Dipawaliko sandesh

आज गाई-तिहार र लक्ष्मी पूजाको दिन हो। यो एउटा राष्‍टीय चाड़ र महान् उत्सव हो। अनि आज साँझमा नेपाल र भारतमा प्रायः सबै मानिसहरूले समृद्धिको आशामा धनको पूजा गर्छन्। तर यसको विषयमा गम्भीर भई ‘मैले यहाँ के गरिरहेको छु', सो विषयमा सोच्ने मानिस छैन; किनकि यो वर्षैपिच्छे मान्दै आएको, सबैले मानेको दस्तुर हो। तब मेरो प्रश्न छः के सबैको विवेक अँध्यारो भएको छ? यसैले तपाईंलाई आफ्नो प्रिय मित्र सम्झेर यस सम्बन्धमा हामी तपाईंलाई निम्न कुरामाथि ध्यान दिनुहुन विनम्र अनुरोध गर्छौं। 

किनभने पवित्र धर्मशास्त्र बाइबलको शिक्षाअनुसार जुन मानिसले धनको लोभ गर्छ, यस मानिसले मूर्तिपूजा गर्छ। अनि मूर्तिपूजा परमेश्‍वरको दृष्टिमा धर्म होइन, तर अधर्म हो। यस सिलसिलामा प्रभु येशूले भन्नुभयोः “कसैले पनि दुईजना मालिकहरूको सेवा गर्न सक्दैन, किनकि कि त उसले एकजनालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ, अथवा ऊ एकजनासँग टाँसिबस्नेछु र अर्कोलाई तुच्छ ठान्नेछ। तिमीहरू परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ” (मत्ती ६ः२४)। यसकारण हामीले परमेश्‍वर र धनको बीचमा छान्नुपर्छ। किनकि धनको पूजा गर्ने मानिसले साँचो परमेश्‍वरको अपमान गर्छ र उहाँलाई तुच्छ ठान्छ। अहँ, उसले परमेश्‍वरलाई चिनेको छैन, उहाँको पूजा र सेवा गरेको छैन। तब धनको लोभ गर्नु कति खतरा कुरा हो!! यसको पछि लाग्दा धेरै मानिसहरूले आफ्नो अमूल्य आत्मा बेचे र सधैंको निम्ति गुमाए। यसकारण होला, प्रभु येशूले धनलाई अधर्मको धन भन्नभयो।

“किनकि रुपियाँ-पैसामाथि मन लगाउनुचाहिँ सबै खराबीको जरा हो। जसको लालच गर्दा कतिजना विश्‍वासबाट भड्किएका छन् र आफूलाई अनेकौं पीड़ाहरूले छेड़ेछेंड़ पारेका छन्।“ १ तिमोथी ६:१० 

हो, रुपियाँपैसा चाहिन्छ, तर धनदौलत र रुपियाँपैसा मन गर्नु खतरा हो। परमेश्‍वरको वचन विश्‍वास गर्नुहोस्! यस कुराले मानिसहरूको हृदयमा परमेश्‍वरप्रतिको विश्‍वास नष्ट पार्छ; यस कुराले मानिसलाई कुबाटोतिर डोरयाउँछ र जीवनको सठीक बाटो बिराउन लाउँछ, अनि यसले गर्दा उसको मन धेरै प्रकारका पीड़ाले छेंड़ पारिदिन्छ। म यसको निम्ति स्वीजरल्याण्डका मानिसहरूलाई साक्षी राख्छु। बितेको समयमा तिनीहरूको ईश्वरभक्ति प्रशंसनीय थियो। तिनीहरूको राष्ट्रको गीतले अझै पनि यसको गवाही दिन्छ। दोस्रो विश्व युद्ध चलिरहेको बेलामा जर्मनीको तानाशाह शासक हित्लरले यो सानो देश स्वीजरल्याण्ड आक्रमण गर्लान् भन्ने ठूलो डरले यस देशका सबै मानिसहरू गाउँ-शहरका गिर्जाघरहरूमा प्रार्थना गर्न र परमेश्‍वरलाई पुकार गर्न भेला हुन्थे; त्यस बेलामा तिनीहरूले ठूलो सोरले कराई उहाँलाई अर्जविन्ती चढ़ाउँथे, गोहार माग्थे। 

अनि तिनीहरूको प्रार्थनाको उत्तरमा तिनीहरू यस डरलाग्दो दशाबाट उम्के। तर समय बित्दै जाँदा ती मानिसहरूको हृदयमा धनको लोभ पस्यो। तिनीहरू इमानदार मानिस थिए, परिश्रम गर्ने मानिसहरू थिए, दयालु मानिसहरू थिए; तर यस धनको लोभले विस्तारै-विस्तारै तिनीहरूको मन बिगारयो। अब असी वर्षपछि ती स्वीजरल्याण्डका मानिसहरूलाई विचार गर्नुहोस्! तिनीहरू प्रार्थना गर्दैनन्, तिनीहरू परमेश्‍वरमाथि विश्‍वासै गर्दैनन्; तिनीहरू अहङ्कारी र भक्तिहीन मानिस भएका छन्, जो आ-आफ्ना मनका अभिलाषाहरू पूरा गर्दै जिइरहेका छन्। यसकारण बुझ्नुहोस्, र स्वीजरल्याण्डका मानिसहरूबाट एउटा अमूल्य पाठ सिक्नुहोस्ः मानिसहरूले दुःखकष्ट सहन सक्छन्, गरिबी सहन सक्छन्, तर फलिफापचाहिँ सहनै सक्दैनन्।

आउनुहोस्, हामी यस निम्न साँचो घटनामाथि पनि आफ्नो विचार राखौंः एक समयमा एकजना धनी जवान मानिस प्रभु येशूकहाँ आए, र तिनले उहाँलाई ‘अनन्त जीवन पाउन मैले के गर्नुपर्छ' भन्ने प्रश्न सोधे। प्रभु येशूले तिनलाई यसको विषयमा सिकाउन थाल्नुभयो र अन्तमा तिनलाई भन्नभयोः ‘तिमी सिद्ध हुन चाहन्छौ भने, जाऊ, तिमीसँग भएको सम्पत्ति बेच र गरिबहरूलाई देऊ, र तिमीले स्वर्गमा धन पाउनेछौ; अनि आऊ, मेरो पछि लाग!' तर यो कुरा सुनेर ती जवान मानिस दुःखित भए र त्यहाँबाट गइहाले; किनभने तिनीसँग धेरै धनसम्पत्ति थियो। तब प्रभु येशूले आफ्ना चेलाहरूलाई निम्न गम्भीर शब्दहरू भन्नुभयोः

“म तिमीहरूलाई साँचो भन्छु, धनी मानिस कठिनसँग मात्र स्वर्गको राज्यभित्र पस्नेछ। म तिमीहरूलाई अझ पनि भन्छु, धनी मानिसलाई परमेश्‍वरको राज्य पस्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छोरेर जानु सजिलो हुन्छ।“ (मत्ती १९:२३-२४)। अहा, धनसम्पत्तिमाथि भरोसा गर्नेहरूलाई परमेश्‍वरको राज्यभित्र पस्नु कति कठिन हुँदो रहेछ!! तब हाम्रो धनी हुने इच्छाको विषयमा कसो हो? आउनुओस्, यो चाहना हामी समयमा छोड़िदिऔं! 

हामी यस सम्बन्धमा तपाईंलाई परमेश्‍वरको वचनबाट निम्न चेताउनी दिन चाहन्छौंः 

“जतिजनाले धनी हुने इच्छा गर्छन्, तिनीहरूचाहिँ पापको परीक्षामा र पापको पासोमा पर्छन्-पर्छन्; तिनीहरू अनेक मूर्ख र हानिकारक अभिलाषा- हरूमा फस्छन्-फस्छन्, जुन अभिलाषाहरूले मानिसहरूलाई बर्बाद गर्छन् र विनाशमा डुबाइदिन्छन्” (१ तिमोथी ६:९)। 

अहँ, धनी हुने इच्छा नगर्नुहोस्, धनी हुने आफ्नो चाहना झट्टै छोड़िदिनुहोस्! तपाईं पापको परीक्षामा किन पर्नुहुने? तपाईं पापको पासोमा किन फस्नुहुने? तपाईं किसिम-किसिमका अभिलाषाहरूको शिकार किन बन्नुहुने? निर्बुद्धि नहुनुहोस्, आफ्नो हानि नगर्नुहोस्, यसरी तपाईंको जीवन बर्बाद नगर्नुहोस्, धनको मोहजालमा फसेर नाश नहुनुहोस्! 

यसो हो भने, हामी तपाईंलाई निम्न सल्लाह ग्रहण गर्नुहुन अनुरोध गर्छौः “जुन-जुन मानिसहरू यस संसारमा धनवान् छन्, तिनीहरूलाई यो आज्ञा देऊः तिनीहरू अभिमानी नहोऊन्; तिनीहरूले चञ्चले धनमाथि भरोसा नराखून्, तर जीवित परमेश्‍वरमाथि भरोसा गरून्, जसले हाम्रो आनन्दको निम्ति हामीलाई सबै थोकहरू प्रशस्त गरी दिनुहुन्छ; यसैले तिनीहरूले सुकर्म गर्दै गरून्, असल कामहरूको विषयमा धनवान् होऊन्, बाँडचुँड़ गर्न सधैं तत्पर रहून् र दान दिन इच्छुक होऊन्। यसरी तिनीहरूले पछि आउने समयको हिसाबमा आफ्नो निम्ति असल जगरूपी धन थुपार्छन्, यस हेतुले कि तिनीहरूले अनन्त जीवन पक्रिराखून्” (१ तिमोथी ६:१७-१९)।

यसकारण धनी हुँ भनेर घमण्ड नगर्नुहोस्! किनकि हाम्रो धन चञ्चल छ; यो हाम्रो भरोसाको योग्य हुँदैन। केवल जीवित परमेश्‍वर हर प्रकारले हाम्रो भरोसाको योग्य हुनुहुन्छ। उहाँले हामीलाई सृष्टि गर्नुभयो, र उहाँले नै हाम्रो जीवनको निम्ति हामीलाई खाँचो परेका सबै थोकहरू दिनुभएको हो। धनकी देवीमाथि आशा नगर्नुहोस्, तर तपाईंले पाउनुभएका आशिषहरूको निम्ति जीवित परमेश्‍वरलाई यसको श्रेय दिनुहोस् र उहाँलाई नै धन्यवाद चढ़ाउनुहोस्! तपाईंको धनले भ्याएसम्म सुकर्म गर्नुहोस्! गरिबहरूको कल्याण गर्नुहोस्! पछिको समय विचार गर्नुहोस्! यसको निम्ति तपाईं र म - हामीले अहिले नै जग बसाल्नुपर्छ। किनकि तपाईंलाई अनन्त जीवन पाउनु छ। अनि त्यो जीवन तपाईंको धनमा होइन, तर प्रभु येशूमा छ। यसकारण आफ्नो धन चाहिएको भन्दा बढ़ी नसम्झनुहोस्! धन आफ्नो जीवनको बलियो जग नठान्नहोस्! किनकि तपाईंको धनले तपाईंलाई धोका दिन्छ, र तपाईंलाई बचाउँदैन; केवल प्रभु येशूले तपाईंलाई परमेश्‍वरको न्यायमा पर्नबाट बचाउनुहुनेछ। अनि न्यायको कुरा गर्दा यो पनि याद गर्नु उचित छः हरेक मानिस जसलाई धेरै दिइएको छ, यस मानिसबाट परमेश्‍वरले यसको लेखा लिनुहुँदा धेरै फिर्ता पाउन खोज्नुहुनेछ, अनि यस जीवनमा जुन मानिसको हातमा धेरै सुम्पिएको छ, यस मानिसबाट न्यायमा बढ़ी हिसाब लिइनेछ। 

तर हुन सक्छ, तपाईं धनी हुनुहुन्न होला, तर तपाईंले दैनिक जीवनमा खान, लाउन र बस्न सक्नको निम्ति आफ्नो जीविका चलाउन संघर्ष गरिराख्नुभएको होला। तब तपाईंको निम्ति के गरे ठीक होला। तब निम्न परमेश्‍वरको वचन तपाईंको निम्ति हो: 

“सबैभन्दा पहिले परमेश्‍वरको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोकहरू तिमीहरूलाई थपिनेछन्” (मत्ती ६:३३)। 

प्रभु येशूको उक्त आदेशअनुसार आफ्नो सृष्टिकर्ता परमेश्‍वरलाई आफ्नो जीवनमाथि अधिकार गर्न दिनुहोस्! उहाँको शासन ग्रहण गर्नुहोस्! किनकि यो कुनै कड़ा शासन होइन, तर एउटा प्रेम र निगाहले पूर्ण दयालु शासन हो। उहाँको इच्छा तपाईंको परम धर्म तुल्याउनुहोस्! किनभने उहाँको शासन- अनुसार चल्ने र उहाँको इच्छाअनुसार गर्ने कुनै पनि मानिस भोकै रहँदैन। हो, उहाँलाई मान्ने मानिस धनी नहोला, तर यो कुरा सुनिश्चित छः पवित्र बाइबलअनुसार साँचो परमेश्‍वरलाई मान्ने मानिसले अनन्त जीवन पाउनेछ।

यसकारण तपाईं पनि अनन्त जीवन पक्रनुहोस्! हामीले गरेजस्तै तपाईंले पनि प्रभु येशूमाथि विश्‍वास गर्नुहोस्! उहाँसँग अनन्त जीवन दिने अधिकार छ। उहाँले आफ्नो क्रसको मृत्युद्वारा यो अधिकार प्राप्त गर्नुभएको हो। उहाँको शरण पर्नुहोस्! उहाँलाई पुकार्नुहोस्! उहाँको पछि लाग्नुहोस्! अनि उहाँले तपाईंलाई अवश्य स्वर्गमा, परमेश्‍वरको अनन्त राज्यमा पुरयाउनुहुनेछ। किनकि तपाईंको मुक्ति र अनन्त जीवन तपाईंको साँचो धन हुनेछ। यस शुभ अवसरमा जीवित परमेश्‍वरले तपाईंलाई आशिष दिऊन्! 

यस सम्बन्दमा तपाईंले कुरा अझ बढ़ी बुझ्न र सिक्न चाहनुभयो भने अथवा तपाईंलाई तपाईंको जीवनमा आत्मिक सहायताको खाँचो परेमा निम्न ठेगानामा हामीसित सम्पर्क राख्नुहुन अनुरोध गर्छौं। धन्यवाद। 

email:[email protected] 

प्रिय पाठक मित्र, आज सुनौलो मौका छोप्‍नुहोस्, र अडियो पोडकास्ट, रोचक किताबहरू र अन्य आत्मिक पुस्तक-पुस्तिकाहरू सित्तैंमा हाम्रो निम्न web page बाट डाउनलोड गरेर पढ्नुहोस्ः 

www.nbcinepal.org 

Your encouragement is valuable to us

Your stories help make websites like this possible.