डायनासोर वा लिव्यातन्बारे बाइबलले के बताउँछ?
डायनासोर वा लिव्यातन् थियो भन्ने कुरा अनुमानको कुरा हो। बाइबलमा यसो भनिएको छैन। हाम्रो टिबिएस बाइबलको टिप्पणीमा घडियाल भनेर लेखिएको तपाईंले हेर्नुभयो होला। यो पनि एउटा अड्कल मात्र हो; किनभने अय्यूब र परमेश्वरलाई बाहेक अरू कसैलाई थाहा छैन।
डायनासोरका हड्डीहरू भेट्टाइएका छन्, तर जीवितचाहिँ पाइएन। फेरि अनुमानको कुरा आयो: जलप्रलयमा डायनासोर मरे कि जलप्रलयपछि मौसम बदली भएकोले तिनीहरूलाई जिउने वातावरण थिएन कि?
तर के गर्ने? हामी बाइबलको प्रकाशमा हिँडनुपर्छ, अनुमानको कुरामा होइन। जुन कुरा स्पष्ट छैन, यसमा खोजिबस्न के लाभ होला।
हामी पनि ज्ञानको प्रेमी हौं, तर कति कुरा जान्न सकिँदैन। तब यसमा सन्तोक मान्नुपर्ने हुन्छ। “गुप्त कुराहरू परमप्रभु हाम्रा परमेश्वरका हुन्।“ (व्यवस्था २९:२९)। यस खण्डले परमेश्वरको रहस्य र प्रभुत्वलाई प्रकट गर्दछ। यसले हामीलाई सम्झाउँछ कि परमेश्वरको इच्छा, ज्ञान र योजनाका केही पक्षहरू छन्, जुन मानव समझ र पत्ता लगाउने क्षमताभन्दा पर छन्। बाइबलको सन्दर्भमा, यो कुरा परमेश्वरको असीमित बुद्धि, शक्ति र उद्देश्यको एक प्रतीक हो, जुन सधैं हामीले बुझ्न सक्दैनौं।