवा यहाँ पुरुषले र अरू देशहरूमा स्त्रीले गर्भधारण गर्नुपर्नेथियो। नेपालमा सुँघ्ने काम कानले गर्ने र अरू देशहरूमा नाकले त्यो काम गर्ने, अनि खाने काम आँखाले र हेर्ने काम मुखले गर्ने भएदेखि परमेश्वर पनि अनेक हुनुहुँदो रहेछ र सत्यता पनि धेरै रहेछन् भन्ने कुरा विश्वास गर्न हामीलाई कर लाग्नेथियो। 

तर परमेश्वरको सृष्टिका सबै रचनाहरू एकैजनाको नियम, एकैजनाको विधिअनुसार चल्छन् भने परमेश्वरहरू धेरै हुनुहुने र धर्महरू पनि विभिन्नै हुने कुरा हामीले कसरी स्वीकार गर्ने? परमेश्वर र उहाँलाई चित्रे ज्ञानचाहिँ कुनै देश वा जातिको पेवा होइन। विचार गर्नुहोस्! सूर्य एउटै हो। पूर्वबाट त्यसको उदय भएको हुनाले पूर्वीय मानिसहरूले 'घाम हाम्रै हो भन्न सक्दैनन्। घाम न स्वदेशको न विदेशको हुन्छ; घामले जात जातका मानिसहरूको बीचमा छुट्टयाउँदैन। घाम साझा हो, र सबै मानिसहरूले घामको उज्यालो र न्यानोपना उपभोग गर्न पाउँछन्। ठीक त्यस्तै परमेश्वर एकैजना हुनुहुन्छ र उहाँबाट आउने सत्यको ज्ञानरूपी आत्मिक प्रकाश पनि सबै मानिसहरूका निम्ति हो। यसकारण आउनुहोस् र उहाँको ज्ञानरूपी प्रकाशमा आफू न्यानो र ताजा हुनुहोस्! तर जब 'ईश्वरहरू धेरै हुनुहुन्छ र धर्महरू भिन्नभिन्नै हुन्छन्' भनी तपाईं भन्नुहुन्छ, तब के तपाईं अझ अन्धकारमा रहनुभएको होइन र? किनभने जुन कुरालाई हामी यहाँ धर्म भन्छौं, त्यो कुरा सत्य परमेश्वरलाई धारण गर्न र उहाँलाई अप्नाउन उहाँको सत्य ज्ञान हो। अनि सत्य हजार हुँदैनन्। 

परमेश्वरमा अदलबदल र हेरफेर पनि हुँदैन। यदि उहाँमा हेरफेर हुने भए, भैंसी रूख चढ्ने र बाँदर भुइँमा झर्ने, बाख्रा पानीमा पौडिने र माछा खोरमा बस्ने हुनुपर्नेथियो। तर सृष्टिको शुरुदेखि नै सबै कुराहरू जस्तैका त्यस्तै छन्। अनादिदेखि अनन्तसम्म परमेश्वर एकनासको रहिरहनुहुन्छ। उहाँ सारा सृष्टिको संरक्षक हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको मालिक हुनुहुन्छ। उहाँलाई कुनै कुराको खाँचो हुँदैन। उहाँ सर्वसम्पन्न हुनुहुन्छ। तर हाम्रो खाँचोचाहिँ परमेश्वरको अघि कमिलोलाई तिर्खा लागेर समुद्रको पानी खान गएजस्तो हो। समुद्रको एक गिलास पानी निकालेर कमिलोलाई खुवाएमा त्यो कमिला पानीमा डुब्छ; किनभने यो एक गिलास पानी त्यसको खाँचोभन्दा बढ़ी भयो। तर समुद्रबाट एक गिलास पानी निकाल्दा समुद्रमा कुनै प्रकारको घटीकमी भएन। परमेश्वर दयासागर हुनुहुन्छ। जसरी नदी बगेर थाक्दैन, त्यसरी नै तपाईंको र मेरो परमेश्वर मानिसहरूलाई दया, भलाइ र आशिष दिन कहिल्यै थाक्नुहुन्न। हामी उहाँका उपकारहरू उपभोग गर्ने उहाँको सृष्टि भएको हुनाले हामीले उहाँलाई यी उपकारहरूका निम्ति धन्यवाद चढ़ाउनुपर्छ। यो हाम्रो कर्तव्य हो। 

एकमात्र सत्य सृष्टिकर्ता परमेश्वरले यस धरातलमा भएको सम्पूर्ण मानिस जातिलाई रच्नुभयो। परमेश्वरले संसारका सबै देशका नर-नारीहरू अथवा मानव जातिलाई विशेष उद्देश्य राखेर सृष्टि गर्नुभयो। सबैजनाले सत्यको ज्ञान पाऊनु र उहाँलाई चिनून्; सबै मानिसहरूले मुक्ति पाऊन्; सबै मानिसहरूले उहाँलाई पुजून् र उहाँकै सेवा गरून्। किनभने उहाँ हामीबाट टाढा हुनुहुन्न। उहाँ सर्वव्यापी, सर्वज्ञानी, सर्वशक्तिमान् हुनुहुन्छ। उहाँ बिलकुल धर्मी र पवित्र हुनुहुन्छ। उहाँ दयाले पूर्ण प्रेमी परमेश्वर हुनुहुन्छ। उहाँलाई हामीले बाहिरी आँखाले देख्न सक्दैनौं। तर हाम्रा आँखाहरू बनाउनुहुनेले हामीलाई देख्नुहुन्छ। के हाम्रा आँखाहरू बनाउनुहुनेले देख्न सक्नुहुन्न र? के हाम्रा कानहरू बनाउनुहुनेले हाम्रो पुकार सुन्न सक्नुहुन्न र? के हाम्रा हातहरू बनाउनुहुनेले काम गर्न र हामीलाई मद्दत गर्न सक्नुहुन्न र? उहाँ जसले हाम्रा मुख बनाउनुभयो, उहाँचाहिँ हामीसित बोल्नुहुन्छ। उहाँ जसले हाम्रो हृदय रच्नुभयो, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रो विषयमा सोचविचार गर्नुहुन्छ। हामीलाई सोच्ने शक्ति दिनुहुनेले हाम्रो वास्ता गर्नुहुन्छ, हाम्रो निम्ति प्रबन्ध गर्नुहुन्छ र हाम्रो फिक्री गर्नुहुन्छ। मानिसको दिल-दिमाग बनाउनुहुने परमेश्वर अवश्य सर्वज्ञानी हुनुहुन्छ। अनि हामीलाई बनाउनुहुने परमेश्वर सर्वज्ञानी हुनुहुन्छ नै। मानिसले आविष्कार गरेको एक्सरे यन्त्रले मानिसभित्र लुकेर बसेका रोग र खराबीहरू, उसको शरीरभित्र अवस्था जेजस्तो छ, त्यस्तै स्पष्ट देखाइदिन्छ। परमेश्वरका आँखाहरू त एक्सरे यन्त्रभन्दा झन् लाखौं गुणा तेज छन्। यसकारण परमेश्वरको दृष्टिबाट हाम्रो कुनै कुरा पनि लुकेको छैन, लुक्न पनि सक्दैन। 

जुन परमेश्वरले तपाईंलाई र मलाई असल र खराब छुट्टयाउने विवेक दिनुभएको छ, त्यही धर्मी र पवित्र परमेश्वरले अन्तमा संसारको एक-एक मानिसको न्याय गर्नुहुनेछ। परमेश्वरले आफ्नो योजना अनुसार अघि नै दिन ठहराउनु भयो, जुन दिनमा उहाँले यस संसारमा भएको एउटा प्रत्येक मानिसको इन्साफ गर्नुहुनेछ। त्यस दिन परमेश्वरले हरेक मानिसलाई उसको कामअनुसार इन्साफ गर्नुहुनेछ। त्यस दिन मानिसको विचारअनुसार उसलाई राम्रो लाग्ने- नराम्रो लाग्ने कुरा त होइन, तर परमेश्वरको सत्य नियमअनुसार हरेक मानिसको न्याय हुनेछ। 

यसकारण सबै अधर्म र कुकर्महरू, सबै कुविचार र कुवाक्यहरू समय छँदै त्याग्नुहोस्! एकमात्र सत्य, सदासर्वदा परमधन्य परमेश्वरसित दुश्मन र बैरभव किन गर्ने? यसमा के लाभ हुन्छ र? बरु उहाँको मित्र र उहाँको सन्तान बन्नुहोस्! यसभन्दा बढ़ी आनन्द दिने कुरा अरू के हुन सक्थ्यो र? यसैले सृष्टिका थोकहरू नपुजेर एकमात्र सृष्टिकर्ता परमेश्वरको सेवा र पूजा गरौं। किनभने जसले मूर्तिहरू पुज्दछ, उसले सृष्टिका थोकको पूजा गर्छ, अनि सृष्टिको कुनै थोक पूजा गर्ने मानिसले सृष्टिकर्तालाई नचिनेको प्रमाण दिन्छ। 

वास्तविकताको आदर्श एकमात्र सत्य, सदासर्वदा जीवित रहिरहनुहुने सृष्टिकर्ता परमेश्वरले आफूले सृष्टि गर्नुभएको हरेक प्राणीलाई आदेश दिन पाउनुहुन्छ। उनीहरूले उहाँको नियम अनुसार चल्नुपर्छ। परमेश्वरका नियमहरू जसरी धर्मशास्त्र पवित्र बाइबलमा लेखिएका छन्, त्यसरी नै तल तपाईंको निम्ति पेश गरिएका छन्। परमेश्वरले मानिसका सन्तानहरूका निम्ति दस आज्ञाहरू दिनुभयो। यी आज्ञाहरू यस पृथ्वीमाथि बसेका सबै मानिसहरूका निम्ति पालन गरेमा लाभदायक हुन्छन्। यी आज्ञाहरूले हामीलाई धर्मी, पवित्र र चरित्रवान् जीवन जिएर उहाँलाई कसरी खुशी पारिन्छ, सो शिक्षा दिन्छन्। यी आज्ञाहरूले हामीलाई परमेश्वरसित र अरू मानिस- हरूसित कस्तो व्यवहार गर्नुपर्छ, सो स्पष्टसित सिकाउँछन्। अनि यी सबै वचनहरू परमेश्वर स्वयम्ले यसो भन्दै बोल्नुभएको होः 

पहिलो आज्ञाः 
'परमप्रभु तिम्रो परमेश्वर म नै हुँ; मैले तिमीलाई दासत्वको घरबाट निकालेर ल्याएँ: मलाई छोड़ेर तिम्रा अरू कुनै ईश्वर, अरू कुनै देवीदेवता हुनुहुँदैन।' 

सबै वस्तुहरू सृष्टि गर्नुभएको सृष्टिकर्ताचाहिँ परमेश्वर हुनुहुन्छ। अनि सबै मानिसहरूका निम्ति केवल एकैजना परमेश्वर हुनुहुन्छ; उहाँले मानिसलाई आफ्नो प्रतिरूपमा सृजना गर्नुभयो। मानिसको रचनामा मानिसले उहाँलाई चिनोस् र उहाँको सेवा गरोस् भन्ने उहाँको उद्देश्य र अभिप्राय थियो। तर मानिसको पतन भयो; उसले पाप गर्‍यो, र पापी बन्यो। जबसम्म परमेश्वरले आफ्नो दयामा मानिसलाई पापबाट छुटकारा दिनुहुन्न, त्यस दिनसम्म उसले पापको दासत्वमा आफ्नो जीवन बिताउनुपरेको छ। अनि यो कुरा बिलकुल साँचो र सय प्रतिशत सत्य होः मुक्ति नपाएको कुनै मानिसले साँचो परमेश्वरलाई चिन्दैन। यसकारण प्रिय भाइबहिनीहो, पापको दासत्वबाट छुटकारा पाउने चेष्टा गर्नुहोस्! तब तपाईंले सत्य परमेश्वरलाई कृपालु मुक्तिदाता र प्रेमी पिताको रूपमा चिन्न पाउनुहुनेछ। त्यसपछि तपाईंले अरू कसैलाई होइन, तर उहाँलाई मात्र धन्यवाद चढ़ाउनुहुनेछ र उहाँको मात्र सेवा गर्नुहुनेछ। 

कुनै न कुनै मानिसले परमेश्वरलाई चिन्त्रमा ढिलो गर्छन्। न्यायमा उभिँदै आफ्नो जीवनको लेखाँ दिनुपर्दा मात्र तिनीहरूको होश खोल्नेछ, र त्यस भयानक क्षणमा मात्र तिनीहरूले परमेश्वरलाई उहाँलाई दिनुपर्ने महिमा दिनेछन्, त्यसपछि तिनीहरू सदा-सर्वदा अग्निसागरमा डुब्नेछन्। 

दोस्रो आज्ञाः 
'तिमीले आफ्नो निम्ति कुनै खोपेको मूर्ति नबनाउनू, अथवा माथि आकाशमा भएको, तल पृत्वीमा भएको वा पृथ्वीमनि पानीभित्र भएको कुनै धोकको प्रतिमूर्ति नबनाउनू! 

तिमीले तिनीहरूलाई दण्डवत् नगर्नू (अर्थात् नढोग्नू)! र तिनीहरूको पूजाआजा नगर्न किनकि म परमप्रभु तिम्रो परमेश्वर जलन राख्ने ईश्वर हुँ; मलाई घृणा गर्नेहरूका सन्तानहरूलाई म तिनीहरूका पुर्खाहरूको अधर्मको निम्ति तेस्रो र चौथो पुस्तासम्म दण्ड दिन्छु तर मलाई प्रेम गर्नेहरू र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तासम्मलाई म करुणा देखाउँछु।' 

हामीले एकमात्र सत्य सृष्टिकर्ता परमेश्वरलाई पुज्नुपर्छ। यस सम्बन्धमा हामीले बुझ्नुपर्छः हामीलाई बनाउनुहुनेलाई पूजा नगरेर हामीले विभिन्न मूर्तिहरूको रचना गरेर तिनीहरूको पूजा गरेका हाम्रो अधर्म गनिन्छ। हामीमध्ये कसैले परमेश्वरलाई देखेको भए उहाँलाई त्यही रूप दिन मिल्नेथियो। तर आजको दिनसम्म कुनै मानिसले परमेश्वरलाई देखेको छैन। यसकारण उहाँलाई दिइएको रूप जेसुकै किन नहोस्, त्यो रूप उहाँको कुरूप हो। सत्य सृष्टिकर्ता परमेश्वर आत्मा हुनुहुन्छ; उहाँ निराकार हुनुहुन्छ। यसकारण सुनचाँदी, ढुङ्गाकाठले बनाइएका मूर्तिहरूलाई ईश्वर सम्झनु कहाँसम्म सत्य र समझदारी हो, सो तपाईं आफैले निर्णय गर्नुहोला। 

मूर्तिका सुन्दर आँखाहरू त छन्, तर म त्यसको सामु रुँदाखेरि मेरो कष्टमा त्यसका आँखाहरूबाट एक थोपा आँसु पनि आउँदैन। मूर्तिको मुख त छ, तर त्यसले मेरो निम्ति एक शब्द पनि बोल्दैन। त्यसको मनको कुरा गरौं भने त्यसको हृदय छँदैछैन। तब त्यसले मेरो विषयमा के सोचिदेला? त्यो लड्यो भने त्यो आफै उठ्न सक्दैन भने त्यसले तपाईंलाई वा मलाई कसरी सहायता देला? 

मित्र के परमेश्वरले हामीलाई बनाउनुभएको कि हामीले परमेश्वरलाई बनाएका कुनचाहिँ साँचो हो? हामीले आफ्नो सृष्टिकर्तालाई नचिनेका र हामीलाई रच्नुहुने परमेश्वरलाई नजानेका हुनाले भ्रममा परेर विभिन्न जीवजन्तुको मूर्ति बनाई पूजा गरेका छौं। हाम्रो यस अज्ञानताले गर्दा हामीले परमेश्वरलाई बनेलसम्मको रूप दिएर पूजा गरेका छौं। 

तर विचार गर्नुहोस्! कसैलाई हामीले सुँगुर, कुकुर, गधा भन्यौं भने के हामीले उसलाई गाली दिएको र उसलाई शत्रुसितको व्यवहार देखाएका होइनौं र? तब परमेश्वरसित हामीले किन यस प्रकारको व्यवहार गरेका त? उहाँलाई बाँदर, सर्प, गाई, गोरु वा अन्य पशुको रूप किन दिएका? के यसरी उहाँलाई सम्मान गरिन्छ? के यसो गरेर हामीबाट उहाँको अपमान भएको होइन? यसकारण उहाँ हामीसित बेखुशी हुनुहुन्छ र हामीसँग रिसाउनुभएको छ। यसैले आज नै परमेश्वरप्रति हामीले आफ्नो यस कुव्यवहार हृदयदेखि त्याग्नुपर्छ र साँचो मनले परमप्रभु परमेश्वरकहाँ फर्कनुपर्छ र उहाँलाई उहाँले चिताउनुभए अनुसार सेवा गर्नुपर्छ। 

हामीले देशका राजा, मन्त्री वा उच्च पदाधिकारीलाई सुँगुर वा बाँदर भन्छौं भने हामीलाई उनीहरूको गाली, बेइज्जती, अपमान र मानहानि गरेको दोष लाग्छ र त्यसको निम्ति सजाय भोग्नुपर्छ भने सृष्टिकर्ता परमेश्वरलाई बनेल, गोरु आदि पशुको रूप दिएर उहाँको अपमान गरेका कारणले के हामी सजाय पाउनु योग्यका भएनौं र? यस ठूलो अपराधको दण्डबाट हामी कसरी उम्कौं त? मूर्तिपूजामा आशिष होइन, तर श्राप पो छ। यसकारण एकमात्र सत्य परमेश्वरलाई पूज्नु हो भने तपाईंले सबै मूर्तिहरूलाई त्याग्नुपर्छ। किनभने उहाँलाई पुज्नेहरूले उहाँलाई आत्मा र सत्यतामा पुज्नुपर्छ। अरू कुनै किसिमको पूजा उहाँको दृष्टिमा ग्रहणयोग्य हुँदैन। खोपिएका मूर्ति पुज्नेहरूचाहिँ परमेश्वरको दृष्टिमा पापी ठहरिन्छन्, र न्यायको दिनमा परमेश्वरले तिनीहरूलाई इन्साफ गरेर तिनीहरूको अधर्मको प्रतिफल दिनुहुनेछ। 

प्यारो मित्र, मूर्तिपूजा गरेर हामीले परमेश्वरको अपहेलना गरेका छौं। यसो गर्नेहरूका सन्तानहरू तेस्रो र चौथो पुस्तासम्म परमेश्वरको क्रोध, श्राप र दण्डमा पर्नेछन्। तब प्रश्न उठ्छः हामी आफ्ना छोराछोरीहरूका निम्ति र आफ्नो जीवनमा के चाहना गर्छौः आशिष कि श्राप? आज विचार गरौं! किनभने परमेश्वरका आज्ञा मान्नेहरूमाथि हजारौं पुस्तासम्म आशिषै- आशिष छ। 

हुन सक्छ, आजको दिनसम्म हजुरले परमेश्वरको यो आज्ञा नजान्न भएको हुनाले परमेश्वरलाई ढुङ्गा, काठ, रूख वा पशुको रूपमा पूजा गर्नुभएको छ। हामीलाई बाँदर, सुँगुर भन्ने मानिससित हामी रिसाउँछौं र यस्तोलाई घरमा स्वागत गर्दैनौं भने, अं, यस्तो मानिससँग सधैंको निम्ति सम्बन्ध तोड्छौं भने परमेश्वरले हामीसित पनि त्यस्तै गर्नुहुन्न र? हो, उहाँलाई नपुजेर तर मूर्तिहरूलाई पुज्नेहरूसित सम्बन्ध नराखी उहाँले तिनीहरूलाई अनन्त नरकमा फाल्नुहुनेछ। यो अनन्त आत्मिक मृत्यु हो, जब हाम्रो आत्मा सदासर्वदा परमेश्वरबाट विच्छेद हुनेछ। योजस्तै पीड़ा अरू कुनै पनि छैन। 

तेस्रो आज्ञाः 
'तिमीले परमप्रभु आफ्नो परमेश्वरको नाम व्यर्थेमा नलिनू; किनभने जसले उहाँको नाम व्यर्थमा लिन्छ, त्यसलाई परमप्रभुले निर्दोष ठहराउनुहुनेछैन वा दण्ड नदिई छोड्नुहुनेछैन। 

परमेश्वरको नाम के हो? उहाँ एकैजना हुनुहुन्छ भने उहाँको नाम पनि एउटै हुनुपर्छ, होइन र? उहाँको नाम पुकार्दा उहाँ हाम्रो पुकार सुन्नुहुन्छ। तर अरू कसैको नाम लिंदा उहाँले हाम्रो विन्तीप्रति आफ्नो कान लगाउनुहुन्न। यो पनि साँचो छ। पवित्र बाइबलको परमेश्वरको विषयमा यस्तो लेखिएको छः 'है प्रार्थना सुन्नेवाला, तपाईंकहाँ सबै प्राणीहरू आउँछन्!' (भजन ६५:२) धन्य त्यो मानिस, जसले उहाँको नाम जान्दछ र परमेश्वरबाट आफ्नो प्रार्थनाको उत्तर पाउँदछ। स्वर्गमनि सबै जातिका मानिसहरूको बीचमा एउटै मात्र नाम छ, जुन नाममा मुक्ति पाइन्छ। अनि त्यो नाम येशू हो। किनभने उहाँ पवित्र परमेश्वर र पापीहरूको बीचमा मेलमिलाप गराउने मध्यस्थ हुनुहुन्छ। पापीहरूको एकमात्र सहारा प्रभु येशू हुनुहुन्छ। उहाँको नाम पुकार्नुहोस्, र तपाईंले मुक्ति पाउनुहुनेछ। 

चौथो आज्ञाः 

'विश्रामदिन पवित्र मात्रलाई यसको सम्झना राख्नू! छ दिन तिमीले परिश्रम गर्नू, र आफ्नो सबै काम गर्नू! तर सातौं दिनचाहिँ परमप्रभु तिम्रो परमेश्वरको विश्रामदिन हो। यसमा तिमीले कुनै काम नगर्नू न तिमीले, न तिम्रा छोराले, न तिम्री छोरीले, न तिम्रो कमाराले न तिम्री कमारीले, न तिम्रा गाईबस्तुले, न तिम्रा मूलढोकाहरूभित्र बस्ने तिम्रो परदेशीले; किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी र समुद्र र तिनमा भएका सबै थोकहरू बनाउनुभयो, र सातौं दिनमा उहाँले विश्राम लिनुभयो; यसैकारण परमप्रभुले विश्रामदिनलाई आशिष दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो।' 

जसले विश्रामदिनलाई मान्दछ, उसैले परमेश्वरलाई आदर दिन्छ र उहाँलाई सृष्टिकर्ताको रूपमा स्वीकार गर्छ। किनभने परमेश्वरले छ दिनमा सारा सृष्टिको काम गरिसिद्ध्याउनुभयो र त्यसपछि आराम लिनुभयो। जसले निरन्तर काम गर्छ र आफ्नो कामबाट विश्राम लिन जाँदैन, त्यो मानिस विश्रामदिनबाट हुने लाभबाट वञ्चित हुनेछ। तर जसले मुक्तिको निम्ति धर्मकर्मको सहारा लिन्छ र येशू ख्रीष्टको बलिदानमा आश्रय लिन जाँदैन, त्यो मानिस परमेश्वरको मुक्तिको अनन्त आशिषबाट वञ्चित हुनेछ। मुक्तिचाहिँ परमेश्वरको अनुग्रहको वरदान हो। मुक्ति कर्मले कमाउन सकिँदैन। 

के तपाईंले यी चारवटा आज्ञाहरू पालन गर्दै आउनुभएको हो? के तपाईंले अरू कसैलाई होइन, तर एकमात्र सत्य सृष्टिकर्ता परमेश्वरलाई चिन्न भएको उहाँको नाम पुकार्नुभएको, अनि उहाँको सेवा र भक्ति गर्नुभएको छ? के तपाईंले उहाँलाई आफ्नो समय दिनुभएको छ, र तपाईंको आत्माले उहाँमा विश्राम पाएको छ? प्रभु येशूले तपाईंलाई निम्तो दिएर यसो भन्नुहुन्छः 'हे सबै परिश्रम गर्ने र बोझले दबिएकाहरूहो, मकहाँ आओ! म तिमीहरूलाई विश्राम दिनेछु।' (मत्ती ११:२८) 

परमेश्वरसित सम्बन्धित आज्ञाहरू यहाँ राखेर हामी अब मानिस मानिसको बिचको सम्बन्धमा हामीलाई दिइएका आज्ञाहरू विचार गरौं। 

पाँचौं आज्ञाः 
'आफ्ना बुबा र आफ्नी आमालाई आदर गर, र जुन देश परमप्रभु तिम्रो परमेश्वरले तिमीलाई दिनुहुन्छ, त्यस देशमा तिम्रो आयु लामो होस्!' 

तपाईंलाई जन्म र जीवन दिने आमाबुबा, तपाईंलाई दिनदिन मायाममता देखाएर तपाईंलाई हुर्काउने आमा-बुबालाई अवश्य आदर गर्नुपर्छ, अनि उनीहरूको बूढेसकालमा हामीले सहायता गर्नुपर्छ। तर उनीहरूलाई आदर गर्ने आदेशको सीमा हुन्छ। यस चौथो आज्ञामा दिइएको प्रतिज्ञा र आशिष् यस संसारमा जिउने अवधिभित्र सीमित रहन्छ। 

नव बालकबालिकाको एकमात्र सहारा उसका बुबाआमा नै हुन्। छोराछोरीहरूले आफ्ना बुबाआमाबाट जीवनसित सम्बन्धित सबै कुराहरू सिक्न थाल्छन्। अनि सानो हुने बेलामा बुबाआमाले सिकाएका सबै कुराहरू नानीहरूलाई सठीक लाग्छ। तर यस्तो समय आउँछ, जब छोराछोरीहरू बढ्छन् र तिनीहरूको विवेक खोल्छ, र तिनीहरूले असल र खराब खुट्टयाउन थाल्छन्। त्यत्ति बेला तिनीहरूले आफ्नो जीवनको निम्ति आफ्नो जिम्मेवारी लिन थाल्छन्। तब आफ्ना बुबाको र आफ्नी आमाको जीवनमा खराब जेजति छन्, तिनीहरूले उनीहरूमा देखेको खराबी दोहोरयाउनु हुँदैन। बाबु पियक्कड़ हुन् भने छोराले उनको देखासिकी गर्नु हुँदैन; आमा कुरौटे हुन् भने छोरीले त्यो सिक्नुहुँदैन। बुबाआमालाई आदर गर्नुपर्छ, तर कुन हदसम्म? हामीले आफ्ना बुबाआमाका पापहरूको देखासिकी गर्नुहुँदैन, उनीहरूको कुलतमा लाग्नुहुँदैन किनभने बुवाआमाभन्दा अझ महान् व्यक्ति हुनुहुन्छ; अनि जब उहाँले हामीलाई बुबाआमाको आज्ञाको विपरीत, देशको कानुन र आफ्नो जातिका रीतिहरूको विपरीत चल्ने आदेश दिनुहुन्छ, तब हामीले उहाँकै आज्ञा मान्नुपर्छ। तर यस सम्बन्धमा यो कुरा साँचो छः जिउँदो माछाँ मात्र नदीको पानीसित बग्दैन। 

छैटौं आज्ञाः 
'तिमीले हत्या नगर्नू!' 
हत्या भन्नाले मानिसको प्राण घात गरेर लिनु हो। मानिस परमेश्वरको प्रतिरूप हो; यसैले जुन मानिसले कुनै व्यक्तिलाई मार्छ, त्यसले परमेश्वरको स्वरूपलाई घात गर्ने पाप गर्छ। रिसाहा मानिसको मनमा हत्या जन्मिन्छ; यसकारण रिसदेखि होशियार बसौं! हाम्रो रिसले परमेश्वरलाई मनपर्ने काम गर्दैन। 

अनि हिंसाको विषयमा केकसो? यसमा परमेश्वरको इच्छा स्पष्ट छः कुनै मानिसले मासु खानुपर्दैन। तर जसले मासु खान चाहन्छ, उसले परमेश्वरबाट मासु खाने अनुमति पाएको छ। तर याद गर्नुपर्ने कुरा यो हो जसले मासु खान्छ, उसैले मासुसित रगत खानुहुँदैन किनभने रगतमा प्राण हुन्छ। अनि मानिसले प्राण खाएको परमेश्वरले मन पराउनुहुन्न। 

सातौं आज्ञाः 
'तिमीले व्यभिचार नगर्नू!' 
हामीले कुनै पनि स्त्री- परस्त्रीलाई व्यभिचारको भावनाले हेर्नुहुँदैन। हाम्रो मनको सोचविचार, मनोभावना र कल्पना परमेश्वरले स्पष्टसँग देख्नुहुन्छ। हामीले यस आज्ञाको विरोधमा सोचविचार गरेका छौं कि? के हामी आफ्ना आँखाहरूको पछि लागेका छौं? व्यभिचारको पापले शुरुमा सुन्दर, प्रेमी-प्रेमिकाको रूप लेला, तर अन्तमा त्यसमा साभेसाँपको विष हुनेछ। हाम्रो शरीर परमेश्वरको मन्दिर हो। यसलाई शुद्ध राख्नुपर्छ। परमेश्वरको यस मन्दिरलाई यस्ता किसिमका अनैतिक फोहोरी पापले नाश गर्नुहुँदैन। परमेश्वरले व्यभिचारी, जार, पुरुषगामी, परस्त्रीगामी, पशुगामीहरूको न्याय गर्नुहुनेछ र तिनीहरूलाई नष्ट गर्नुहुनेछ। पवित्र बाइबलमा लेखिएको छः 'जसले कुनै स्त्रीसँग व्यभिचार गर्छ, त्योसँग समझ हुँदैन; यस्तो काम गर्ने मानिसले आफ्नै आत्मा नष्ट गर्छ / (हितोपदेश ६ : ३२) मानिसको अमूल्य आत्मा नरकमा लैजाने शैतानको सबैभन्दा बलियो हतियार व्यभिचार हो। जुन पुरुषले व्यभिचार गर्छ, त्यसले कुनै पनि स्त्रीलाई शुद्ध भावनाले हेर्दैन, अनि जुन स्त्रीले व्यभिचार गर्छे, त्यसले कुनै पनि पुरुषलाई शुद्ध भावनाले हेरेकै हुँदिन। 

आठौँ आज्ञाः 
'तिमीले चोरी नगर्नू!' 
नेपालीमा यस्तो एउटा भनाइ छः 'चोरी, जारी, घर उजाड़ीलाई कहिल्यै असल हुँदैन।' घर उजाड़ी भनेको अर्काको घर उजाड़ पार्ने मानिस हो। चोर कहाँ बस्छ? चोरको बुबाको नाम के हो? यसको सही उत्तर यस प्रकारको छः चोरको बुबाको नाम लोभ हो, र त्यो लोभ चोरी गर्ने मानिसको मनभित्र बसेको हुन्छ। त्यही लोभले चोरलाई जन्म दिन्छ। मानिसको मनको लोभलालचले नै नाना थरिका पापहरू जन्माउँछ। 

प्यारो मित्र, संसारचाहिँ एउटा मुसा मार्ने यन्त्र वा पासोजस्तो हो, र संसारमा भएका सबै वस्तुहरू मुसा मार्ने यन्त्रमा राखिएको चारोजस्तै हुन्। संसारको लोभ्याउने थोक प्राप्त गर्न जाँदा त्यसमा फसिन्छ र मृत्युमा परेर नाश होइन्छ। आँखाको अभिलाषा यस्तै हो। 

नवाँ आज्ञाः 
'तिमीले आफ्नो छिमेकीको विरोधमा झूट नबोल्नू वा झूटो गवाही नदिनू!' 
परमेश्वर हर प्रकारले सत्य र सच्चा हुनुहुन्छ; यसकारण उहाँले झूटलाई घृणा गर्नुहुन्छ। उहाँ हामीसित सधैं सत्य व्यवहार गर्नुहुन्छ। झूट बोल्दा मानिसलाई क्षणिक लाभ होला, तर झूट बोल्ने जिब्रोले त्यसको कुरा सुन्नेहरूलाई घृणा गर्छ र तिनीहरूलाई चोट पार्छ; चिप्लो घस्ने मुखले विनाशकारी काम गर्छ। झूट बोल्ने मानिस शैतानबाट प्रेरणा पाएको हुनुपर्छ; किनभने त्यस दुष्टले झूट मात्र बोल्न जान्दछ; त्यो आफै झूट हो र झूटलाई जन्माउने बाबु हो। झूट बोल्ने विषयमा परमेश्वरको वचनमा यसो लेखिएको छः 'झूटो साक्षी दण्ड नपाई छोडिनेछैन; झूट बोल्ने उम्कनेछैन; झूट बोल्ने नाश हुनेछ।' 

दसौं आज्ञाः 
'तिमीले आफ्नो छोमेकीको घरको लालच नगर्नू, तिमीले आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू, तिमीले उसको कमारा, उसकी कमारी, उसको गोरु, उसको गधा, अँ, आफ्नो छिमेकीको कुनै थोकको लालच नगर्नू!' 

परमेश्वरले हामीलाई जेजति दिनुभएको छ, त्यसैमा हामी सन्तुष्ट रहनुपर्छ। जसरी पुतलीले बत्ती देख्दा त्यसबाट आकर्षित हुन्छ र हाम फाली बत्तीमा डढेर मर्छ, त्यसरी नै आज संसारका चीजहरूको लोभलालचले गर्दा दिनहुँ लाखौं मानिसहरू पाप र अधर्ममा परेर नष्ट भएका हुन्छन्। संसारका थोकहरूको लोभ काँडाको झ्याङ्गजस्तो हो। त्यसमा फसेपछि निस्कन गाह्रो हुन्छ। 

पाप के हो सो कुरा यस दसौं आज्ञाले प्रकट गरेको छ। यो त हाम्रो स्वभाव रहेछ। हामी सबै मानिसहरू स्वभावैले पापी हौं। यो दसौं आज्ञा लिएर त्यसलाई मात्र पालन गर्ने कोशिश गर्नुहोस्, अनि तपाईं कस्तो हुनुहुँदो रहेछ, सो जानेर आफूलाई चिन्नुहुनेछ। हामी कर्मले, वचनले र सोचविचारले पापी छौं। 

जसरी कुष्ठरोगको कारणले मानिसका हातखुट्टामा स्पर्श-शक्ति कम भएको वा नभएको हुनाले हुँदा पोल्दा कुष्ठरोगीले थाहा पाउँदैन। त्यस्तै पाप र अधर्मको कारणले मानिसको मन, विवेक, दिमाग अचेत भएको हुन्छ। यसैकारण यस अचेत अवस्थामा 'म कस्तो छु, म कहाँ जाँदैछु, यसको विषयमा केही थाहा नपाई मानिसहरू जिउँरहेका छन्। 'तपाईं मर्नुभएपछि कहाँ जानुहुन्छ भनेर यस्ताहरूलाई सोध्दाखेरि तिनीहरूले 'मलाई थाहा छैन' भन्ने जवाफ दिन्छन्। आत्मा के हो? परमेश्वर को हुनुहुन्छ? तिनीहरूलाई थाहै छैन। अनि तिनीहरूको लोभलालचले गर्दा तिनीहरू परमेश्वरले मानिसलाई नगर्नू भनेको कुरा गर्न पुगेकै हुन्छन्। 
मित्र हामी मानिसले भनेको कुरा वा मानिसले लेखेको साइनबोर्डमा विश्वास गर्छौं भने परमेश्वरले भन्नभएको कुरामा अविश्वास किन गर्ने? प्रिय मित्र, के हामीले परमेश्वरका यी सुस्पष्ट आज्ञाहरूमध्ये कुनैलाई उल्लङ्घन गरेर दोषी भएका छौं? 
के तपाईंले यी दसवटा आज्ञाहरू पालन गर्दै आउनुभएको हो? परमेश्वरले यी आज्ञाहरूद्वारा हाम्रो सामु एउटा ऐना राख्नुभएको र उहाँको दृष्टिमा हाम्रो वास्तविक अवस्था के हो, सो हामीलाई देखाउनुभएको छ। यी आज्ञाको प्रकाशमा हामीले मान्नुपर्छः हामी दोषी छौं, हामी सबका सब पापी छौं। 

प्यारो मित्र देशको कानुन नमान्दाखेरि र त्यसलाई उल्लङ्घन गर्दाखेरि हामी सजायदेखि उम्कन सक्दैनौं भनेदेखि परमेश्वरका आज्ञाहरू नमानेमा हामी कसरी उम्कला र? देशको कानुन नमान्ने हरेक नागरिकलाई त्यस देशको सरकारले न्याय गर्छन् भने परमेश्वरले पनि उहाँका आज्ञाहरू नमान्ने मानिसहरूको इन्साफ गर्नुहुने नै छ। 

परमेश्वरले भन्नुभएको कुरा सुन्नुहोस्, जसले यसो भन्नुहुन्छः जुन प्राणीले पाप गर्छ, त्यो मरेर नरकमा जानुपर्छ। सबै आज्ञाहरू मानेर एउटामा चुक्ने मानिस ती सबै आज्ञाहरू पालन नगरेको ठहरिन्छ भने हाम्रो हालत के होला? मित्र, एक दिन जीवनको हरेक कुराको इन्साफ हुनेछ। परमेश्वरको अधि हरेक मानिस उभिनुपर्नेछ। संसारको अदालतमा घुस दिएर तपाईंको दोषी अवस्थालाई निर्दोष भनिदिने मानिसहरू होलान्, तर परमेश्वरको अघि घुसपेश चल्नेछैन। उहाँ तरफदारी हुनुहुन्न, तर बिलकुलै पक्षपातरहित हुनुहुन्छ। 

दूधको दूध, पानीको पानी छुट्टयाइनेछ। तपाईंले आफूलाई धर्मी सम्झनुभएको छ कि? के तपाईं कहिल्यै रिसाउनु- भएको छैन? के तपाईंले कहिल्यै कसैको निन्दा नगर्नुभएको? कसैसँग झूट नबोल्नुभएको? तपाईंको घमण्ड कहिल्यै नचढ़ेको हो र? आफूलाई धर्मी सम्झिनु, 'ममा पाप छैन' भन्न भूल हो। जब परमेश्वरले सबै मानिसहरू पापी हुन् भन्नुहुन्छ, तबम पापी होइन भन्नु असत्य ठहरिन्छ। तर हामी आफ्नो पाप स्वीकार गर्न तयार छौं भने हाम्रो निम्ति आशा छ, तब हाम्रो निम्ति पापबाट मुक्ति पाउने उपाय छ। मित्र, परमेश्वरको क्रोध र दण्डमा किन परौं? बरु उहाँको मुक्तिको अद्भुत योजनामा सहभागी भएर हामी आशिषित बनौं। 

वास्तविकताको सुमार्ग 
प्यारो मित्र, एकमात्र सत्य, जीवित परमेश्वरकहाँ पुरयाउने केवल एउटै मात्र बाटो छ। पाप र अपराधको डरलाग्दो दण्डबाट बाँच्न तपाईं र मेरो लागि एउटा उपाय छ। प्रभु येशूद्वारा हामी परमेश्वरकहाँ पुग्न र उहाँसँग मेलमिलाप राख्न पाउँछौं। 

मित्र, एकमात्र सत्य, सदासर्वदा परमधन्य सृष्टिकर्ता परमेश्वरले आफ्नो योजना र अभिप्राय अनुसार हामीलाई सृष्टि गर्नुभयो। तर हामीले उहाँको विरोधमा पाप गरेको कारणले हामीले आफूमाथि दुःख, शोक, दण्ड र मृत्यु ल्याएका छौं। यसकारण परमेश्वरले हामीलाई बचाउन एउटा बाटो तयार पार्नुभयो। 

परमेश्वर आफै मानिसको रूपमा यस संसारमा आउनुभयो। प्रभु येशूले हाम्रा पाप र अधर्महरूको दण्ड आफूमाथि लिएर गोलगथाको डाँडामा क्रसरूपी वेदीमा हाम्रा पापहरूको निम्ति आफूलाई बलिदान गर्नुभयो। 

विनाबलिदान पापको क्षमा पाइँदैन। किनभने परमेश्वरले पापहरूको दण्ड दिनुपर्छ; पापको सजाय मृत्यु हो। उहाँले सबै पाप र अधर्महरू घृणा गर्नुहुन्छ। उहाँ न्यायी हुनुहुन्छ। उहाँले पापहरूको उचित दण्ड दिनुपर्छ। तर परमेश्वर प्रेमी पनि हुनुहुन्छ। मानिसहरूका पापहरू क्षमा गर्ने उपाय उहाँले आफ्नो प्रेम र दयामा रच्नुभयोः प्रभु येशू क्रूसमा पापबलि हुनुभयो, जसरी लेखिएको छः 'हेर, सारा संसारको पाप उठाइलैजाने परमेश्वरको पाठो!" 

मित्र हामीले मनले वचनले र कर्मले पाप गरेका छौं किनभने हाम्रो स्वभाव यस्तै छ। यदि आफ्ना पापहरूको दण्ड भोग्नु नरकको अनन्त अग्निसागरमा डुब्नु हो भने र प्रभु येशूले हामीलाई हाम्रा पापहरू क्षमा दिएर हामीलाई यस भयानक अनन्त दण्डबाट बचाउनुहुन्छ भने, उहाँ हाम्रा पापहरूका निम्ति बलि हुनुभयो भने, उहाँलाई आफ्नो जीवनमा प्रभु र मुक्तिदाताको रूपमा विश्वास किन नगर्ने? उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट हुनेछैन, तर उहाँमाथि विश्वास गर्ने हरेकले अनन्त जीवन पाउनेछ; तपाईंले पनि पाउनुहुन्छ। यसकारण हामी तपाईंलाई प्रभु येशूमाथि विश्वास गर्नुहुन र उहाँको नाममा पापको क्षमा पाउनुहुन आग्रह गर्दछौं। परमेश्वरको अनुग्रहको वरदान प्रभु येशूको नाममा अनन्त जीवन हो। जसले प्रभु येशूमाथि विश्वास गर्छ, उसले पापको क्षमा पाउँछ, साथै अनन्तसम्म स्वर्गमा परमेश्वरको साथमा बस्ने हक पाउनेछ। पापको क्षमा नपाई कोही पनि स्वर्गमा बस्नेछैन। मित्र यस संसारमा पनि हाम्रो घरमा तालाचाबी, बलिया झ्यालढोका किन बनाएका? चोरले चोर्छ भनेर होइन। स्वर्ग पनि यस्तै हो। यस संसारमा चोरलाई रोक्ने यस प्रकारका बलिया साधनहरू छन् भने के पापीहरूलाई स्वागत गर्न स्वर्गको ढोका खुला होला? अनि तपाईंको घरमा आउने सन्त जनको निम्ति के तपाईंले आफ्नो घरको ढोका खोल्नुहुन्न र? 

प्रभु येशू परमेश्वरको एकमात्र पुत्र हुनुहुन्छ। अनादिदेखि उहाँ स्वर्गमा परमेश्वरसंग विराजमान हुनुहुन्थ्यो। त्यस बेला पाप, अधर्म, अन्याय र अत्याचार भन्ने गन्धसमेत उहाँले अनुभव गर्नुभएको थिएन। उहाँ स्वर्गको वैभवदेखि कहिल्यै अलग रहेर जिउनुपरेको थिएन। तर येशू प्रभु स्वयम् परमेश्वर हुनुभए तापनि रूपमा मानिस भएर उहाँ यस धरतीमा आउनुभयो। आजभन्दा लगभग दुई हजार वर्ष पहिले उहाँ परमेश्वरको अलौकिक शक्तिले पूरा पवित्रतामा पवित्र आत्माद्वारा कुमारी कन्याको गर्भबाट जन्मनुभयो। उहाँकी आमाको कुनै पनि पुरुषसँग सम्बन्ध वा सम्पर्क थिएन, सहबास भएन। तर तिनलाई एक रात स्वर्गदूतले दर्शन दिएर भनेः 'तिमी गर्भवती हुनेछ्यौ र तिमीले एउटा बालक जन्माउनेछ्यौ, जसको नाम येशू राख्नुपर्छ, किनभने उहाँले मानिसहरूलाई तिनीहरूका पापबाट मुक्ति दिनुहुनेछ / येशूको नामको अर्थ मुक्तिदाता हो; किनभने उहाँ सारा संसारको एकमात्र मुक्तिदाता हुनुहुन्छ। 

यस सम्बन्धमा निम्न तर्क बुझ्ने कोशिश गर्नुहोलाः पापको स्वभाव बुबाबाट सरेर बालककहाँ पुग्छ, आमाबाट होइन। प्रभु येशूका मानवीय पिता भएका भए उहाँमा मुक्ति गर्ने योग्यता हुनेथिएन; किनभने तब हामीमा भएजस्तै उहाँमा पापको स्वभाव हुनेथियो। परमेश्वरको पवित्र आत्माद्वारा प्रभु येशू जन्मनुभएको कारणले उहाँ पवित्र हुनुहुन्थ्यो, र उहाँमा ईश्वरीय सबै सद्गुणहरू रहिरहे। 

प्रभु येशू कुमारी कन्याबाट नजन्मनुभएको भए भविष्यवक्ता यशैयाले भनेको अगमवाणी पूरा हुनेथिएन, जहाँ तिनले ख्रीष्टपूर्व सात सय चालीस वर्षअगाड़ि यसो भनेका थिए 'यसकारण प्रभु आफूले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछः हेर, एउटी कन्या गर्भवती हुनेछिन्, र तिनले एउटा छोरा जन्माउनेछिन्, जसको नाम इम्मानुएल हुनेछ।' इम्मानुएलको अर्थ हो परमेश्वर हाम्रो साथमा। तर परमेश्वरलाई धन्यवाद होस्, उहाँमा यो उक्त भविष्यवाणी र पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका अन्य भविष्यवाणीहरू पूरा भए। 

प्यारो मित्र, म यहाँ एउटा प्रश्न सोध्न चाहन्छुः कुनचाहिँ कुरा पहिला थियोः कुखुरी कि कुखरीको अन्डा? यदि कुखुरी पहिला हो भने अन्डाबिना कुखुरी कसरी भयो? र अन्डा पहिला हो भने कुखुरीबिना अन्डा कहाँबाट आयो त? मित्र, परमेश्वर सर्वेसर्वा र सर्वशक्तिमान् हुनुहुन्छ। यसकारण उहाँ प्रकृतिका नियमहरूभित्र रहनुपर्दैन। उहाँले अन्डाबिनै र कुखुरीको सहायताबिना कुखुराका भालेपोथी सृष्टि गर्नुभयो। 
मानिसका आदि मातापिता कसरी र कहाँबाट आए होलान्? यसको उत्तर परमेश्वरको पवित्र शास्त्र बाइबलमा छः आदि मातापिता परमेश्वरले सृष्टि गर्नुभयो। यसकारण ती आदि मातापिताबाट सबै मानिसहरू उत्पन्न भए। 

रूखको बीउ पहिला कि रूख पहिला? यसको सही उत्तर यस प्रकारको छः परमेश्वर पहिला! परमेश्वर प्राकृतिक नियमहरूको बन्धनभित्र पर्नुभएको भए ख्रीष्ट येशू कन्याबाट जन्मनुहुनेथिएन। तर परमेश्वरको पूर्व-योजनाअनुसार प्रभु येशू पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो। उहाँ मानिसहरूलाई तिनीहरूका सबै पाप र अपराधहरूबाट छुटकाराको योग्य परमेश्वरको चुनिनुभएको मुक्तिदाता हुनुहुन्छ। परमेश्वरको प्रबन्धमा मानिस बाँचोस् भन्ने हेतुले मानिसका निम्ति फलफुल र अन्न आदि खाने- कुराहरू सृष्टि गर्नुहुने परमेश्वरले मानिसले मुक्ति पाओस् भन्ने उद्देश्यले प्रभु येशूलाई मानवीय चोला धारण गर्न लगाउनुभयो। यसैले कुमारी कन्याबाट प्रभु येशू ख्रीष्टको जन्म भयो। 

प्रभु येशूको अलौकिक जन्म यस प्रकारको भयो। उहाँ सधैं बालक रहनुभएन, तर बढ्दै जानुभयो र पूरा बैंस, प्रौढ़ हुनुभयो। उहाँको उमेर तीस वर्षको हुँदा उहाँले आफ्नो सेवकाइ शुरु गर्नुभयो र स्वर्गको राज्यको प्रचार गर्नुभयो। उहाँको शुभ सन्देश बुझ्न सरल थियो (पश्चात्ताप गर र सुसमाचारमा विश्वास गर! पश्चात्तापको अर्थ आफ्ना पापहरूको विषयमा अफसोस मात्र वा मनमा खेदको ताप हुनु र ती पापहरूबाट आफ्नो मुख फर्काउनु हो भने सुसमाचारमा विश्वास गर्नुको अर्थ प्रभु येशूमा परमेश्वरको मुक्तिको योजना हृदयले ग्रहण गर्नु हो। 

प्रभु येशूले आफ्नो सेवकाइमा मानिसहरूलाई तिनीहरूका किसिम-किसिमका रोग र बिमारहरूबाट, तिनीहरूका कष्ट र पीड़ाहरूबाट निको पार्नुभयो। किनभने उहाँ दयाले भरिनुभयो र तिनीहरूमाथि टिठ्याउनुभयो। उहाँले आन्धाहरूका आँखा खोल्नुभयो, लङ्गड़ाहरूलाई हिँड्न तुल्याउनुभयो र कुष्ठरोगीहरूलाई शुद्ध पार्नुभयो। उहाँले भूत लागेका मानिसहरूबाट आफ्नो मुखको शब्दले दुष्ट आत्माहरू निकाल्नुभयो; किनकि ती दुष्ट आत्माहरूले उहाँको ईश्वरी हुकुम मान्नुपरेको थियो। उहाँले आफ्नो ईश्वरीय शक्तिमा आकाशको हुरीबतास र समुद्रका उर्लेका छालहरू शान्त पार्नुभयो। उहाँ समुद्रको पानीमाथि हिँड्नुभयो। उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिएर पाँच हजार पुरुषहरूलाई अघाएसम्म खुवाउनुभयो। उहाँले चार दिन मरिसकेका मानिसलाई बौराउनुभयो। यी सबै चिन्ह र अचम्मका कामहरूको उद्देश्य के थियो त? के उहाँको ईश्वरीय अधिकार देखाउनु होइन र? अवश्य यिनको खास उद्देश्य यही थियो। किनभने उहाँले सबै मानिसहरूलाई आफ्नो शुभ सन्देशतिर खिच्न चाहनुभयो। अनि यी आश्चर्यकर्महरूले गर्दा धेरै मानिसहरू उहाँको पछि लागे। यहूदी धर्मगुरुहरूले यो सहन सकेनन्, तर तिनीहरू उहाँप्रति डाहामा जले। 

ती धर्मगुरुहरूले उहाँको विरोधमा नहुने झूटा दोषहरू लगाउन थाले। ती दुष्ट मानिसहरूले उहाँका चेलाहरूमध्ये एकजनालाई चलाएर उहाँलाई पक्रे र न्यायाधीशको सामु लगे। ती न्यायाधीशले उहाँमा कुनै दोष पाएनन्। तर यिनीहरूले सारा जनतालाई उभाड़ेर उहाँलाई मृत्युदण्ड दिनुपर्छ भनेर हल्ला मच्चाए। यिनीहरूले येशूलाई बाटोको काँड़ा सम्झन्थे। यिनीहरूको ईर्ष्या र डाहा यति साह्रै दन्क्यो, कि निर्दोष व्यक्तिलाई यिनीहरूले मृत्युको सजाय दिए। तर उहाँ त बिलकुल निर्दोष हुनुहुन्थ्यो। तर परमेश्वरको पूर्वयोजना अनुसार उहाँ मानिसहरूका पापहरूको क्षमाको निम्ति बलिदान हुनुपरेको थियो। येशू ख्रीष्ट तपाईंका र मेरा साथै सारा संसारका मानिसहरूका पाप र अधर्महरू आफूमाथि बोकी हाम्रो मुक्तिको निम्ति क्रूसमा ईश्वरीय पापवलि हुनुभयो। उहाँ मारिनुभयो, गाड़िनुभयो र मरेको तेस्रो दिनमा चिहानबाट बौरेर जिइउठ्नुभयो। त्यसपछि चालीस दिनसम्म अझै पनि संसारमा रहनुभयो। उहाँले यस अवधिमा आफ्ना चेलाहरूसँग खानपिन गर्नुभयो र आफू जीवित हुनुहुन्छ भन्ने धेरै अचूक प्रमाणहरू दिनुभयो। क्रूसमा बलि हुनुभन्दा पहिला उहाँको शरीर जस्तै थियो, ठीक त्यही शरीरमा उहाँ मरेकाहरूबाट बौरिउठ्नुभयो। उहाँ मरेकाहरूबाट बौरेर जिइउठ्नुभएपछि पाँच सयभन्दा बढ़ी मानिसहरूले उहाँलाई त्यही शरीरमा देखे, जुन शरीर उहाँ क्रूसमा मर्नुभन्दा अघि उहाँको भएको थियो। उहाँको पुनरुत्थानको यस शरीरमा उहाँलाई क्रूसमा टाँग्दाखेरि उहाँका हातखुट्टाहरूमा कांटी ठोकेका र उहाँको कोखामा भालाले घोचेका चोटहरू देखिए। हाम्रा पापहरूको निम्ति प्रभु येशूले आफूलाई परमेश्वरको इच्छामा सुम्पेर आफ्नो पवित्र जीवन बलि चढ़ाइदिनुभयो। उहाँले चढ़ाउनुभएको बलि निष्कलङ्क र शुद्ध र परमेश्वरको दृष्टिमा हर तरहले पूरा ग्रहणयोग्य थियो। त्यो कुरा उहाँको बौरिउठाइले र उहाँको स्वर्गारोहणले प्रमाणित गर्छन्। अबदेखि उसो परमेश्वरको सामु कसैको पूजापाठ, कुनै पशुको रगत, कुनै भेटी वा तीर्थव्रत, वा हाम्रा पापहरू काट्न गरेका धर्मकर्महरू ग्रहणयोग्य ठहरिँदैनन्। किनभने यी धार्मिक कर्महरूले हाम्रा पापहरू मेटाउन सक्दैनन्। किनभने यस सम्बन्धमा एकमात्र सत्य, परमधन्य सृष्टिकर्ता परमेश्वरले अगमवक्ता यशैयाद्वारा यसो भन्नुभएको छः 'हामी सबैजना अशुद्ध थोकजस्तै छौं र हाम्रा सबै धर्मका कामहरू मैला थाङ्नाहरूसरह छन्।' (यशैया ६४:६) यसकारण धर्मी परमेश्वरको सामु ग्रहणयोग्य हुन एउटा मात्र काम रह्योः हामीले प्रभु येशूको बलिदानमा विश्वास गर्नुपर्छ। 

प्रभु येशू आफैले यसो भन्नुभएको छः 'बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक अरू कसैद्वारा पिता परमेश्वरकहाँ पग्न सकिँदैन।' (यूहन्ना १४:६) येशूको नाममा हामीले मुक्ति पाउनुपर्छ। येशूको नाममा पापको क्षमा हुन्छ। येशूको नाममा परमेश्वरको क्रोध र श्राप र पापहरूको दण्ड हाम्रो जीवनबाट हटिजान्छन्। 

जब प्रभु येशू मरेकाहरूबाट बौरेर जिइउठ्नुभयो, तब उहाँ सबै मानिसहरूमाथिको प्रभु हुनुहुन्छ भन्ने कुरा यसैबाट प्रमाणित भयो। येशू प्रभु सदासर्वदा प्रभु हुनुहुनेछ र सदासर्वदा राज्य गर्नुहुनेछ; किनभने उहाँ उच्च स्वर्गमा परमेश्वरको दाहिने हातमा विराजमान हुनुहुन्छ। यसकारण स्वर्गीय अधिकारसित उहाँले सबै ठाउँहरूमा सबै जातिका मानिसहरूलाई पश्चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ। यसैले समय हुँदा आफ्ना सबै अधर्महरूबाट फर्केर उहाँमाथि विश्वास गर्नुहोस्! 

प्रभु येशू मरेकाहरूबाट बौरिउठ्नुभयो; उहाँ स्वर्ग चढ़जानुभयो; उहाँ फेरि दोस्रो पल्ट आउनुहुनेछ। यसपालि पापबलि हुनलाई होइन, तर आफ्ना भक्त जनहरूलाई लिन र संसारका मानिसहरूको न्याय गर्न उहाँ आउनुहुनेछ। संसारका जुनसुकै जातिका मानिसहरू किन नहोऊन्, जसले परमेश्वरको आज्ञाअनुसार प्रभु येशूमाथि विश्वास गर्छन्, तिनीहरूलाई मुक्ति दिइन्छ, तिनीहरूले परमेश्वरको सन्तान हुने अधिकार पाउनेछन्, तिनीहरू स्वर्गको महिमामा सहभागी हुनेछन्। तर जसले उहाँमाथि विश्वास गर्दैनन्, तिनीहरूले आफ्ना पापहरू र अधर्महरूको फल भोग्नेछन्। तिनीहरू अनन्त दण्डका योग्य छन्। तिनीहरूलाई नरकको कहिल्यै ननिभ्ने आगोभित्र फालिनेछन्, जहाँ स्वाबासी र दाह्याकिटाइ हुनेछ। 

वास्तविकताभित्र प्रवेश गर्न हाम्रो व्यक्तिगत कदम यहाँसम्म हामीले एकमात्र सत्य, सदासर्वदा परमधन्य परमेश्वरको विषयमा कुरा गर्दै आयौं। उहाँ एकैजना हुनुहुन्छ; उहाँ हामी सबैजनाको सृष्टिकर्ता हुनुहुन्छ। उहाँ पवित्र र धर्मी हुनुहुन्छ। उहाँले मानिसहरूलाई आफ्ना आज्ञाहरू दिनुभयो। हामीले उहाँका यी धार्मिक आज्ञाहरू नियालेर हेरौं र आफूलाई पापी भेट्टायौं। हामीले बुझ्न पायौंः उहाँले पापीहरूलाई न्याय गर्नुहुनेछ र तिनीहरूलाई तिनीहरूका कामको फल दिनुहुनेछ। हाम्रै पापहरूले हामीलाई नरकमा लैजानेछन्। यी हाम्रा पाप र अधर्महरूबाट हामीलाई शुद्ध र पवित्र पार्ने शक्ति येशूको बलिको रगतमा मात्र छ। यही कारणले प्रभु येशू क्रूसमा मर्नुभयो। परमेश्वरको दयामा येशूको नाममा पापको क्षमा छ। अब यस सम्बन्धमा ह्यमीले आफ्नो जिम्मेवारी के हो, सो बुझौं। प्रभु येशूको आज्ञाअनुसार सबै मानिसहरूले आफ्ना पापहरूको विषयमा पश्चात्ताप गर्नुपर्छ र सुसमाचारमाथि विश्वास गर्नुपर्छ। के हामी आफ्ना पापहरूको विषयमा दुःखी छौं? के यी पापहरू हाम्रो हृदयमा गह्रौं भारी बनेका छन्? हामीले यिनलाई नियालेर हेर्ने सक्दैनौं? के लाजले हामी परमेश्वरतिर आफ्नो शीर उठाउन सक्दैनौं। तब उहाँको सामु आफ्ना पापहरू मानिलिनुहोस्! अनि आफ्ना पापहरू मानिलिएर छोड्नुहोस्! छोड्ने निर्णय गर्नुहोस्! प्रभु येशूको शरण पर्नुहोस्! उहाँको नाम पुकार्नुहोस्, उहाँको दयाको दान, पापको क्षमा माग्नुहोस्! उहाँलाई आफ्नो जीवनको प्रभु र स्वामीको रूपमा ग्रहण गर्नुहोस्, अप्नाउनुहोस्! उहाँको चेला हुने निर्णय लिनुहोस्! जबसम्म तपाईं स्वर्गको राज्यमा प्रवेश गर्नुहुन्न, तबसम्म उहाँलाई कहिल्यै नछोड्नुहोस्! उहाँले तपाईंका सबै अधर्महरू तपाईंलाई क्षमा गर्नुहुनेछ। उहाँले तपाईंलाई पवित्र आत्माको वरदान दिनुहुनेछ। उहाँले तपाईंको हृदय दिव्य शान्तिले भरिदिनुहुनेछ। उहाँले तपाईंलाई मुक्तिको निश्चयता दिनुहुनेछ। उहाँले तपाईंलाई आफ्नो पापी स्वभावमाथि विजय दिनुहुनेछ र पवित्र जीवन जिउने शक्ति दिनुहुनेछ। उहाँले तपाईंलाई कहिल्यै छोड्नुहुन्न र कहिल्यै त्याग्नुहुन्न। यसकारण तत्कालै आफ्नो जीवन उहाँको हातमा सुम्पिदिनुहोस्, अनि अबदेखि उसो उहाँको इच्छाअनुसार जिउने प्रण गर्नुहोस्, उहाँको इच्छाअनुसार जिउन सिक्नुहोस्! उहाँको शिक्षा हासिल गर्न नयाँ नियम नामक पवित्र बाइबलको खण्ड पढ्नुहोस् र अरू ख्रीष्ट- विश्वासीहरूबाट प्रभुलाई पछ्याउन सिक्नुहोस्! 

प्रभु येशूको भनाइअनुसार मानिसहरू हिँड्न सक्ने दुईवटा बाटोहरू छन्। मानिसहरू कि त फराकिलो बाटोमा हिँड्छन्, कि त साँघुरो बाटोमा। फराकिलो बाटो विनाशमा पुरयाउँछ भने साँघुरो बाटोचाहिँ जीवनमा प्रवेश दिन्छ र स्वर्गमा पुरयाउँछ। फराकिलो बाटोमा धेरै मानिसहरू हिँड्छन् भने साँघुरो बाटो भेट्टाउने थोरै मानिस मात्र छन्। तर साँघुरो बाटोमा मात्र हाम्रो निम्ति शान्ति र सुरक्षा छ; त्यसले मात्र हामीलाई स्वर्गमा पुरयाइदिन्छ। यसकारण हामी आफूलाई सोध्नुपर्छः 'म कुन बाटोमा हिंडिरहेको छु?' के हामी अझै फराकिलो बाटोमा विनाशतिर गइरहेका छौं? के हामी अहिलेसम्म आफ्ना पापहरूबाट सत्य परमेश्वरकहाँ फर्केका छैनौं? के हामीले आफ्ना पापहरू मानिलिएर येशूमा शरण परेका छैनौं? के हामी उहाँको पछि लागेका छैनौं?तब परमेश्वरले हामीलाई फेरि एकपल्ट आह्वान गर्नुहुन्छः साँघुरो ढोकाभित्र पस! अनि जीवनमा पुरयाउने बाटोमा प्रवेश दिने त्यो ढोका प्रभु येशू हुनुहुन्छ। उहाँसित व्यक्तिगत विश्वासको सम्बन्ध स्थापित गर्नुहोस्, र जीवनको बाटोमा अघि बढ्नुहोस्! 

मित्र हामी फराकिलो बाटोमा र साँघुरो बाटोमा पनि, दुवै बाटोमा हिँड्न सक्दैनौं। हामीले रोज्नुपर्छ। यतापट्टि आफ्ना पापहरू छोड़ेर येशूको अधीनतामा जिउने जीवन छ भने उतापट्टि आफ्नो इच्छा र अभिलाषा अनुसार जिउने जीवन छ। एकैचोटि दुईजना मालिकहरूको सेवा गर्न सकिँदैन। तब हामी कसको सेवा गरौं? पापको सेवा कि परमेश्वरको सेवा? अब जीवनको यस महत्त्वपूर्ण मोड़मा आइपुगेपछि तपाईंले प्रभु येशूलाई आफ्ना प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहनुहुन्छ, निम्न प्रार्थना चढ़ाउनुहोस्! 

"हे एकमात्र सत्य र सदासर्वदा जीवित रहिरहनुहुने सृष्टिकर्ता परमेश्वर, मैले तपाईंका आज्ञाहरू उल्लङ्घन गरेर तपाईंको विरोधमा पाप गरेको छु। आजको दिनसम्म म आफ्नै इच्छाअनुसार हिँडेको थिएँ भने, आजको दिनसम्म मूर्तिहरूलाई पुजेर, मन्त्रतन्त्र गरेर संसारका थोकहरूको लोभलालच गरेर र अरू धेरै पापहरू गरेर तपाईंलाई दुखित तुलाएँ। येशूको नाममा मलाई माफ गर्नुहोस्! अहिले म यी सबै पाप र अधर्महरू मानिलिन्छु र हृदयदेखि त्याग्छु। म आफ्नो जीवन तपाईंको हातमा सुम्पन्छु। यहाँ यस घड़ीमा म अबदेखि उसो तपाईंको इच्छा अनुसार जिउने प्रण दिन्छु। मेरो मुक्तिको निम्ति म प्रभु येशूमाथि विश्वास गर्छु। प्रभु येशू मेरा पापका निम्ति बलिदान हुनुभएकोमा धन्यवाद! अबदेखि उसो म येशूको नाममा बाहेक अरू कसैको नाममा प्रार्थना गर्दिनं। आजदेखि म मेरो जीवनमाथि उहाँको अधिकार स्वीकार गर्छु र उहाँको शिक्षा मान्न तयार छु, र अहिले नै सहर्षसाथ उहाँलाई मेरा प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्छु। अबदेखि म तपाईंको मात्र सेवा गर्नेछ र तपाईंको आराधना गर्नेछु। जिउँदो प्रभु येशू, मलाई लिनुहोस् र आफ्नो महिमाको पात्र तुल्याइदिनुहोस्!" हामी तपाईंलाई यस प्रार्थनाद्वारा आफूलाई प्रभु येशूकहाँ समर्पण गर्नुहुन आग्रह गर्दछौं। 

प्रिय मित्र, प्रभु येशूमाथि विश्वास नगरी आफ्नै धर्मकर्महरूले मुक्ति पाउन खोज्नु गधालाई धोएर गाई बनाउन खोजेजस्तो छ। खिर्रोको वा सिउँडीको पात मिचेर शुद्ध दूध बनाउँछु भन्दा झन् त्यसको विष लागेर हाम्रो हानि मात्र हुनेछ। तर त्यो पाती, त्यो सिठंड़ी र त्यो खिर्रोचाहिँ दूध दिने बाख्रालाई दिएमा यसले त्यसलाई खाएर त्यसबाट गुलियो, शुद्ध, पोसिलो दूध बनाइदिन्छ। त्यस्तै हामीले मन, वचन र कर्मले पाप गरेका हुनाले हाम्रो जीवन घर, परिवार र समाजको निम्ति तीतो र विषालु भएको छ। तर हामीले यही जीवन अर्थात् हाम्रो शरीर, प्राण र आत्मा प्रभु येशूलाई सुम्पिदिन्छौं भने उहाँले तीतो र विषालु भएको हाम्रो जीवन शुद्ध र मीठो बनाइदिनुहुनेछ। मित्र, के तपाईं आफ्नो जीवन उहाँलाई दिन तयार हुनुहुन्छ? तब तपाईंले प्रभु येशूमा भएको वास्तविकतामा प्रवेश गर्नुहुनेछ र अनन्तसम्म आशिषै- आशिष पाउनुहुनेछ। 

प्यारो मित्र, तपाईंको कल्याण होस्! परमेश्वरले तपाईंलाई सत्यताको ज्ञानद्वारा तपाईंको जीवन उज्यालो पारिदिएका होऊन् र तपाईलाई प्रशस्त आशिष दिएका होऊन्! 

यस विषयमा अधिक जानकारी चाहेमा तपाईंले निम्न हामीसँग सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं। धन्यवाद! 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.