ख्रीष्‍टिय पुस्‍तकहरू

Madhav

पण्‍डित माधव उपाध्‍यायको गवाही

सम्पूर्ण ब्रह्माण्डहरूको सृजनहार परमधन्य परमेश्वरलाई धन्यवादको भक्ति चढ़ाउँदै म आफ्नो जीवनको गवाही शुरु गर्दछु। सर्वशक्तिमान् परमदेव परमेश्वरले मेरो जीवनमा गर्नुभएका कार्यहरू अवर्णनीय छन्, जुन कार्यहरू उहाँले सृष्टि गर्नुभएका मानिसहरूको बीचमा सुनाउन पाउनु मेरो निम्ति सौभाग्य हो। 

थप पढ्‍नुहोस्‌
 

Chandralila

साधुनी चन्‍द्रलीलाको जीवन गवाही

नेपालको एउटा पहाड़ी गाउँमा एक ब्राम्हण बस्थे, जो राजपुरोहित थिए। उनको भाग्य उज्यालो थियो; किनकि उनलाई धनसम्पत्ति र इज्जतको केही कमी थिएन। धेरै समय अघिदेखि नै उनका पिता-पुर्खाहरू पनि नेपालका राजपुरोहित थिए। यो पद्वी मानिसहरूको दृष्टिमा अति उच्च र पवित्र थियो। 

थप पढ्‍नुहोस्‌‌
 

Think about

यस संसारमा हाम्रो जीवनको उद्देश्य वा हाम्रो अस्तित्वको विषयमा सोच्दा हामीले सीधा र इमानदार रहन चाह्यौं भने हामी यहाँ, यस संसारमा एकपल्ट मात्र जिउँछौं भन्ने ताजुप पार्ने कुरा बुझ्नुपर्छ। तब हामीले पनि यहाँ, यस गम्भीर, हृदयस्पर्शी निश्चयताबाट हाम्रो तर्क शुरु गरौं: हाम्रो केवल एउटै जीवन मात्र छ। यी सत्य तत्त्वहरूको पक्राउमा परेर हाम्रो होश खुल्छ र हामी बुझ्छौं: अँ, हाम्रो जीवन त हामीलाई सुम्पिएको पवित्र जिम्मेवारी हो। 

थप पढ्‍नुहोस्‌
 

Question

जीवनको कुनै घटना संयोगले हुँदैन, त्यत्तिकै घट्दैन। हरेक कुरामा कुनै दिव्य योजना हुन्छ वा ईश्वरीय सहनशीलतामा हुन दिएको हो। यो सानो पुस्तिका तपाईंको हातमा परेको छ; यो पनि त्यसै, मतलबबिना भएको होइन। यस पुस्तकमा कति सत्य कुराहरू उल्लेख गरिएका छन्; यी कुराहरू हृदयदेखि नै स्वीकार गरेमा यिनले तपाईंको सम्पूर्ण जीवन बदली गरेर यसलाई एउटा नयाँ उद्देश्य दिन सक्छन्। यति मात्र होइन, तर पापहरूको क्षमा कसरी पाइन्छ, परमेश्वरसित कसरी मेलमिलाप राख्न सकिन्छ र यो हाम्रो छोटो जीवन बितेपछि स्वर्गमा हाम्रो लागि बस्ने ठाउँ तयार गरिएको कुरामा कसरी निश्चित हुन सकिन्छ आदि कुराहरू यस किताबले तपाईंलाई बताउँछ।

थप पढ्‍नुहोस्‌
 

मानिसको हृदय

जब तपाईं यो पुस्तक किताब पढ्नुहुन्छ, तब कृपया यसमा आफैलाई देख्न सकिने एउटा ऐना सम्झेर पढ्नुहोस्। चाहे तपाईं अरु धर्म मान्ने, चाहे ख्रीष्टियन धर्म मान्ने हुनुहोस्, चाहे प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने, चाहे विश्वास नगर्ने वा विश्वासबाट पछि हटिसकेको मानिस हुनुहोस्, यस किताब पढ्दा परमेश्वरले तपाईंलाई जस्तो देख्नुहुन्छ, त्यस्तै तपाईंले आफूलाई देख्न सक्नुहुन्छ। परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न। उहाँले त मानिसको हृदयको अवस्था हेर्नुहुन्छ।

थप पढ्‍नुहोस्‌
 

Yo sansar.png

अब यस संसारको अवस्था केकस्तो हुनेछ होला? यो संसार कहाँ पुगेर टुङ्गिएला? यस्ता प्रश्नहरू सबैको मनमा उठ्छन्; यसमा शङ्का छैन। तपाईंको मनमा पनि कतिचोटि यस्ता प्रश्नहरू उठे होलान्। तपाईंले कुनै पनि समाचार पत्रिकामा वा सोसल मिडियामा पढ्नुभयो भने संसार सङ्कष्टैसङ्कष्टमा परेको र गड़बढ़ीले भरिएको देखिन्छ। रेडियो सुन्नुहोस्! ज्यादा नराम्रा समाचारहरू मात्र तपाईंले सुन्न पाउनुहुनेछ। 

थप पढ्‍नुहोस्‌
 

Simple Life

हामीले जुन प्रकारले आफ्नो इसाई जीवन जिइरहेका हुन्छौं, के त्यसले हाम्रो वल्लो वा पल्लो घरको छिमेकीलाई प्रभावित पार्न सक्छ त? तपाईं र मेरो जीवनले कुनचाहिँ साक्षी दिइरहेको छ? त्यसले कुनचाहिँ भाषा बोलिरहेको छ? हाम्रो छिमेकीको पनि आफ्नै जिउने तरिका हुन्छ, र उसको जीवन कस्तो किसिमको छ, सो परिभाषा उसकै जीवनले दिन्छ। तब हाम्रो विषयमा सोध्दा उसले के जवाफ देला? उसले “त्यो त साह्रै धर्मी मानिस हो” भनी भन्ला अनि ऊ आफूचाहिँ उसको विषयमा यसो भन्न सकिँदैन। के भिन्नता केवल यसैमा छ? के यसो भन्न मिल्छः धर्ममा उसको चासो छैन; इसाई धर्म हाम्रै शोक हो। तब मेरो प्रश्न छः हामीले जसरी आफ्नो ख्रीष्टिय विश्वास व्यवहारमा उतारेका छौं, के त्यसमा उसलाई प्रभावित पार्ने, उसलाई ताजुप लाग्ने कुनै कुरा छ? हामीमा विशिष्ट के छ? के हाम्रो जीवनमा कुनै यस्तो असाधारण कुरा हुन्छ, जुन कुराले उसमा प्रभुको बारेमा चासो बढ़ाउन र प्रश्न उठाउन सक्छ? कि के हामीले जे गरिरहेका छौं, उसले पनि त्यही गर्न सक्छ? के ख्रीष्टका पत्रहरू हौं भन्ने हाम्रो सिफारिस गर्ने केही सद्गुणहरू छन्? छैनन् भने ऊ किन इसाई बन्ने त? उसले त्यस प्रकारको लन्ठ किन उठाउनुपर्छ?

थप पढ्‍नुहोस्‌: 

एकदेखि दस अध्‍यायसम्‍म 

एघारदेखि बीस अध्‍यायसम्‍म 

एक्‍काइसदेखि तीस अध्‍यायसम्‍म  

संसारका ख्रीष्‍टीय शहीदहरू

“अनि उनीहरूले त्यसलाई थुमाको रगतद्वारा र आफ्नै गवाहीको वचनद्वारा जिते; अनि मृत्युसम्म उनीहरूले आफ्ना प्राणहरूलाई प्रेम गरेनन्।” प्रकाश १२:११

यस पुस्तकमा निम्न घटनाजस्तै अरू धेरै साँचा कथाहरू पढ्नुहोस्ः १४१५ सालको जून ७ तारिखमा जोन हसलाई एउटा परिषद्को अघि ल्याइयो, र तिनले विक्लिफको धर्म-सिद्धान्तलाई इन्कार गर्न नमान्दा तिनलाई विधर्मी भनी दोषी ठहराइयो। तिनका सबै मण्डलिक पदहरू खोसिए, तिनलाई महा-विधर्मी भनी लेखिएको कागजको टोपी लाउन लगाइयो र तिनका पुस्तकहरू जलाइँदै आगोको छेउबाट भएर तिनलाई तान्दै लगियो। 

थप पढ्‍नुहोस्‌: 

१ देखि २ अध्‍यायसम्‍म 

३ देखि ४ अध्‍यायसम्‍म 

५ देखि ६ अध्‍यायसम्‍म 

७ देखि ८ अध्‍यायसम्‍म 

९ देखि १० अध्‍यायसम्‍म 

सीटी स्‍टड

क्रिकेटको प्रख्यात खेलाड़ी सी. टी. स्टड मिसनरी भएको 

'के प्रभु येशू परमेश्वर हुनुहुन्छ? के उहाँ मेरो लागि मर्नुभयो? तब उहाँको निम्ति मेरो कुनचाहिँ त्याग, मेरो कुनचाहिँ बलिदान बढ़ी हुन सक्छ र? मेरो विचारमा उहाँको निम्ति मैले दिन नसक्ने कुनै त्याग, कुनै बलिदान छँदैछैन।' सी टी स्टडचाहिँ 'विश्वव्यापी सुसमाचार-धावा' नामक मिसन-संस्थाको व्यवस्थापक भए, जसले बिसौं शताब्दीमा श्री हड्सन टेलरले गरेजस्तै अरू धेरै मिसन-संस्थाहरूलाई प्रेरणा दिलाए।

थप पढ्‍नुहोस्‌
 

True Discipline_Book Cover.png

प्रभु येशूको साँचो अनुयायी हुनु हो भने हामीले हाम्रा प्रभु येशू ख्रीष्टको निम्ति सारा हृदयले हाम्रो सम्पूर्ण जीवन अर्पण गर्नुपर्छ। 

प्रभुलाई आफ्नो फुर्सद भएको समय मात्र दिने, उहाँलाई शनिबार वा आइतबारहरू दिने, अथवा कामबाट अवकाश पाएको बुढेसकालको अवधि दिने दाजुभाइ-दिदीबहिनीहरूलाई प्रभु येशूले चाह गर्नुहुन्न, तर उहाँलाई आफ्नो जीवनको प्रथम स्थान दिने अर्थात् सिंहासनमा चढाएर उहाँलाई स्वामी हुन दिनेहरूलाई उहाँले खोज्नुहुन्छ। 

Who is Hopy Spirit_Book Cover.png

पवित्र आत्मा सत्यताको आत्मा हुनुहुन्छ। यस्तो भए पनि ख्रीष्टका अवलम्बीहरूको बीचमा धेरैजना छन्, जो पवित्र आत्माको सम्बन्धमा भ्रममा परेका छन्। कतिजनाले भन्छन्ः 'पवित्र आत्मा एक प्रकारको दिव्य प्रभाव मात्र हो।' अनि अरूले भन्छन्ः 'त्यो त मानिसहरूलाई प्रभावित पार्ने ईश्वरीय शक्ति हो।' 

हामी तपाईंलाई यसको एक-दुई उदाहरण दिन्छौं: क्रिश्चन साइन्स नामक समुदायले पवित्र आत्मालाई दिव्य ज्ञान हो भनेर भन्छ भने स्पिरिटुएलिस्म्काहरूले चाहिँ सरासर पवित्र आत्माको व्यक्तित्व इन्कार गर्छन्। तिनीहरूको शिक्षाअनुसार त्यो आत्माचाहिँ कुनै धर्मी मानिसको मृत्यु भयो भने उसको आत्मा पो हो अरे। जेहोवास् विनेस्काहरूले पवित्र आत्माको विषयमा के सिकाउँछन् भने, पवित्र आत्मा एक अदृश्य, प्रभावकारी शक्ति हो, जुन शक्तिद्वारा सर्वशक्तिमान् परमेश्वरले आफ्ना सेवकहरूलाई आफ्नै इच्छाअनुसार चलाउनुहुन्छ रे। 

Anupam Pratibha_Cover.png

चौथो संस्करणको सम्बन्धमा...

दाजु दानियल राईमा हार्दिक श्रद्धाअञ्‍जलीसहित 
यस संस्करणलाई समर्पित गर्दछौं!

लामो समयको अन्तरालपछि यस ‘अनुपम प्रतिभा’ को चौथो संस्करणलाई पाठकहरू माझ ल्याइएको छ। यो संस्करण प्रकाशन तयारी गर्दैगर्दा, यस पुस्तकका लेखक आदरणीय दाजु दानियल राई परमेश्‍वरको महिमित घरमा उठाइलगिनुभएको करीब तीन वर्ष भएछ। उहाँद्वारा लिखित धेरै पुस्तकहरूमध्ये ‘अनुपम प्रतिभा र हिमालझैं अचल सत्य —यो अपार’ पाठकहरूद्वारा अत्याधिक रूचाइएका र सर्वाधिक बिक्री भएका पुस्तकहरू मानिन्‍छ।

यस पुस्‍तकका लेखकका सुपुत्र श्री उरिएल जोन राई ज्यूको मौखिक अनुमतिमा सामान्य भाषासम्पादन र संसोधनसहित यस संस्करण-लाई यहाँहरूमाझ ल्याएका छौं। 

यस पुस्तकलाई पढ्दैगर्दा वाक्य संरचनामा थोरै असमन्जस्यता लाग्दछ। यद्यपि लेखकको आफ्नै मौलिक भाषाशैली र वाक्य संरचना भएको हुँदा, यस्ता वाक्यपद्दतिहरूलाई सामान्य संसोधन गरी यथावत् नै राखिएको छ। 

साथै, लेखकले ईश्‍वरत्व र सत्यता सम्बन्धी तुलना गर्दै कतिपय उदाहरणहरू अन्य आस्थाविशेष र धर्मविशेषबाट पनि लिएका छन्। यसमा लेखकले बिनापूर्वाग्रह राखी सामान्य तुलनात्मक प्रस्तुतिमार्फत् आत्मिक सत्यतालाई उजागर गर्न कोसिस गरेका छन्, जुन लेखकको नितान्त व्यक्तिगत बिचार हो। भद्र तथा समझदार पाठकहरूले लेखकको आशयलाई सकारात्मक लिनुहुने नै छ भनी आशा राखेका छौं। धन्यवाद!

सम्पादक
विजय लुंगेली मगर [2022]

Himal Jhai Achal_Cover.jpeg.png

एघारौँ संस्करणको सम्बन्धमा...

दाजु दानियल राईमा हार्दिक श्रद्धाअञ्‍जलीसहित 
यस संस्करणलाई समर्पित गर्दछौं!

लामो समयको अन्तरालपछि यस ‘हिमालझैँ अचल सत्य यो अपार’ को एघारौँ संस्करणलाई पाठकहरू माझ ल्याइएको छ। यो संस्करण प्रकाशन तयारी गर्दैगर्दा, यस पुस्तकका लेखक आदरणीय दाजु दानियल राई परमेश्‍वरको महिमित घरमा उठाइलगिनुभएको करीब तीन वर्ष भएछ। उहाँद्वारा लिखित धेरै पुस्तकहरूमध्ये ‘अनुपम प्रतिभा र हिमालझैं अचल सत्य—यो अपार’ पाठकहरूद्वारा अत्याधिक रूचाइएका र सर्वाधिक बिक्री भएका पुस्तकहरू मानिन्‍छ।

यस पुस्‍तकका लेखकका सुपुत्र श्री उरिएल जोन राई ज्यूको मौखिक अनुमतिमा सामान्य भाषासम्पादन र संसोधनसहित यस संस्करणलाई यहाँहरूमाझ ल्याएका छौं। 

यस पुस्तकलाई पढ्दैगर्दा वाक्य संरचनामा थोरै असमन्जस्यता लाग्दछ। यद्यपि लेखकको आफ्नै मौलिक भाषाशैली र वाक्य संरचना भएको हुँदा, यस्ता वाक्यपद्दतिहरूलाई सामान्य संसोधन गरी यथावत् नै राखिएको छ। 

साथै, लेखकले ईश्‍वरत्व र सत्यता सम्बन्धी तुलना गर्दै कतिपय उदाहरणहरू अन्य आस्थाविशेष र धर्मविशेषबाट पनि लिएका छन्। यसमा लेखकले बिनापूर्वाग्रह राखी सामान्य तुलनात्मक प्रस्तुतिमार्फत् आत्मिक सत्यतालाई उजागर गर्न कोसिस गरेका छन्, जुन लेखकको नितान्त व्यक्तिगत बिचार हो। भद्र तथा समझदार पाठकहरूले लेखकको आशयलाई सकारात्मक लिनुहुने नै छ भनी आशा राखेका छौं। धन्यवाद!
सम्पादक
विजय लुंगेली मगर [2022]

Letter for you.png
NMTS_01.png
NMTS.png
यस पृष्‍ठलाई सेयर गर्नुहोस्‌

तपाईंको प्रोत्साहन हाम्रो लागि बहुमूल्य छ

तपाईंको कथाहरूले वेबसाइटहरूलाई यो सम्भव बनाउन मदत गर्दछ।