मानिसको छालाको रूपरङबारे बाइबलले के बताउँछ?
मेरो बुझाइनुसार कुरा यसो छ: जब बाबेलमा परमेश्वरले मानिसहरूको बीचमा भाषा खलबलाइदिनुभयो, तब एक मानिसले अर्को मानिसको बोली बुझ्न छोड्यो। यसरी एक-अर्काबाट अलग भएका मानिसहरू आ-आफ्ना भाषा मात्र बोल्थे, अनि आफ्नो जातिभित्र संस्कृति र विवाह कायम राख्थे।
उदाहरणको लागि: राई जातिका मानिसहरू र बाहुनक्षेत्रीका मानिसहरू रूपरङमा निक्कै फरक छन्। किनभने पहिले-पहिले साँस्कृतिक चलन वा परम्पराअनुसार तिनीहरू आपसमा विवाहवारी गर्दैनथे। तर अपवादको रूपमा हिजोआज एक जातिले अर्को जातिसँग विवाहवारी गर्ने चलन बढ्दो छ। यसरी तिनीहरूबाट जन्मने बच्चाहरू आफ्ना बुबाआमाको मूल जातिको रूपरङभन्दा भिन्नै रूपरङका देखिन्छन्।
ठिक त्यस्तै नूहको पालामा थियो। तिनीहरू आपसमा विवाहवारी गर्दैनथे। पुस्तौ-पुस्तसम्म आफ्नो भाषा बोल्ने जातीको बीचमा विवाहको सम्बन्ध राख्दा मानिसको रूपरङमा विशेष आउँदोरहेछ।
अर्को कुरा, मौसमको प्रभाव पनि थियो। जस्तो कि असाध्यै गर्मी भएको अफ्रिकामा गोरा रङका मानिसहरू जिउन सक्नेथिएन। घामले पोलेर तिनीहरूका बालकबालिकाहरू कलिलै उमेरमा तिनीहरूको मृत्यु हुनेथियो। यसकारण त्यहाँ हप्सी जातिको काला वर्गका मानिहरू मात्र रहे।
अर्को व्याख्या के हो भने आदम र हव्वासँग कालो, खैरो र सेतो उत्पादन गर्ने जीनहरू थिए। परमेश्वरले मानिसजातिमा छालाको बनावट विविधता नहोस् भन्ने चाहनुभएकोले उहाँले आदम र हव्वालाई छालाका भिन्न-भिन्न रङका केटाकेटीहरू जन्माउने क्षमता दिनुभएको हुनुपर्छ भन्ने कुरा बुझ्न सकिन्छ। रूपरङमा भिन्नता हुने अर्को कारण, मेलानिन उत्पादनको स्तरमा आधारित हुन्छ, जसलाई आनुवंशिकताले निर्धारण गर्छ र वातावरणीय कारकहरू, जस्तै घामको किरणको प्रभावले पनि प्रभावित पार्छ।
व्याख्या जेसुकै होस्, यस प्रश्नको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने हामी सबै एउटै जाति हौं, सबै एउटै परमेश्वरद्वारा सृष्टि गरिएका हौं, सबै एउटै उद्देश्यको लागि सृष्टि गरिएका छौं— उहाँको महिमा गर्न।