कनान देश स्वर्गको आत्मिक चित्रण हो भने कुरा बाइबलमा कहीं भनिएको छैन। तर कति कुरामा आत्मिक अर्थ लगाउन सकिन्छ। जसरी सिनाई पर्वत र सियोन पर्वत (हिब्रू १२:१८, र १२:२२)।
तर कनान देशमा लड़ाइँ छ, अनि त्यहाँ पाप र मृत्यु पनि छ। त्यो देश कब्जा गर्नुपर्छ र फेरि हराउन सकिन्छ। यसकारण स्वर्गसँग यसको चित्रण मिल्दैन, तर हामी नयाँ नियमका विश्वासीहरूलाई ख्रीष्ट येशूमा प्रतिज्ञा गरेका आशिष्हरूसँग बरु मिल्ला। तर कुनै आत्मिक अर्थ हददेखि बहिर लाग्नुहुँदैन। चित्रणमा देखिन सक्ने कुरा सीमित छ। वास्तविकताचाहिँ चित्रणमा हुने होइन, तर हामीलाई यसको झलक मात्रै देला। वास्तविकता ख्रीष्टमा खोज्नुपर्छ, पुरानो नियममा होइन।
उत्पति १५ अध्यायअनुसार अब्राहम ४०० वर्षभन्दा अघि कनान देशमा जिउथे। अनि इस्राएलीहरू ४०० वर्ष मिश्र देशमा कमारा हुन बाँकी थियो। ४०० वर्ष बितेपछि तिनीहरू मोशाको पालोमा निस्के, र यहोशूको नेतृत्वमा तिनीहरू कनान देशमा पुगे। प्रेरित ७:६ र उत्पत्ति १५:१३ पढ़्नुहोला।
बाइबलमा दूध र मह बग्ने कनान देशलाई स्वर्गको आत्मिक चित्रण भनेर व्याख्या गरिएको छैन। यो देश परमेश्वरले आफ्नो प्रजालाई दिनुभएको आशिष् र वाचा पूरा भएको स्थानको प्रतीक हो, जहाँ विश्राम, प्रचुरता र कृपा पाइन्छ। तर यो देश अस्थायी थियो, जसमा युद्ध, पाप र अन्ततः निर्वासनजस्ता समस्याहरू थिए, जसले यसलाई स्वर्गको पूर्णतासँग तुलना गर्न मिल्दैन। कनानले परमेश्वरको विश्वासयोग्यतामा आधारित आशिष्को झल्को दिन्छ, तर स्वर्ग पाप, सङ्घर्ष र क्षयरहित परमेश्वरको अनन्त वाचा पूरा भएको स्थान हो।