नयाँ करारको टिप्‍पणी

William MacDonald

नयाँ नियमको भूमिका

'नयाँ नियमका लेखहरू प्रायः छोटा-छोटा र अल्पसङ्ख्यामा छन्, ता पनि ऐतिहासिक र आत्मिक हिसाबले ती लेखहरूको मूल्य ज्यादै छ; अनि मानिसहरूको जीवन र इतिहासमाथि ती लेखहरूको प्रभाव बेहिसाबको छ। अदनको बगैंचामा मिलेको प्रभातरूपी प्रकाश अब नयाँ नियममा मध्यदिनरूपी चरमसीमामा पुगेको छ। पुरानो नियमका भविष्यवाणीमा प्रकट हुनुभएको ख्रीष्ट नयाँ नियमका सुसमाचारका पुस्तकहरूमा ऐतिहासिक येशू ख्रीष्ट हुनुभएको छ, अनि पत्रीहरूमा विश्वासको अनुभवमा ख्रीष्ट येशू कस्तो हुनुहुँदो रहेछ, सो बताइएको छ भने प्रकाशको पुस्तकमा महिमित ख्रीष्ट येशूको दर्शन प्रस्तुत गरिएको छ।'

श्री डब्लयू. ग्राह्याम स्कोग्गी

डाउनलोडमा जानुहोस्

१) नयाँ नियमको नाम किन भयो?

नयाँ नियमको पुस्तक लिएर गहिरो सागररूपी बाइबल-अध्ययन गर्नुभन्दा अघि, अथवा नयाँ नियमको कुनै विशेष पुस्तकमाथि मात्र ध्यान लगाएर त्यसको अध्ययन गर्नुभन्दा अघि नयाँ नियम नामक पवित्र पुस्तकको विषयमा केही सामान्य कुराहरू सङ्क्षिप्त रूपले उल्लेख गर्नु लाभदायक देखिन्छ। ‘डिअथेके' भन्ने ग्रीक शब्द दुई प्रकारले अनुवाद गरिएको छ, एक ता त्यसको अर्थ 'करार' वा 'नियम' हो, अर्को अर्थचाहिँ ‘इच्छा-पत्र' पनि हो। हिब्रूको पुस्तक अनुवाद गर्दा एक-दुई पदहरूमा, जहाँ 'डिअथेके' भन्ने ग्रीक शब्द छ, यी दुईमा कुनचाहिँ अर्थ लगाउन सठीक होला, यसमा वादविवाद चलेको छ। यसो भए पनि इसाई पवित्र शास्त्रहरूका निम्ति 'करार' वा 'नियम' भन्ने नाम अवश्य राम्ररी सुहाउँछ; किनभने यसको बीचमा सन्धि भनौं, कि सम्झौता भनौं, आधारमा परमेश्वर र उहाँका जनहरूको उहाँको वाचा स्थापित भएको छ।

यसलाई किन 'नयाँ नियम' भनिएको छ? किनभने ‘नयाँ नियम' पुरानो नियम- बाट छुट्ट्याउनका निम्ति यसो गरिएको हो। यी दुईवटा नियमहरू परमेश्वरको प्रेरणाले दिइएका हुन्; यसैले यी दुवै सबै इसाईहरूका निम्ति लाभदायक हुन्छन्। तर प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने अनुयायीले पवित्र बाइबलको यस नयाँ नियमको खण्डमा बढ़ी ध्यान दिन्छ, जुन खण्ड विशेष गरी उसले मानेका प्रभु र उहाँको मण्डलीको विषयमा लेखिएको छ, र जहाँबाट ऊ प्रभु येशूको चेलाको नाताले कसरी जिउनुपर्छ, सो कुराको सम्बन्धमा उसलाई शिक्षा मिल्दछ।

पुरानो नियम र नयाँ नियमको बीचको सम्बन्ध सन्त अगुस्टिन्ले यस प्रकारले सुन्दर रूपले व्यक्त गरेः

  • 'नयाँ नियमको प्रकाश पुरानो नियममा लुकिएको छ;
  • पुरानो नियमको अर्थ नयाँ नियममा खोलिएको छ।'

२) नयाँ नियम कसरी एक कानुन बन्यो?

'कानुन' भन्ने ग्रीक शब्दको अर्थ मापदण्ड हो, जससित नाप्ने काम गरिन्छ। नयाँ नियमको कानुनचाहिँ पवित्र आत्माको प्रेरणाले लेखिएका पुस्तक- हरूको सङ्ग्रह हो। यी पुस्तकहरूबाहेक अरू कुनै पुस्तक यस कानुनमा थप्नुहुँदैन, अनि यी सत्ताइस पुस्तकमध्ये एउटै पनि यस कानुनमा बढ़ी भएकै छैन भन्ने कुरा हामी कसरी जान्ने त? किनकि यीबाहेक इसाई पत्र र लेखहरू अरू पनि छन्, जुन पत्र र लेखहरू इसाई युगको शुरुमा लेखिए, अँ, झूटो शिक्षाका पुस्तकहरू पनि लेखिए। तब नयाँ नियमका पुस्तक र पत्रहरू सबै सही र सठीक हुन् भन्ने कुरामा हामी कसरी निर्धक्क रहने? धेरैको भनाइ यस्तो छः तेस्रो शताब्दीको अन्ततिर मण्डलीको महासभाले यी पुस्तकहरूको सूचि पारित गरयो, र त्यस समयदेखि नयाँ नियमको कानुन बन्यो। तर वास्तवमा, यी पुस्तकहरूको लेख्ने बेलादेखि ती कानुनी भइसकेका थिए।

किनभने येशूका विवेकशील र भक्त चेलाहरूले शुरुदेखि नै परमेश्वरको प्रेरणाले लेखिएका पुस्तक - पुस्तिका- हरूलाई चिनिहाले। उदाहरणको निम्ति, प्रेरित पत्रुसले पावलका पत्रहरूलाई मान्यता दिए (२ पत्रुस ३:१५ -१६)। तर यहूदाको पत्र, दोस्रो र तेस्रो यूहन्नाका पत्रको विषयमा केही समयसम्म कुनै न कुनै मण्डलीमा ती लेखहरू कानुनमा हाल्ने कि नहाल्ने सम्बन्धमा वादविवाद चल्यो।

तर जब कुनै पुस्तक मत्ती, पत्रुस, यूहन्ना वा पावलजस्तै प्रेरितहरूद्वारा लेखिएको कुरा सत्य ठहरियो, तब त्यसको विषयमा कुनै शङ्का उठेन; त्यो कानुनी गनियो। अनि यसरी मर्कूस कि लूकाले लेखेका पुस्तकहरू पनि कानुनी ठहरिए; किनभने यी मानिसहरूले प्रेरितहरूसित नजिकको सम्बन्ध राख्थे।

त्यस मण्डलीको महासभाले धेरै वर्षदेखि नै मानिआएको कुरा औपचारिक रूपले पारित गरेको मात्र हो, र त्यस कानुनलाई दृढ़ रूपले स्थापित गरेको हो। त्यस महासभाले पुस्तकहरूको कानुनी सूचिचाहिँ बनायो, तर त्यो सूचि ईश्वरीय प्रेरणाले दिइएको होइन, तर त्यस सूचिमा उल्लेख गरिएका पुस्तकहरू नै परमेश्वरको प्रेरणाले लेखिएका पुस्तकहरू हुन्।

३) नयाँ नियमका लेखकहरू

नयाँ नियमको लेखक पवित्र आत्मा हुनुहुन्छ अर्थात् परमेश्वर आफै हुनुहुन्छ। उहाँले नै मत्तीलाई, मर्कूसलाई, लूका, यूहन्ना र पावललाई, याकूब, पत्रुस, यहूदा र हिब्रूको पुस्तक लेख्ने लेखकलाई लेख्ने प्रेरणा दिनुभयो। (हिब्रूको पुस्तक लेख्ने लेखकको बारेमा तपाईंले कृपया हिब्रूको पत्रको भूमिकामा हेर्नुहोला )। नयाँ नियमका पुस्तकहरू कसरी लेखिए भन्ने प्रश्नको सही र सठीक उत्तर यस प्रकारको छः यी पुस्तकहरू युगल लेखकले लेखिएका हुन्। नयाँ नियमचाहिँ आधा भाग मानवीय र आधा भाग ईश्वरीय होइन, तर सम्पूर्ण रूपले मानवीय र सम्पूर्ण रूपले ईश्वरीय हो। यसको अर्थ यही होः परमेश्वरले लेख्ने लेखक - हरूलाई पत्र वा पुस्तक लेख्दा कुनै गल्ती नहुने गरी लेख्न लगाउनुभयो। फल- स्वरूप यस्तो एउटा शास्त्र बन्यो, जसमा कुनै गल्ती वा त्रुटि छैन—हामी मूल पाण्डुलिपिहरूको कुरा गर्दछौं, तिनको अनुवादको होइन।

ईश्वर र मानिस एक जोड़ा भएर कसरी एक पुस्तक लेख्न सक्छन् भन्ने कुरा बुझाउने एउटा सादृश्यले हामीलाई सहायता दिन्छ होलाः हाम्रा प्रभु येशू ख्रीष्टलाई विचार गर्नुहोस्, जो लेखित वचन नभएर जीवित वचन हुनुहुन्छ। उहाँ स्वभावले आधा भागमा मानिस र आधा भागमा ईश्वर हुनुहुन्न, जस्तो ग्रीकहरूले आफ्ना दन्त्यकथाहरूमा आफ्ना देवी - देवताहरूको विषयमा हामीलाई विश्वास दिलाउन खोज्छन्। तर प्रभु येशू सम्पूर्ण रूपले मानिस र सम्पूर्ण रूपले परमेश्वर हुनुहुन्छ। उहाँको ईश्वरीय स्वभावले उहाँलाई गल्ती गर्नदेखि वा पाप गर्नदेखि रोकिदियो। यसैले उहाँका निम्ति कुनै गल्ती गर्नु असम्भव थियो।

४) नयाँ नियम लेख्ने मितिहरू

पुरानो नियम लेख्न लगभग एक हजार वर्ष लाग्यो ( अर्थात् ईस्वी पूर्व १४०० सालदेखि ४०० सालसम्म) भने, नयाँ नियम लेख्न ५० वर्ष मात्र लाग्यो (इस्वी सम्वत् ५० सालदेखि १०० सालसम्म)।

नयाँ नियमका पुस्तकहरू जुन क्रमअनुसार त्यहाँ राखिए, त्यो क्रम सारा युगका सबै इसाईहरूका निम्ति उपयोगी देखिन्छ। प्रभु येशूको जीवनीबाट शुरु गरेर त्यसपछि नयाँ नियमले मण्डलीको बयान गर्छ। त्यसपछि मण्डलीले मान्नुपर्ने नियम र शिक्षाहरू दिइएका छन्, र अन्तमा मण्डली र संसारको भविष्य दर्साइएको छ; यसो गर्दा ती पुस्तकहरू तिनको लेख्ने मितिअनुसार राखिएनन्। किनकि जब कुनै पुस्तक लेख्ने खाँचो परेको थियो, तब त्यो पुस्तक विशेष लेखियो।

श्री फिलिप्स्‌ले नयाँ नियमका पत्र-पत्रीहरूको सम्बन्धमा भनेझैं 'ती पहिला पत्रपत्रीहरू भर्खर स्थापित गरिएका तरुण मण्डलीहरूका निम्ति लेखिए।' हुन सक्छ, याकूबले लेखेको पत्र, गलाती मण्डलीहरूलाई लेखिएको पत्र र थेस्सलोनिकाको मण्डलीलाई लेखिएका पत्रहरू पहिला लेखिएका पत्रमध्येका हुन्। तिनको लेख्ने मिति पहिलो शताब्दीको बीचतिर हो। सुसमाचारका पुस्तकहरू त्यसपछि लेखिए; पहिलो मत्तीको सुसमाचार, कि त मर्कूसको सुसमाचार लेखिएको हुनुपर्छ, त्यसपछि लूकाको सुसमाचार, अनि अन्तमा यूहन्नाको सुसमाचार लेखियो। सबैभन्दा पछि लेखिएको पुस्तक प्रकाशको पुस्तक हो, जुन पुस्तकचाहिँ पहिलो शताब्दीको अन्ततिर लेखियो।

५) अन्तर्वस्तुहरू

नयाँ नियमका अन्तर्वस्तुहरू के के हुन्, हामी सारांशको रूपमा यसरी राख्छौं:

  • ऐतिहासिक पुस्तकहरू: सुसमाचारका पुस्तकहरू र प्रेरितको पुस्तक
  • पत्रीहरूः प्रेरित पावलका पत्रहरू, सर्वसाधारणका निम्ति लेखिएका पत्रहरू
  • भविष्यवाणीको पुस्तकः प्रकाशको पुस्तक

जुन ख्रीष्ट-विश्वासीले यी पुस्तकहरूको शिक्षा राम्ररी बुझेको छ, त्यो ख्रीष्ट - विश्वासी 'हरेक असल कामका निम्ति पूर्ण रूपले सुसज्जित' भएको छ। हाम्रो प्रार्थना पनि यो छ, कि विश्वासी- हरूका निम्ति लेखिएको पवित्र बाइबलको टिप्पणी नामक किताबले धेरै विश्वासी - हरूलाई यस प्रकारका आत्मिक व्यक्ति बन्नमा ठूलो योगदान गरेको होस्!

६) भाषा-शैली

नयाँ नियमको भाषा ‘कोइने ग्रीक' हो, जुनचाहिँ त्यस जमानामा सर्वसाधारणले बोल्ने भाषा थियो। पहिलो शताब्दीमा ग्रीक भाषा विश्वव्यापी चल्ती भाषा थियो, जसरी हालैमा अङ्ग्रेजी भाषा चारैतिर बुझिन्छ र बोलिन्छ।

पुरानो नियम लेख्न चलाइएको हिब्रू भाषाचाहिँ त्यसको न्यानोपन अनि रङ-रसले पूर्ण शैलीले गर्दा पुरानो नियमका भविष्यवाणी, कविता र वृत्तान्तहरूका निम्ति अति उपयोगी भाषा थियो। ठीक त्यसरी नै परमेश्वरको प्रबन्धअनुसार नयाँ नियम लेख्ने भाषा तयार भयो, जुन भाषा नयाँ नियमको सन्देश स्पष्ट पार्ने अद्भुत माध्यम बन्यो। महान् अलेक्सन्डरले आफ्ना युद्धहरूद्वारा ग्रीक भाषा संसारका कुनाकाप्चासम्म फैलाए; किनकि तिनका सिपाहीहरूले यो भाषा सरल बनाए र अरू जातिका मानिसहरूका निम्ति लोक- प्रिय तुल्याए। ग्रीक भाषाका क्रियापदहरूले जुनसुकै काल बताउन सक्छन् भने, ग्रीक भाषाका कारकहरू र प्रशस्त शब्द- हरूको सङ्ग्रह आदि विशेषताहरूले गर्दा ग्रीक भाषा रोमीको पुस्तकमा र अन्य पत्रहरूमा सिकाउन र बताउन चाहिएका सिद्धान्तका मुख्य बुँदाहरू स्पष्ट पार्नलाई हर तरहले उपयोगी ठहरियो।

यहाँ हामीलाई भन्न करै लाग्छः कोइने ग्रीक साहित्य भाषा नभए पनि अशिष्ट 'सड़क भाषा' र कमजोर भाषा थिएन। हिब्रूको पुस्तक, याकूबको पुस्तक र पत्रसको दोस्रो पत्रको भाषाचाहिँ साहित्य थियो, अनि ठाउँ-ठाउँमा लूकाको भाषाको शैली श्रेण्य छ, र प्रेरित पावलले प्रयोग गरिएको भाषामा समय-समयमा ठूलो शोभा पाइन्छ (उदाहरणका निम्ति १ कोरिन्थी १३ र १५ अध्याय)।

७) अनुवाद

अङ्ग्रेजी भाषामा थुप्रै थुप्रै बाइबल अनुवादहरू पाइन्छन्; यो आशिषको कुरा हो। ती बाइबल अनुवादहरू चार किसिमले छुट्ट्याउन सकिन्छ, जस्तैः

  • बढ़ी शाब्दिक, अक्षरशः अनुवादः

१८७१ सालमा श्री जी. एन. डार्बीले अनुवाद गरेको 'नयाँ अनुवाद' नामक बाइबल अनुवाद र १८८१ सालमा प्रकाशित इलिश रिवाइस्ड व्यार्शन्, साथै १९०१ सालमा पहिलो पल्ट छापिएको अमेरिकन् स्ट्यान्डर्ट व्यार्शन् ज्यादै शाब्दिक अनुवादहरू हुन्। यी बाइबलहरू लिएर बाइबल अध्ययन गर्न लाभदायक होला, तर मण्डलीको सभामा पढ़ेर सुनाउनलाई र पदहरू कण्ठस्थ गर्नलाई त्यत्ति उपयोगी नहोला। तर यिनको तुलानामा १६११ सालमा प्रकाशित भएको के.जे.वी.मा महानता र सुन्दरता छ; यसैकारण भीड़ैभीड़ इसाईहरूले पढ्न छोड़ेका के.जे.वी.- बाइबल छैनन्।

  • विश्वासयोग्य समकारिक अनुवादः

के. जी.वी., आर.एस.वी., एन.अ.- एस. बी. र एन. के. जे. वी. जस्तै यस किसिमले अनुवाद गरिएका बाइबलहरू अङ्ग्रेजी भाषासित जहाँ मिल्न सम्भव थियो, त्यहाँ हिब्रू र ग्रीक मूल पाण्डुलिपिहरूमा अडेस लाएर बनाइएका शाब्दिक अनुवादहरू हुन्; तर जहाँ-जहाँ असल प्रकारको शैली र मुहावराले गर्दा भाषालाई कर लाग्यो, त्यहाँ-त्यहाँ अनुवादकहरूले स्वतन्त्रता लिए। नयाँ नियममा प्रायः भरपर्दो अनुवाद आर.एस.वी. हो, तर अभाग्यवशः त्यसको पुरानो नियमको अनुवाद यस्तो एउटा कमसल पाण्डुलिपिबाट गरिएको छ, जसका प्रभु येशूसित सम्बन्धित धेरै भविष्यवाणीहरू त्रुटिपूर्ण छन्। यही खतर्नाक झुकाव हामी अचेल यी विद्वान्हरूमा पनि देख्दछौं, जसले अघि कुनै समयमा खाँटी शिक्षा दिन्थे, तर अब यसो गर्दैनन्। विश्वासीहरूका निम्ति लेखिएको पवित्र बाइबलको टिप्पणी नामक किताब एन. के. जे. वी. सित मिल्न तयार गरिएको हो; किनकि एन.के.- जे. वी.ले चाहिँ के. जे.वी.मा पाइने सुन्दर अनुवाद, तर पुरानो अप्रचलित भाषा अनि हिजोआज प्रयोग गरिएको अङ्ग्रेजी भाषाको बीच व्यवहार गर्दछ। किनभने त्यसको अनुवादमा 'thee' र 'thou’ आदि शब्द प्रयोग गरिएका छैनन्। अनि धेरचासो आधुनिक बाइबल - अनुवादहरूबाट जति पद र शब्दहरू हटाइएका छन्, ती सबै पद र शब्दहरू एन. के. - जे.वी.ले राखेको छ। (यस टिप्पणीभित्र पाण्डुलिपिको सम्बन्धमा दिइएका टीका- टिपण तपाईंले याद गर्नुहोला)।

  • गतिशील समकारिक अनुवादः

अघि बताइएका विश्वासयोग्य बाइबल-अनुवादहरूबाट बेग्लै भएर गतिशील समकारिक अनुवादले अनुवाद गर्दा अझ बढ़ी स्वतन्त्र लिएको छ, र कहिलेकाहीं भावात्मक हुन पुगेको छ। भाव - अनुवाद पनि मूल्यवान् अनुवाद गर्ने तरिका हो, यदि पाठकले यो कुरा याद गरेको छ भने। मोफ्फतको अनुवाद, एन.ई.बी., एन.आई.वी. र यरूशलेम- बाइबल आदि यस प्रकारका अनुवादहरू हुन्। यस्ता अनुवादकहरूको कोशिश के थियो भने, तिनीहरूले यस किसिमका शब्द र शैली प्रयोग गर्न खोजे, जुन शब्द र शैली प्रेरित यूहन्ना र पावलले आज अङ्ग्रेजीमा आफ्ना लेखहरू लेख्दा चलाउनेथिए। यसो गर्दा तिनीहरूले शब्दहरू होइन, तर यस खण्डले के भन्न चाहेको हो, सो कुरा बुझ्न प्रयास गरेर अनुवाद गरे, अनि बाइबलमा लेखिएको कुरा लिएर त्यसलाई एउटा नयाँ आधुनिक भाषाको रूप दिए। यही तरिका तबसम्म मात्र उचित र लाभदायक देखिन्छ, जबसम्म पाण्डुलिपिको अर्थ राम्ररी रक्षा गरिन्छ।

भाव अनुवादः

पाण्डुलिपिमा पाइने इरादा - इरादा लिएर त्यसलाई भावात्मक रूप दिने कोशिश 'भाव-अनुवाद' भनिन्छ। यसो गर्दा अनुवादकहरूले बढ्ता स्वतन्त्रता लिएका छन् र कति कुरा थपेका छन्। तिनीहरूले पाण्डुलिपिको भाषा र शैली टाढाबाट छोड़ेका हुनाले यस प्रकारको अनुवादको खतरा यही हो : बढ़ी अर्थ लगाउने काम गरिन्छ। इवान्जेलिकल् लिविङ बाइबलमा चाहिँ यस प्रकारको शङ्कापूर्ण अर्थ लगाउने काम गरिएको छ, जसले केवल नचाहिँदा वादविवादहरू पैदा गर्दछ।

श्री जे.बी. फिलिप्स्ले गरिएको भाव-अनुवाद साहित्यको दृष्टिकोणले धेरै राम्रो भएको छ। तर उनले पनि आफ्नै शब्दहरूमा त्यही भन्न कोशिश गर्दछन्, जुन प्रेरित कुरा, उनको विचारमा, पत्रुस र पावलले भन्न खोजेका थिए।

बाइबल अध्ययन गर्दा दुई-तीन किसिमले अनुवाद गरिएका बाइबलहरू आफ्नो साथमा राख्न सकिन्छ; किनकि यसरी नै एउटा अनुवाद अर्को अनुवाद- सित तुलाना गर्न मिल्छ। तर विस्तृत र गहन बाइबल अध्ययन गर्नको लागि विश्वासयोग्य प्रकारले अनुवाद गरिएको बाइबल चाहिन्छ। हामीले यस्तो विश्वासयोग्यतासाथ अनुवाद गरिएको बाइबल यस टिप्पणीमा चलाएका छौं; किनकि यसमा बढ़ी सुरक्षा छ।

डाउनलोड गर्न मिल्‍ने pdf सामग्रीहरू

डाउनलोड गरेर राख्‍न कुनै सामग्री चयन गर्नुहोस्, वा हेर्नको लागि नयाँ ट्याबमा चयन गर्नुहोस्।

यस पृष्‍ठलाई सेयर गर्नुहोस्‌

तपाईंको प्रोत्साहन हाम्रो लागि बहुमूल्य छ

तपाईंको कथाहरूले वेबसाइटहरूलाई यो सम्भव बनाउन मदत गर्दछ।