अध्याय एक्काइस : रोमी सम्राटका चालीसजना शुरवीर लड़ाकूहरू
प्रभु येशूको पुनरुत्थानको केही समयपछि कुख्यात सम्राट नेरोको पालोमा यो घटना घटेको थियो। त्यस जमानामा नेरोको सर्वश्रेष्ठ आदर्शी सिपाहीहरूको कम्पनी थियो। त्यसमा अति पराक्रमी लड़ाकूहरूको मात्र भर्ती हुन्थ्यो। 'सम्राटका शूरवीरहरू' तिनीहरूको नाम थियो। ती लड़ाकूहरूको शारीरिक बलको कुरा गर्नु हो भने, तिनीहरू मानव जातिका सर्वेसर्वा नमुना थिए। तिनीहरू सुन्दर, मांसपेशीयुक्त, हृष्टपुष्ट र बान्की परेका उत्तम पुरुष थिए, अँ, तिनीहरू रोमी पौरुषको सर्वश्रेष्ठता थिए।
जब तिनीहरूले सैनिक टोलीको प्रस्थानको रूपमा रोमको कलोसेयम नामक विशाल रङ्गशालामा प्रवेश गर्थे, तब तिनीहरूको उद्घोषी नारा यस प्रकारको हुन्थ्योः 'सम्राटका खेलाड़ी हौं हामी! हे महाराज, हजुरका निम्ति हामी कुस्ती खेल्न आएका छौं; मर्नुपरे पनि जीवित रहे पनि हामी हजुरका हौं। हजुरको महिमा भइरहोस्!' त्यसपछि तिनीहरूले सम्राट नेरोको सामु आफ्नो कुस्तीको खेल देखाउँथे।
तर यस्तो समय आयो, जब तिनीहरूलाई इटालीको उत्तरी दिशामा जर्मन-जातिहरूसित लड़ाइँ गर्न पठाइयो। त्यही समयमा सम्राटको एउटा उर्दी पनि निक्लियो, जुन उर्दीअनुसार रोमी साम्राज्यको चारैतिर इसाई मतलाई दमन गर्नुपर्थ्यो। नेरोको यस आदेशअनुसार तिनको सेनाबाट जुनै पनि ख्रीष्ट्यान हटाउने भयो। तिनको शब्दमा ‘हटाउनु' भनेको तिनीहरूको सत्यानाश गर्नु भनेको हो।
यसकारण हिउँदको कठ्याङ्ग्रिने जाड़ोमा सेनापति भेस्पासियान्ले ती शूरवीर लड़ाकूहरूलाई समेत आफ्नो सम्पूर्ण सेनालाई लाइनमा खड़ा गराए। तिनले ठूलो सोरले कराउँदै आफ्ना सिपाहीहरूलाई यसो भनेः 'तिमीहरूमध्ये कोही-कोही इसाई भएको कुरा मेरो कानमा सुन्न आएको हो। तर म त्यो कुरा पत्याउँदिनँ। तिमीहरूमध्ये को होला, जसले यस प्रकारको अन्धाविश्वास पक्रला? तिमीहरू यति लाटा छैनौ नि; तर कसले जान्दछ? यसकारण यो मेरो हुकुम हो : तिमीहरूमध्ये क्रिस्तान भएको जति एक कदम बढ़ाओ!' अचम्म, तिनका शूरवीर लड़ाकूहरूमध्ये चालीसजना एक कदम बढ़ाए, जुन कदम बढ़ाएकोमा तिनीहरूको मृत्युदण्ड हुने खतरा बाजीमा हालिएको थियो।
सेनापतिले आफ्नो बाँकी सेनालाई बिदा गरे, त्यसपछि दिनभरि तिनले ती चालीसजनालाई तिनीहरूको विश्वास छोडून लाउने प्रयास गरे। तिनले तिनीहरूलाई यस प्रकारको सल्लाह दिए: 'तिमीहरू आ-आफ्नो परिवारको हालत विचार गर! तिमीहरूका सङ्गी-सिपाहीहरूको चिन्ता गर! तिमीहरूको हानि कति ठूलो छ, सो सम्झ! तिमीहरूले इसाई धर्म छोड़ेनौ भने तिनीहरूको अन्त के हुने हो, सो याद गर!' तर ती चालीस ख्रीष्ट-विश्वासीहरूलाई न उनको आह्वानले न उनको धम्कीले केही असर गर्न सक्यो।
आफ्ना सबै कोशिशहरू बेकम्मा र व्यर्थ भएका देखेर सेनापति भेस्पासियानले आफ्नो सारा सेनालाई बोलाए र तिनीहरूमध्ये इसाई भएकाहरूलाई यसो भन्दै तिनीहरूको विश्वास इन्कार गर्ने अन्तिम मौका दिएः 'क्रिस्तान भएका जति सबै, एक कदम बढ़ाओ!' तब तत्कालै यी चालीस शूरवीर लड़ाकूहरूले कदम बढ़ाए। जल्लादहरूको टोलीलाई हुकुम गरेर तिनले उनीहरूलाई त्यहीं ठहरै पार्न सक्नेथिए, तर ती सेनापतिको अर्को योजना थियो।
रात परेपछि तिनका फौजीहरूले ती चालीसजनालाई चिसोले गर्दा पानी जामिएको तालमा लगे, उनीहरूको लुगा खोलखाल गरेर उनीहरूलाई नाङ्गो पारे र उनीहरू असाध्य जाड़ोले कक्रिएर मरून् भन्ने हेतुले त्यहाँ नाङ्गै राखिछोड़े। सेनापति भेस्पासियान्ले ती नाङ्गा पारिएका लड़ाकूहरूलाई यसो भन्ने चेताउनी दिए: 'तिमीहरू होशमा आयौ भने ठिक्कै छ; तिमीहरू आफ्नो इसाई विश्वास इन्कार गर्न राजी हौ भने, यहाँ किनारमा फर्केर आओ! याद रहोस्: यस तालको वरिपरि बलिरहेका आगोहरू, न्यानो-न्यानो लुगाहरू र खानेकुरा तयार छन्।'
रातभरि अरू सिपाहीहरू त्यस तालको वरिपरि पाले भएर खटाइएका थिए। तिनीहरूले अन्धकारमा चियाउँदै के भइरहेको थियो, सो हेर्न खोजे। तिनीहरूले केही देख्न त देखेनन्, तर बेला-बेलामा तिनीहरूले यो नारा सुन्न सकेः 'ख्रीष्ट येशूका चालीस खेलाड़ी हौं हामी! हे राजाहरूका महाराजा, हजुरका निम्ति हामी कुस्ती खेल्दैछौं; मर्नुपरे पनि, जीवित रहे पनि हामी हजुरका हौं। हजुरको महिमा भइरहोस्!'
बिहान झिसमिसे उज्यालो हुने बेलामा तिनीहरूले बिचरा एकजनालाई बड़ा कष्टसँग बरफमाथि घनँदै बलिरहेका आगोहरूतिर आइरहेको देखे। ती सिपाहीहरू तुरुन्तै उसलाई भेट्न गए र उसलाई कम्बलले लपेटेर न्यानो आगोको छेउमा राखिदिए। त्यस मानिसले यसरी नै आफ्नो विश्वास इन्कार गरेको थियो। तर त्यस समय यस जमाइएको पानीको तालको बीचबाट यो नारा सुनिँदैथियोः 'ख्रीष्ट येशूका उनन्चालीस खेलाड़ी हौं हामी! हे राजाहरूका महाराजा, हजुरका निम्ति हामी कुस्ती खेल्दैछौं; मर्नुपरे पनि, जीवित रहे पनि हामी हजुरका हौं। हजुरको महिमा भइरहोस्!'
अनि सेनापति भेस्पासियान् ठीक यही समयमा त्यहाँ आइपुगे, अनि तिनले विश्वास इन्कार गर्ने व्यक्ति आगोतिर आइरहेको, तर उनन्चालीस विजेताहरूलाई विश्वासमा स्थिर रहेको दृश्य आफ्नै आँखाले देखे। तिनको मनको अठोटमा हेरफेर हुनेथियो। तिनले आफ्ना हातहतियारहरू फुकाले; तिनी नाङ्गो अवस्थामा ती उनन्चालीसजनाकहाँ उनीहरूसित मर्न निस्के, जो आफ्ना प्रभुलाई इन्कार गर्नुभन्दा बरु मर्न तयार भए।
अध्याय बाइस : प्रतिज्ञासहितको पहिलो आज्ञा कुनचाहिँ हो?
श्री रूबेन टोर्रीचाहिँ सुसमाचार प्रचारक र बाइबल शिक्षक थिए। उनले जर्जियाकी एक विधवाको कहानी सुनाउने गर्थे, जुन विधवाको एकमात्र छोरा थिए। ती आमा-छोरा बी.पी.एल. अर्थात् गरिब थिए। आमाले चाहिँ अरू मानिसहरूका लुगा धोएर गुजरा चलाउने गर्थिन्। तर तिनले कहिल्यै आफ्नो भाग्यको बारेमा गनगन गर्दिनथिइन्; तिनले यो प्रभुबाटको हो भनेर स्वीकार गर्थिन्।
तिनका छोरा धेरै ज्ञानी थिए। तिनीहरूको नगरमा हाइस्कूलका दस कक्षा पढ्ने विद्यार्थीहरूमध्ये उनी प्रथम थिए। ती विधवाका निम्ति प्रभु येशूमा पाइने आनन्दबाहेक यी छोराचाहिँ तिनको आनन्दको कारण थिए। छोराचाहिँ पढाइमा प्रथम भएको हुनाले स्कूलले पढाइमा पारखी हासिल गर्ने सबै विद्यार्थीहरूलाई बधाई दिन आयोजना गरिएको अभिनन्दन- समारोहमा उनलाई बिदाइको भाषण गर्न छान्यो। त्यस उपलक्ष्यमा उनले एक विषयमा सर्वश्रेष्ठता हासिल गरेकोमा उनलाई स्वर्ण पदक पनि दिइनेथियो।
अब उपाधि ग्रहण गर्ने त्यो दिन आयो; अनि जब उनले आफ्नी आमालाई तिनले त्यस समोराहमा उपस्थित हुने कुनै तयारी नगरेकी देखे, तब उनले आफ्नी आमालाई भनेः 'आमा, आज अभिनन्दन-समारोहको दिन हो। आजको दिन म स्नातक हुन्छु। तब तपाईं किन तयार हुनुहुन्न?'
उनकी आमा उदासी भएर उत्तरमा उनलाई भनिन्ः 'अहह, आज म नजानुपस्यो। मेरो यस प्रकारको उपलक्ष्यमा लाउन सक्ने कुनै किसिमको वस्त्र नै छैन। आज शहरका सबै मुख्य मानिस- हरू त्यहाँ भेला हुन्छन्; तिनीहरूको उच्च ठाँटबाँट र रवाफ कस्तो-कस्तो हुन्छ, विचार गर! तिमीलाई आफ्नी बूढ़ी आमाको सरम लाग्ला, त्यस रङ उड़िसकेको सुतीको लुगामा।'
उनका आँखाहरूमा आफ्नी आमाप्रतिको श्रद्धा विकीर्ण भएर आयो। अनि उनले भनेः 'आमा, त्यसो नभन्नुहोस्! म तपाईंको विषयमा कहिल्यै लजाउनेछैनँ, पटक्कै लजाउनेछैन किनकि यस जिन्दगीको एक - एक कुराका निम्ति म तपाईंप्रति ऋणी छु। तपाईं जानुभएन भने म पनि जानेछैनँ।' उनले आमालाई मनाइछाडे। त्यसपछि उनले आमालाई जतिसक्दो चिटिक्क पार्न मद्दत गरे।
अङ्गालो हालेर तिनीहरू हिँडेरै स्कूलतर्फ लागे। स्कूलको समोराह-भवनमा पुगेपछि उनले आफ्नी आमालाई अगाड़िको एउटा असल आसनमा पुरयाईकन त्यहाँ बस्न लगाए। यसरी नै भर्खर इस्त्री गरिएको सुती लुगा लगाइएकी उनकी आमा शहरका प्रमुख मानिसहरूको बीचमा बस्न पुगेकी रहेछिन्!
अब उनको पालो आयो। उनले एउटा गल्ती नगरीकन बिदाइको भाषण पेस गरे। उपस्थित मानिसहरूले ताली बजाए। त्यसपछि स्कूलको अध्यापकले उनलाई स्वर्ण पदकद्वारा सम्मान गरे। मानिसहरूले फेरि ताली बजाए। तर त्यो पदक प्राप्त गर्नसाथ उनी त्यस मञ्चबाट ओर्लेर आफ्नी आमा भएको ठाउँमा गए। उनले त्यो स्वर्ण पदक आमाको कपड़ामा उनेर भनेः 'आमा, यो पदक तपाईंकै हो। यसको श्रेय तपाईंले पाउनुपर्छ; तपाईं यसको योग्य हुनुहुन्छ।' अबचाहिँ थपड़ी मारेको आवाज मेघको गड़गड़ाहटको जतिकै थियो। तत्कालै उपस्थित मानिस- हरू सबै आफ्ना खुट्टामा खड़ा भए, र हेर, धेरैजनाका गाला- हरूबाट आँसुहरू बगिरहेका रहेछन्!
'बुवाआमालाई आदर गर!' एफेसी ६:२ पदमा हामीलाई यो आज्ञा दिइएको छ, अनि परमेश्वरको यो आज्ञा कसरी पालन गर्नुपर्छ, सो कुराको जीवित नमुना ती छोरा भए। जब-जब डा. टोर्रीले यो कथा सुनाउने गर्थे, तब-तब उनले आफ्नो व्यवहारिक टिप्पणी थपेर यसो भन्ने गर्थेः 'प्रभु येशूको नाम लिनदेखि हामी कहिल्यै नलजाऔं, किनभने हामीसँग जे छ, त्यो सबै उहाँले हामीलाई दिनुभएको हो। यसकारण आउनुहोस्, हामी उहाँका निम्ति उठौं र उहाँलाई स्वीकार गरौं! ओनेसिफोरस प्रेरित पावलसँग लजाएनन् (२ तिमोथी १:१६)। प्रेरित पावल ख्रीष्टको सुसमाचारसँग लजाएनन् (रोमी १:१६)। अनि उनले आफूले विश्वास गर्नुभएको प्रभुसित लाज मानेनन् (२ तिमोथी १:१६)। हामी प्रभु येशूसँग कहिल्यै जलाउनुहुँदैन।'
अध्याय तेइस : प्रेम गर्नुहुने परमेश्वरको खोजीमा भएका तिब्बती लामाहरू 21)
इसाई मिसनको इतिहासमा सुश्री ग्लेडिस एल्वर्डलाई सधैंका निम्ति 'पुडूकी नारी' को नामले चिनिन्छ। तर तिनको शरीरको कदमा जेजति कमी थियो, तिनले आत्मिक क्षेत्रमा पूर्ती गरिन्। ती साहसी स्त्रीमा प्रभु येशूमाथिको सरल विश्वास थियो। प्रभुको सेवामा तिनी खुबै दृढ़, खूबै निडर, खुबै धैर्यवान् र सहनशील हुन्थिन्। फलस्वरूप तिनले प्रार्थनाका अचम्म उत्तरहरू पाउँथिन्, तिनका निम्ति प्रतिकूल परिस्थितिहरू अनुकूल परिस्थितिहरूमा परिणत भए र तिनले चीनमा ख्रीष्टको सुसमाचार प्रचार गर्ने धेरैभन्दा धेरै मौकाहरू पाउने गर्थिन्।
एक पल्ट यस्तो भयोः बहिनी ग्लेडिसचाहिँ जापानी आक्रमणकारीहरूबाट उम्केर आएका शरणार्थी विद्यार्थीहरूसित एउटा घरमा बसिरहेकी थिइन्। यी इसाई युवायुवतीहरूले चीनको उत्तर-पश्चिमका मानिसहरूका निम्ति तिनीहरूले प्रभु येशूको सुसमाचार सुन्न पाऊन् भनेर प्रार्थना गरिरहेका थिए। तर विभिन्न कारणवश त्यस जग्गामा जान तिनीहरूले त्यहाँबाट निस्कन सकेनन्। तब बहिनी ग्लेडिस यही निष्कर्षमा पुगिन् कि प्रभु येशूले तिनीहरूलाई होइन, तर तिनैलाई त्यस ठाउँमा पठाउन चाहनुभएको हो रहेछ। यसकारण तिनी उत्तर-पश्चिम चीनमा जान निस्किहालिन्। यस यात्राभरि तिनलाई एउटा गाउँबाट अर्को गाउँमा पुग्न गाइडहरूको खाँचो परेको थियो। यसरी नै तिनी छिन्छुई भन्ने ठाउँमा आइपुगिन्। त्यस ठाउँका मानिसहरूले तिनलाई निराश पारेर यसो भन्दै अगाडि बढ्न रोकिरहेः 'अन्तिम ठाउँ यही हो; यहाँबाट अघि बढ्न सकिँदैन।' तर बहिनी ग्लेडिसले तिनीहरूलाई उत्तरमा भनिन्ः 'संसारको अन्त यहाँ कहाँ हो र? म अघि बढ्नुपर्छ। यहाँसम्म मात्र आउन मेरो उद्देश्य नै होइन। म पुग्नुपर्ने ठाउँमा जसरी भए पनि पुग्नैपर्छ।'
त्यस शहरमा एकजना चिनियाँ मानिस, एक इसाई डाक्टर रहेछन्, जसको नाम श्री ह्वाङ्ग थियो। जब उनले तिनको दृढ़ता देखे, तब उनले तिनलाई पाँच दिनसम्म साथ दिने प्रतिज्ञा गरे। उनले साथ दिएका पाँच दिन त होइन, तर दस दिन भए; किनकि उनीहरूले बाटोमा भेटेको हरेक मानिसलाई प्रभु येशूको विषयमा सुनाए। उनीहरूले भेटेका मानिसहरूमध्ये अघि कसैले पनि प्रभु येशूको नाम सुनेका थिएनन्। एघारौं दिनमा उनीहरूले यस्तो एक उजाड़ इलाकामा हिँडेर यात्रा गर्दैथिए, जहाँ मानिसहरू बसेको कुनै लक्षण पनि देखिँदैनथियो। त्यहाँ उनीहरूका निम्ति न सुत्ने ठाउँ मिल्यो, न खानेकुरा भयो। तब के गर्ने? उनीहरूले प्रार्थना गर्नुपर्ने घड़ी यो हुँदो रहेछ। शुरुको प्रार्थना ग्लेडिसले गरिन्, जुन प्रार्थनामा तिनले यसो भनिन्ः 'हे प्रभु परमेश्वर, हामीमाथि दया गर्नुहोस्! तपाईंले हाम्रो समस्या देख्नुभएको छ। हाम्रा निम्ति रातको भोजन र सुत्ने ठाउँको प्रबन्ध गरिदिनुहोस्!' पछिबाट तिनले आफ्नो प्रार्थनामा आफूमाथि केन्द्रित भएर प्रार्थना गरेकीमा खेद मानिन्।
त्यसपछि डाक्टर ह्वाङ्गले यसो प्रार्थना गरेः 'हे प्रभु, तपाईंको विषयमा सुन्न चाहने मानिसलाई हामीकहाँ यस हेतुले पठाइदिनुहोस्, कि हामीले उसलाई तपाईंको मुक्तिको सुसमाचार सुनाउन सकौं; किनभने आजको दिन हामीले यस घड़िसम्म कसैलाई आफ्नो गवाही दिने मौका पाएका छैनौं। तर तपाईंले हामीलाई यहाँ पठाउनुभएकोमा तपाईंको विशेष उद्देश्य हुनुपर्छ। यसकारण तपाईंले हामीद्वारा आशिष दिन चाहनुभएको व्यक्ति कहाँ छ, सो हामीलाई देखाइदिनुहोस्!' उनको एकमात्र चिन्ता प्रभुको काम पो भएछ।
तब एउटा कोरस -गीत गाउन ग्लेडिसको इच्छा र अगुवाइ भयो। दुवै मिलेर प्रभुको स्तुतिगान गाए, जुन गानका शब्द र धुन त्यस स्वच्छ आदिम पहाड़हुँदो गुञ्जायमान् भयो। अनि केही क्षणभित्र डाक्टर ह्वाङ्गले टाढामा एकजना मानिसलाई देखे। उनी जुरुक्क उठे र हतार-हतार गरेर त्यस मानिसलाई भेट्न गए। त्यसपछि उनले ठूलो सोरले चिच्च्याएर बहिनी ग्लेडिसलाई उनीकहाँ आउन बोलाए। तर तिनले चाहिँ त्यस अप्ठ्यारो गोरेटोमा त्यो भिरालो पहाड़ चढ़न चाहँदिनथिइन्। तिनी आफ्ना सामानहरू त्यत्तिकै कसैको देखरेखविना कसरी तल छोड़ेर जाने? यसकारण डाक्टर ह्वाङ्ग तिनीकहाँ फर्केर आए, र अन्तमा उनले तिनलाई माथि त्यस मानिसकहाँ जान मनाए। तिनले आफ्नो सामानहरूको किन फिक्री गर्ने? यहाँ, यस निर्जन जग्गामा कसले पो ती सामानहरूको चोरी गर्नेथियो र?
उनीहरू सँगै त्यस मानिसकहाँ पुगे, जो एक तिब्बती लामा रहेछ। ती लामाहरूले स्त्री जातिसँग कुनै सरोकार राख्दैनथिए। रातको भोजन र सुत्ने ठाउँको प्रबन्ध गरिदिनुहोस्!' पछिबाट तिनले आफ्नो प्रार्थनामा आफूमाथि केन्द्रित भएर प्रार्थना गरेकीमा खेद मानिन्।
त्यसपछि डाक्टर ह्वाङ्गले यसो प्रार्थना गरेः 'हे प्रभु, तपाईंको विषयमा सुन्न चाहने मानिसलाई हामीकहाँ यस हेतुले पठाइदिनुहोस्, कि हामीले उसलाई तपाईंको मुक्तिको सुसमाचार सुनाउन सकौं; किनभने आजको दिन हामीले यस घड़िसम्म कसैलाई आफ्नो गवाही दिने मौका पाएका छैनौं। तर तपाईंले हामीलाई यहाँ पठाउनुभएकोमा तपाईंको विशेष उद्देश्य हुनुपर्छ। यसकारण तपाईंले हामीद्वारा आशिष दिन चाहनुभएको व्यक्ति कहाँ छ, सो हामीलाई देखाइदिनुहोस्!' उनको एकमात्र चिन्ता प्रभुको काम पो भएछ।
तब एउटा कोरस-गीत गाउन ग्लेडिसको इच्छा र अगुवाइ भयो। दुवै मिलेर प्रभुको स्तुतिगान गाए, जुन गानका शब्द र धुन त्यस स्वच्छ आदिम पहाड़हुँदो गुञ्जायमान् भयो। अनि केही क्षणभित्र डाक्टर ह्वाङ्गले टाढामा एकजना मानिसलाई देखे। उनी जुरुक्क उठे र हतार-हतार गरेर त्यस मानिसलाई भेट्न गए। त्यसपछि उनले ठूलो सोरले चिच्च्याएर बहिनी ग्लेडिसलाई उनीकहाँ आउन बोलाए। तर तिनले चाहिँ त्यस अप्ठ्यारो गोरेटोमा त्यो भिरालो पहाड़ चढ़न चाहँदिनथिइन्। तिनी आफ्ना सामानहरू त्यत्तिकै कसैको देखरेखविना कसरी तल छोड़ेर जाने? यसकारण डाक्टर ह्वाङ्ग तिनीकहाँ फर्केर आए, र अन्तमा उनले तिनलाई माथि त्यस मानिसकहाँ जान मनाए। तिनले आफ्नो सामानहरूको किन फिक्री गर्ने? यहाँ, यस निर्जन जग्गामा कसले पो ती सामानहरूको चोरी गर्नेथियो र?
उनीहरू सँगै त्यस मानिसकहाँ पुगे, जो एक तिब्बती लामा रहेछ। ती लामाहरूले स्त्री जातिसँग कुनै सरोकार राख्दैनथिए। यसो भए पनि त्यस लामाले डाक्टर ह्वाङ्ग र बहिनी ग्लेडिसलाई गुम्बामा आएर रात बिताउने निम्तो दियो। ग्लेडिस गुम्बामा जान हिचकिचाएकी थिइन्। यो देखेर त्यस लामाले तिनलाई भन्योः 'तपाईंहरूले हामीलाई प्रेम गर्नुहुने परमेश्वरको विषयमा सुनाउनु- हुनेछ भनेर तपाईंहरूका निम्ति हामी धेरै समयदेखि पर्खेर बसेका छौं।' अरे, प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ भन्ने कुरा तिनीहरूलाई कसरी, कहाँबाट थाहा भएको? ग्लेडिस यस कुरामा छक्क परिन्। पक्का पनि यस्तो दुर्गम क्षेत्रमा बस्ने एकान्तवासीहरूको कुनै मिसनरीसँगको सम्पर्क हुँदैन नै, तब संसारको कुनचाहिँ मानिसले तिनीहरूलाई यो खबर ल्याएको?
गुम्बामा पुगेपछि त्यहाँका लामाहरूले डाक्टर हवाङ्ग र ग्लेडिसका निम्ति आराम गर्नलाई डस्ना, हातमुख धुने पानी र स्वादिष्ठ भोजन दिइसकेपछि दुईजना लामाहरू ग्लेडिस बसेको कोठाको ढोकामा उभिए, र तिनलाई तिनीहरूसँग जाने आग्रह गरे। डाक्टर ह्वाङ्ग पनि त्यस विशाल हॅलमा ल्याइए, जहाँ चटाईहरूमाथि पलेटी कसेर बसेका लगभग पाँच सय लामाहरू भेला भएका थिए। यस अवस्थामा ग्लेडिस अलमल्ल परिरहेकी थिइन्। तर डाक्टर ह्वाङ्गले त्यस जमघटको उद्देश्य बुझिसकेका थिए। यसकारण उनले तिनलाई एउटा कोरस-गीत गाएर शुरु गर्ने आदेश दिए। त्यो गीत सुनाएपछि डाक्टर हवाङ्गले ख्रीष्ट येशूको जन्मदेखि लिएर प्रभु येशूको क्रसको मृत्यु र तीन दिनपछि उहाँको शारीरिक पुनरुत्थानको विषयमा बताइदिए।
त्यसपछि बहिनी ग्लेडिसले अर्को गीत गाइन् र आत्मिक कुराकानी गर्न शुरु गरिन्। उनीहरूले अर्को गीत सुनाएपछि डाक्टर ह्वाङ्गले त्यस बातचितको जिम्मा उठाए। फेरि अर्को गीत गाएपछि उनीहरूले अझ पनि त्यो आत्मिक बोलचाल अघि बढ़ाए। अन्तमा बहिनी ग्लेडिसले माफ मागिन् र बिदा लिएर आफ्नो कोठामा फर्किन्। किनकि तिनी पूरा थाकेर लखतराण भएकी थिइन्। तर तिनको काम अझ सकेको रहेनछ; किनकि दुईजना लामाहरू तिनको कोठाको दैलोमा आइपुगे र तिनलाई प्रभु येशूको विषयमा अझ पनि सुनाउने विन्ती गरे। ती दुई लामाहरू गइसकेपछि फेरि अरू दुईजना अझ सुन्न आए। रातभरि यस्तै भइरह्यो। ती लामाहरूले प्रेम गर्नुहुने परमेश्वरको विषयमा सुन्न विशेष जासो राखेका थिए।
यसरी नै उनीहरूले पाँच दिनसम्म विनाबाधा लामाहरूलाई सुसमाचार सुनाउने मौकाहरू पाए। त्यसपछि बहिनी ग्लेडिसले रिम्बोर्छे लामाको निम्तो पाइन्। ती मुख्य लामा ग्लेडिसले बोलेको मन्दारीन भाषा बोल्ने भएका हुनाले उनीसँग बोल्न तिनलाई खूब सजिलो भयो। उनले एउटी विदेशी स्त्रीलाई गुम्बामा आएर लामाहरूसित बोल्ने अनुमति किन दिए भन्ने प्रश्न तिनले उनलाई पहिले सोधिन्। त्यस प्रश्नको जवाफमा ती मुख्य लामाले निम्न चाखलाग्दो घटना वर्णन गरे।
हरेक वर्ष लामाहरूले पहाड़मा उम्रिने जेठीमधु नामक बुटी बटुल्ने गर्छन् र बेच्ने गर्छन्। यसरी जेठीमधु बिक्री गर्ने क्रममा तिनीहरू एक साल एउटा गाउँमा पुगे, जहाँ तिनीहरूले एकजना मानिसलाई आफ्नो हातमा एउटा पर्चा उठाएर ठूलो सोरले यसो भन्दै प्रचार गरिरहेका थिएः 'हे मुक्ति खोज्ने दाजुभाइ- दिदीबहिनीहरूहो, सुन्नुहोस्! मुक्ति सित्तैंमा पाइन्छ। मुक्ति मुफत हो। मुक्ति पाएको मानिस सदा-सर्वदा जीवित रहनेछ। यसको विषयमा अझ सुन्न चाहने तपाईंहरूहो, सुसमाचारको भवनमा आउनुहोस्!
लामाहरूले त्यो पर्चा त्यस मानिसको हातबाट लिए र आफ्नो गुम्बामा ल्याए र त्यो पर्चा गुम्बाको भित्तामा टाले। यस पर्चामा यूहन्ना ३:१६ पद लेखिएको रहेछ, जहाँ यस्तो भनिएको छः 'किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई यस हेतुले दिनुभयो कि उहाँको पुत्रमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस्, तर अनन्त जीवन पाओस्।' यस सन्देशले तिनीहरूलाई प्रेम गर्नुहुने परमेश्वर हुनुहुँदो रहेछ भन्ने नित्य सम्झना दिलाउँथ्यो।
त्यसपछिको पाँच वर्ष तिनीहरूले जेठीमधु लगेर बजारहुँदो बेच्ने गर्थे; हरेक पल्ट तिनीहरूले प्रेम गर्नुहुने परमेश्वर कहाँ हुनुहुन्छ भन्ने प्रश्न सोधिबसे। अन्तमा लेन्छोऊ नामक मानिसले तिनीहरूलाई चाइना इन्ल्याण्ड मिसन नाम गरेको हाताकहाँ बाटो देखाए। अनि त्यस घरमा एकजना मिसनरीले तिनीहरूलाई मुक्तिको बाटो कुन हो, सो स्पष्ट जनाइदिए, साथै तिनीहरूलाई मर्कूसको सुसमाचारको पुस्तिका दिए। जब तिनीहरूले त्यो पुस्तक पढ्दै मर्कूस १६:१५ पदमा आइपुगे, तब तिनीहरूले 'सारा संसारमा जाओ, र सृष्टि गरिएको हरेक प्राणीलाई सुसमाचार प्रचार गर' भन्ने वचन पढ़े। यस वचनबाट तिनीहरू त्यस निष्कर्षमा पुगे, कि एक दिन कोही न कोही मानिस सुसमाचार लिएर तिनीहरूकहाँ आउने नै छ। यसैले तिनीहरूले ‘परमेश्वरले आफ्नो सन्देशवाहक पठाउनुहुँदाखेरि हामी पूरा तयार भएको हुनुपर्छ' भन्ने अठोट गरे।
तिनीहरूले तीन वर्ष पर्खे। त्यसपछि पहाड़हुँदो काम गर्ने दुईजना लामाहरूले कसैलाई गीत गाएको सुने। तिनीहरूले आपसमा भनेः ‘पक्का पनि परमेश्वरलाई चिन्ने मानिसले मात्र गीत गाउँछ।' तिनीहरूमध्ये एकजना तल गएर बहिनी ग्लेडिस र डाक्टर हवाङ्गलाई भेट्न जाँदा अर्को लामाचाहिँ आफ्ना सङ्गीलामाहरूलाई 'धेरै समयदेखि बाटो हेरिरहेका पाहुनाहरू आइरहेका छन्; यसकारण तयार हौं भन्ने सूचना दिन गुम्बातिर फर्कयो। यसकारण ती दुई इसाईहरूलाई प्रेम गर्नुहुने परमेश्वरको खोजी गर्ने ती लामाहरूको बीचमा यस प्रकारले हार्दिक स्वागत गरिएको थियो।
के ती लामाहरूको बीचमा कसैले प्रभु येशूलाई अजाए? जुन बेला ग्लेडिस एल्वर्ड त्यो ठाउँ छोडेर हिँड़े, त्यस बेलासम्म तिनलाई यसको विषयमा केही थाहा भएन। तिनलाई यति थाहा थियो, कि परमेश्वरले तिनलाई र डाक्टर ह्वाङ्गलाई आफ्नो योजनामुताबिक एक कदमदेखि अर्को कदममा अगुवाइ गर्दै त्यहाँसम्म ल्याइपुरयाउनुभएको थियो। तिनको सेवकाइद्वारा नतिजा के-के हुने भयो, सो कुरा नजान्न, तर परमेश्वरको हातमा छोडिराख्नु तिनलाई असल लाग्यो। उहाँ जसले अद्भुत रीतिले उनीहरूका निम्ति एक परिस्थितिदेखि अर्को परिस्थिति मिलाउँदै त्यहाँ ल्याइपुस्र्याउनुभयो, के उहाँले आफ्नो काम अधूरो भएर छोड्नुहुनेथियो? उहाँले पक्का पनि आफ्नो काम पूरा गरेर मात्र छोड्नुहुनेथियो।
ती ‘पुड्की नारी'ले आफ्नो ताजा, अखण्ड विश्वासले प्रभु येशूको देखासिकी गर्थिन्। उहाँले दिनुभएका प्रोत्साहनहरूबाट प्रेरणा मिलेमा तिनले तत्कालै उहाँको आज्ञापालन गरेर र मानिसहरूको सामु प्रभु येशूको विश्वासयोग्य गवाही दिएर तिनले उहाँको अनुसरण गर्थिन्। यसैले होला, तिनले आफ्नो जीवनमा सुचारु रूपले सबै ‘गियरहरू' मिलेका देखिन्। यसरी बहिनी ग्लेडिस एल्वर्डको सेवकाइ अलौकिक झमकले चम्कियो। जब मानिसहरू तिनको सम्पर्कमा आए, तब तिनीहरूको जीवनमा परमेश्वरको महिमाका निम्ति केही न केही काम भएकै थियो।
अध्याय चौबीस : अद्वितीय, अनुपम अनुग्रह! 22)
यस कहानीमा म यी दम्पतीलाई नकली नाम दिन चाहन्छु; किनभने जब म यो कथा भन्दै जान्छु, तब यसको कारण तपाईंहरूलाई स्पष्ट हुनेछ। भाइ एर्नीचाहिँ यू. एस. आर्मीको अफिसर थिए, जो यू. एस. ए. को एउटा ठूलो छाउनीमा खटाइएका थिए। उनकी पत्नी एल्सीले चाहिँ घरदेखि बाहिरको नोकरी नगरेर, तर घरमै बसेर आफ्ना दुईजना छोराछोरीहरूलाई हुर्काउनु नै परमेश्वरबाटको बोलावट सम्झिन्। ससाना सामान्य ठाक- ठाक-ठुकठुकहरू छोड़ेर उनीहरूको वैवाहिक जीवन सुखमय थियो।
तब एक दिन भाइ एर्नीको नोकरीको जग्गा जापानमा पारियो; अनि ती दिनहरूमा आफ्नो परिवार साथमा लैजाने व्यवस्था थिएन। त्यो परिवार र त्यस घरको बुवा अलग भए ता पनि तिनीहरूले चिट्ठीमार्फत आपसमा नजिकको सम्बन्ध कायम राख्थे। हप्तामा एकपल्ट बुवाको चिट्ठी आउने गर्थ्यो। त्यही दिन त्यस परिवारका निम्ति उत्सव मनाउने दिन हुन्थ्यो। आमाले चिट्ठी पढेर सुनाएको बेलामा तिनका छोराछोरीहरू तिनको छेउमा भुइँमा बस्थे। दिनभरि नै त्यस चिट्ठीमा लेखिएका हालखबरहरू परिवारको बातचितको मुख्य विषय रहन्थे। यसरी नै ती छोरा- छोरीहरूलाई बुवा तिनीहरूबाट टाढा रहेको महसुस भएन।
तर पछि बुवाको चिट्ठी नपाईकन एक हप्ता बित्यो; त्यो त तिनीहरूका निम्ति खतराको सङ्केत-चिन्ह थियो। बहिनी एल्सीको कल्पना गर्ने शक्ति तीखो थियो। यसैले तिनले आफ्ना पति बिरामी हुनुभएको, वा दुर्घटनामा पर्नुभएको अथवा कुनै गोप्य मिसनमा पठाइएर जोखिममा पर्नुभएको सम्झना गरिन्। दुई हप्ता बिते, रपनि कुनै चिट्ठी आएन। उनी दुर्घटनामा परेका वा बिमारी भएका भए दुई हप्ताभित्र तिनले त्यसको जानकारी पाइसक्नेथिइन्। तीन हप्ता बिते, तर एउटै चिट्ठी पनि आएन। चार हप्तापछि एउटा चिट्ठी आयो, अनि ब्रजपात पनि। बहिनी एल्सीलाई जुन कुराको विषयमा शङ्का र डर लागेको थियो, त्यो डर नै सत्य ठहरियो। कुरा पत्याइनसक्नु थियो। यस प्रकारको प्रतिफल पाउन तिनले के गरेकी थिइन् र? तिनी विचलित भइन्। तिनले कुरा आफ्ना छोराछोरीहरूलाई भन्न सकिनन्।
अन्तमा तिनको एउटा नानीले सोधिछाड्योः ‘आमा, के भयो? के बुवालाई केही नराम्रो हुन गएको छ त? उहाँले चिट्ठीमा के लेख्नुभएको छ, हामीलाई सुनाउनुहोस्?' तिनीहरूका बुवा अर्की स्त्रीसँग प्रेममा फसेको कुरा तिनीहरूलाई बताउनु आमालाई ठूलो कष्ट लाग्यो। उक्त खबरले आफ्ना छोराछोरी- हरूलाई आघात भएको तिनले तिनीहरूका तर्सिएका अनुहारबाट चाल पाइन्। त्यस बेला तिनीहरूले त्यो नमीठो खबर पचाउन सक्दैनथिए; त्यो कुरा स्पष्ट थियो। तिनीहरूले यति बुझे, कि अबचाहिँ तिनीहरूको बुवा फेरि कहिल्यै घरमा फर्केर आउनेथिएनन्। अन्तमा एकजना नानीले भन्योः 'आमा, म एउटा कुरा सोध्न चाहन्छु। ठिक्कै छ, हाम्रा बुवाले हामीलाई माया गर्न छोड्नुभयो; तर के हामीले उहाँलाई अबदेखि उसो माया गर्न पाउँदैनौं?'
यस प्रश्नले बहिनी एल्सीको मनमा साह्रै घत लाग्यो। भजन ८:२ पद तिनको सम्झनामा आयो, जहाँ लेखिएको छः 'बालकहरू र दूध चुस्ने बालकहरूको मुखबाट तपाईंले आफ्नो सामर्थ्य स्थापित गर्नुभएको छ।' तिनको उदासी र पीरले ग्रस्त भएको अवस्थामा तिनको मनमा यस प्रकारको विचार पसेन। केही क्षण यस प्रश्नमा के सवाल दिने हो, सो मनमनै संघर्ष गरेपछि तिनले भनिन्ः 'हो छोरा, हामीले उहाँलाई प्रेम गर्न पाउँछौं।' तर तिनले यस्तो भन्दाखेरि तिनको घाँटीमा मासुको चोक्टा अल्झिएझैं भएको थियो। तब कान्छा छोराले भन्योः ‘आमा, तपाईंले हाम्रो तर्फबाट उहाँलाई एउटा चिट्ठी लेख्नुपर्छ र त्यसमा हामीले उहाँलाई प्रेम गर्न चाहेको हुनाले उहाँले हामीलाई अझै पनि चिट्ठीहरू लेख्दै गर्न भनेर तपाईंले उहाँलाई भन्नपर्छ।' यसरी नै उनका चिट्ठीहरूका निम्ति बाटो खुला रह्यो।
अनि साँच्चै उनका चिट्ठीहरू आइरहे, जसमा उनको अविश्वासयोग्यता अझ स्पष्ट हुँदै गयो। उनले प्रेममा फसेकी केटीचाहिँ उनकी पन्ध्र वर्षकी नोकरनी थिई अरे। पछिबाट त्यस सौतेली परिवारको सम्बन्धबाट केही छोराछोरीहरू जन्मिए। बहिनी एल्सीलाई लागेको आघात लामो समयसम्म दुख्थ्यो। तिनी त्यसबाट पूरा जाती भएकै थिइनन्, जब तिनलाई अर्को धक्का लाग्यो।
एर्नीको चिट्ठी यस प्रकारको थियोः 'प्रिया एल्सी, मैले तिमीलाई यो पत्र लेख्न मलाई अति गाह्रो भयोः किनकि मलाई क्यान्सर रोग लागेको छ, र मैले धेरै बाँच्नु छैन। मैले आफ्नो पेन्शन, निवृत्ति-वेतन गुमाइपठाएँ; यसैले बड़ो दुःखमा हामीले आफ्नो जीविका चलाइरहेका छौं। मेरो मृत्युपछि के तिमीले मेरो परिवारको सहायताका निम्ति केही रकम पठाउन सक्छौ?'
यति पढ़ेपछि तिनलाई पुग्यो। तिनले मनमनै भनिन्ः 'ल है, मैले सुन्नुपर्ने सबै कुरा मैले सुनिसकें। एर्नीको कत्रो ढीठ! उनको कस्तो अपश्चात्तापी हृदय!! माफ माग्ने एउटै शब्द छैन। उनले आफ्नो भूल स्वीकार गर्ने कुरा छोड़ौं, त्यो त परै जाओस्!' यो तिनका निम्ति बुझ्न नसकिने कुरा थियो।
तर तिनको मनको चोटको दु:खाइ केही कम भएपछि सचेत अवस्थामा पुगेको बेलामा तिनले आफ्नो छोराको प्रश्न फेरि पनि याद गरिन्, जो यस प्रकारको थियोः 'आमा, मलाई भन्नहोस्! हाम्रा बुवाले हामीलाई माया गर्न छोड्नुभयो; तर के हामीले उहाँलाई अबदेखि उसो माया गर्न पाउँदैनौं?' तब तिनले एर्नीलाई पत्र लेखेर के भनिन् भने, 'म तिमीलाई कुनै पैसा पठाउन सक्दिनँ; तर मैले गर्ने सक्ने उपाय यस प्रकारको छः हालैमा, तपाईंको मृत्युपछि तिनीहरू अमेरिका आउने प्रबन्ध गर! तिनीहरूले हाम्रो घरमा बस्न सक्नेछन्, र म तिनीहरूलाई आफ्नो खुट्टामा उभिन सिकाउनेछु।'
अनि ठीक त्यस्तै भयो। पछि बहिनी एल्सीले आफ्नो स्पष्टीकरण दिएर यसो भनिन्ः 'मेरो सामु दुईवटा विकल्प थिएः कि त मेरा पहिलो श्रीमान्ले मलाई दिएका दुःखकष्टहरू सम्झेर मैले बिगत दिनहरूको तीतो सम्झनामा उनलाई सराप्न सक्नेथिएँ, कि त यस संसारको घोर अन्धकारमा परमेश्वरको ज्योति भएर चम्कने सौभाग्य पाएकोमा मैले परमेश्वरलाई धन्यवाद चढ़ाउन सक्नेथिएँ।'
अनि यस घोर अन्धकारमा परमेश्वरको ज्योति भएर चम्कनुको मतलब एर्नीको यस सौतेली परिवारलाई ख्रीष्टको सुसमाचार सुनाउनु पनि थियो; यसमा कुनै शङ्का छैन। किनभने तिनीहरू पनि प्रभुका निम्ति चम्कने ज्योतिहरू बन्नुपरेको थियो। यस सम्बन्धमा आर्चबिशप टेम्पलले सठीक टिप्पणी गरेर भनेः 'भलाइको सट्टामा खराबी गर्नु शैतानको तरिका हो; भलाइको सट्टामा भलाइ गर्नु मानिसको तरिका हो; तर खराबीको सट्टामा भलाइ गर्न परमेश्वरको तरिका हो।'
अध्याय पच्चीस : श्री जोन नेल्सन डार्बी गरिबहरूलाई प्रेम गर्ने मानिस 23)
श्री जोह्न नेल्सन डार्बीचाहिँ चाप्लुसी र खुशामद गर्ने मानिस नै थिएनन्। उनी धनी र प्रसिद्ध मानिसहरूको लेप्सो लाग्दैनथिए, उनले तिनीहरूको साठगाँठ खोज्दैनथिए। उनी धनाढ्य परिवारमा हुर्किए, जुन परिवार मानिस मानिसको दर्जा ख्याल गर्ने समाजको थियो। यसैकारण उनमा त्यसो नगर्ने बानी अस्वभाविक देखिन्थ्यो; किनकि माथिल्लो दर्जाका मानिसहरूको सङ्गत रुचाउनु र आरामदायक र सुविधायुक्त वास बस्ने ठाउँहरू रोज्नु उनका निम्ति स्वभाविक हुनेथियो; तर उनले कहिल्यै यस्तो गर्दैनथिए; किनकि उनले गरिबहरूलाई प्रेम गर्थे। अनि उनले यो कुरा कहिलेकहीं औपचारिक नभएको ढङ्गले प्रकट गरे, जसको छाप र प्रभाव मानिसहरूको मनमा लाग्ने गर्थ्यो।
एक पल्ट यस्तो भयोः उनले परमेश्वरको वचनको सेवकाइमा यूरोप गएको बेलामा उनी रेल यात्रा गर्दै एउटा शहरमा आइपुगे, जहाँ आयोजित सभाहरूमा भाग लिन उनी केही दिनहरू बस्नुपरेको थियो। त्यस रेल स्टेसनमा इसाईहरूको भीड़ भेला भएको थियो; उनलाई भेट्न आएका ती मानिसहरूमध्ये कतिजना कुलीन महिलाहरू पनि थिए। तिनीहरूले ती प्रख्यात प्रचारकलाई आफ्नो घरमा अतिथि-सत्कार गर्ने सम्मान पाउने होड़मा थिए। उनी तिनीहरूको महलरूपी भवनहरूमा गएर बसेका भए उनले सर्वोत्तम भोजन र शानदार वास बस्ने अन्य सर्वोच्च सुविधाहरू पाउनेथिए। फलस्वरूप तिनीहरूले आफ्नो परिवार र कुटुम्बहरूको सामु श्रीमान् डार्बीजस्तै प्रसिद्ध व्यक्तिलाई सत्कार गरेको गर्व गर्न सक्नेथिए।
श्री जे. एन. डार्बीले यस भीड़माथि आफ्नो नजर लगाए, र त्यो परिस्थिति यस्तो रहेछ भनी बुझिहाले। यसैले उनले त्यहाँका अगुवाहरूलाई सोधे: 'अरू बेलामा कुनचाहिँ भाइले प्रचारकहरूलाई अतिथिसत्कार गर्छन्?' उनीहरूले उनलाई भीड़को पछाड़ि अलिक पर उभिएका एकजना मानिस देखाए, जसको साधारण, सामान्य रूप थियो, र यसो हेर्दा धनी होइन, तर ठिक्कैको कमाइ भएका मानिस थिए। तब श्री डार्बी रेलबाट उत्रेपछि तुरुन्तै ती मानिसकहाँ गए, र तिनलाई तिनको घरमा पाहुना बस्न पाऊँ भन्ने विन्ती टक्राए। आफूलाई अगाड़ि नराख्ने ती भाइ साह्रै खुशी भए; तिनी श्री डार्बीको सुटकेस लिन दौड़े। श्री जे. एन. डार्बीको जीवनी लेख्ने लेखकले यस जग्गामा आफ्नो टिप्पणी यसो दिएः 'यसरी नै अरू बेलामा अन्य नचिनिएका प्रचारकहरूको अतिथिसत्कार गर्ने ती भाइ अबचाहिँ प्रभुका महान् दासको सेवाटहल गर्ने भए।'
श्री डार्बीले गरिबहरूप्रति आफ्नो प्रेमको वर्णन यस प्रकारले दिए: 'ख्रीष्ट येशूले गरिबहरूलाई प्रेम गर्नुहुन्थ्यो, अनि जुन दिनदेखि म प्रभु येशूकहाँ फर्केर आएँ, त्यस दिनदेखि मैले गरिबहरूलाई प्रेम गर्न थालें। जजसले उच्च समाजको सङ्गति रुचाउँछन्, तिनीहरू उनीहरूको सङ्गतमा सन्तुष्ट रहून्। तर मचाहिँ - खानदानीहरूको सङ्गतमा परे मेरो हृदय बिरामी हुन्छ। लन्डनमा मैले यस प्रकारको अनुभव गरें। बरु म गरिबहरूकहाँ जाने गर्छु। तिनीहरूको पापी स्वभाग र धनी मानिसहरूको पापी स्वभाव उस्तै-उस्तै छ, तर तिनीहरूको बीचमा भिन्नता यसैमा छः धनी मानिसहरू र धनीहरूका ऐसआरामका कुराहरूमा रुचि राख्ने र तिनीहरूको सङ्गत खोज्ने मानिसहरूले पुरानो जीवनको अलिकति पनि छोड्नु नपरीकन ख्रीष्ट येशूबाट बढीभन्दा बढ़ी फाइदा उठाउन चाहँदा रहेछन्। तिनीहरूको भित्री सिद्धान्त आफूलाई समर्पण नगरीकन ख्रीष्टबाट कति फाइदाहरू उठाएर आफूसँग राख्न सक्ने सिद्धान्त हो। तर गरिबहरूको सिद्धान्त अर्को होः आफ्ना दुःखकष्टहरूमा ढाढ़स र सान्त्वना पाउनलाई तिनीहरूले ख्रीष्ट येशूबाट सकभर धेरै अनुग्रह पाउनु हो।'
चाखलाग्दो कुरा के हो भने जब ख्रीष्ट येशूले सत्तरी चेलाहरूलाई तालिम दिनुभयो, तब उहाँले अतिथि सत्कारको विषय उठाउनुभयो, जब उहाँले यसो भन्नुभयोः ‘अनि जुनै पनि घरभित्र तिमीहरू पस्दा पहिले भनः “यस घरलाई शान्ति होस्!” अनि त्यहाँ शान्तिको छोरा छ भने तिमीहरूको शान्ति त्यसमाथि रहनेछ, तर छैन भने त्यो शान्ति तिमीहरूकहाँ फर्केर आउनेछ। अनि मानिसहरूले दिएका खानेकुराहरू खाँदै र पिउँदै त्यही घरमा बस; किनकि मजदुर आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर नजाओ!' (लूका १०ः५-७)
यहाँ, यस खण्डमा प्रभुले दिनुभएको शिक्षाअनुसार जुन मानिस उहाँका चेलाहरूको मुखबाट शान्तिको सन्देश ग्रहण गर्न तयार छ, त्यस मानिसको सत्कार उनीहरूले स्वीकार गर्नुपर्छ। तर अर्को घरमा बढ़ी सुविधाहरू छन् होलान् अथवा अरू घरको खाना बढ़ी मीठो हुन्छ होला भनेर उनीहरू घर-घर चाहर्नुहुँदैनथियो।
अनि श्री डार्बीको उक्त परिस्थिति र यहाँ, यस खण्डमा बताइएको स्थिति पूरा रूपले नमिल्ला। यहाँ, यस खण्डमा मानिसहरूले येशूका चेलाहरूलाई टक्राएका चीजहरू उनीहरूले ग्रहण गर्नुपर्छ भन्ने शिक्षा छ भने उताचाहिँ श्री डार्बीले सीधा एक 'गरिब' भाइको सत्कार पाऊँ भन्ने विन्ती गरे। तर हामीले सिक्नुपर्ने पाठ एउटै होः न उनीहरूले, न हामीले सबैभन्दा बढ़ी सुविधाहरूले युक्त घर कुनचाहिँ हो भनेर खोजिबस्न पाउँछौं। तपाईंले यहाँ, यस खण्डमा 'त्यही घरमा बस! .... घर-घर नजाओ!' भन्ने प्रभुका दुईवटा आज्ञाहरूमाथि आफ्नो ध्यान लगाउनुहोला।
अध्याय छब्बीस : खाली खुट्टै मण्डली -सभामा उपस्थित भएको जवान 24)
श्री डेनिस डेहानले 'हाम्रो दैनिक भोजन' नामक किताबमा निम्न घटना उल्लेख गरेका हुन्। त्यस किताबमा उनले एउटा स्थानीय मण्डलीमा उत्पन्न भएको यस सानो आपत्तिको विषयमा लेखे; किनकि एक आइतबार त्यस गिर्जाघरको छेउमा अवस्थित कलेजमा पढ्ने विद्यार्थी तिनीहरूको मण्डली सभामा खाली खुट्टै पस्यो; अनि उसले टि-शर्ट र जिन्स पाइन्ट लगाएको थियो। त्यस जवान ख्रीष्ट्यानको नाम बिल थियो। त्यो कुरा उपस्थित मानिसहरूलाई असजिलो लाग्यो। अप्ठ्यारो मान्दै तिनीहरूले यताउता हेर्न र मनमनै यसो भन्न लागेः 'अरे, मण्डली -सभामा खाली खुट्टा आउनुहुँदैन भन्ने के उसलाई थाहा छैन? पुरुषहरूले कोट-पाइन्ट र सेतो कमिज लगाउनुपर्छ भन्ने कुरा के उसले जान्दैन?'
मण्डलीका सबै बेन्चहरूमा मानिसहरू बसिसकेका हुनाले भाइ बिल अगाडि जानुपरयो। त्यहाँ पनि कुनै बस्ने ठाउँ खाली नभएको हुनाले ऊ प्रवचन-मन्चको सामु भुइँमा थ्याच्च बस्यो। अघि कसैले कहिल्यै यस्तो गरेको थिएन। चलिआएको परम्परा तोड़ियो, त्यस दिनमा। अनि यो कुरा कति सदस्यहरूलाई मन परेको थिएन।
त्यसपछि यस मण्डलीका वृद्ध, वरिष्ठ सदस्यले अर्को परम्परा तोडिदिए। तिनलाई सन्दिबाथको रोग लागेको थियो। यसैले आफ्नो लौरोमा टेक्दा टेक्दै तिनी अगाड़ि गए। अब के हुने हो? आफ्नो लौरो भुइँमा राखेर तिनी बड़ो कठिनतासाथ त्यस जवानको छेउमा बसे; किनभने तिनले बिललाई एकलो भएको, मण्डलीमा स्वागत् नगरेको वा सदस्यहरूको बीचमा मन नपरेको महसुस गरेको चाहेनन्।
यस कुराले मलाई अर्को यस्तै घटनाको याद दिलाउँछ, जुन घटना मेरो घरको नजिकैको मण्डली - भवनमा घटेको थियो। त्यस बेला हिप्पीहरू, फ्लावर चिल्ड्रन र लव-जेनेरेशनको जमाना थियो। एक आइतबार बेलुकीको सभामा एक नयाँ विश्वासी भाइ प्रभुभोजको सेवामा उपस्थित थियो, खाली खुट्टैमा। त्यो कुरा धेरैजनाको ध्यानमा परेन। तर सभा सकेपछि एकजना निक्कै उमेर खाएकी दिदीले चाहिँ त्यस नयाँ विश्वासीलाई सम्झाउन लागिन्। के भइरहेको थियो, सो कुरा मण्डलीका एकजना
११४
एल्डरले देखिहाले। ती दिदीले उसलाई सम्झाइसकेपछि यी एल्डर त्यस जवान भाइकहाँ गए; तिनले उसलाई अङ्गालो हालेर यसो भनेः 'भाइ, अप्ठ्यारो नमान्नुहोला! किनकि तपाईंका पाउहरू सुन्दर छन्।' तब त्यस भाइले जवाफ दियोः 'सुन्दर भए-नभए पनि ती पाउहरू मानिसका मूलै - जुत्ता त हुन्छन् नि।'
ती सन्दिबाथको रोगले ग्रस्त वृद्ध दाजुलाई, साथै ती दयालु एल्डरलाई स्याबासी छ! अनि ती विश्वासीजनहरूलाई पनि स्याबासी छ, जसले अरू मानिसहरूको बाहिरी रूप नाघेर तिनीहरूभित्र प्रभु येशूलाई प्रेम गर्ने हृदय देख्न सक्छन्। हामीले अरू मानिसहरूको न्याय गरिबस्यौं भने तिनीहरूले हामीबाट भाग्ने गर्छन्। हामीले तिनीहरूलाई प्रेम गरयौं भने तिनीहरू विश्वासमा बढ्नेछन्। प्रभुको आज्ञा हो: 'तिनीहरूलाई मकहाँ आउन देओ!' तब ख्रीष्ट येशूको जस्तो आत्मा भएकाहरूले के भन्छन् र के गर्छन्?
अध्याय सत्ताइस : एमाजोन महानदीमाथि गोला - बर्छा
भाइ जिम बोवर्स र उनकी पत्नी रोनीचाहिँ कोलम्बियाको लेटिसिया शहरमा छोरी च्यारिटीका निम्ति पेरूमा बस्ने भिसा लिन गएर फर्कने बेलामा घटेको घटना हो यो; किनभने उनीहरूले सात महिने च्यारिटीलाई भर्खरै धर्मपुत्री बनाएका थिए। अब उनीहरू पानी उत्रन सक्ने, आफ्नो मिसनको सानो विमानमा पेरूको इक्वीटोस भन्ने शहरमा भएको आफ्नो नौकारूपी घरतिर यात्रा गरिरहेका थिए। चालकचाहिँ भाइ केविन डोनाल्डसन् थिए, जो उनीहरूको हितैषी मिसनरी साथी थिए। सात वर्षे छोरा कोरेचाहिँ विमानको पछाड़िको एउटा सीटमा बसेर झ्यालबाट बाहिर नियालेर पेरूको हरियाली दृश्य हेर्नमा मक्ख भइरहेको थियो।
धेरै समय बितेको थिएन, जब चालक केविनले र भाइ जिमले पनि पेरूयी हवाई सेनाको लड़ाकु विमान उनीहरूको पीछा गरेको देखे। उनीहरूले नदेखेको दोस्रो लड़ाकु विमान पनि थियो, जसमा सी.आइ. ए. का कर्मचारीहरू बसेका थिए। तिनी- हरूले त्यस क्षेत्रमा भइरहेको लागू पदार्थको पैठारी रोक्ने अभियानमा पेरूयी हवाई सेनाको लड़ाकु - विमानसित भाग लिएका थिए। यस सम्बन्धमा सी.आई.ए. को भनाइ छ, कि तिनीहरूले पेरूयी चालकलाई 'चेस्ना-विमानमाथि गोलाहरू हान्नुभन्दा अघि तपाईंहरूले पहिले राम्ररी जाँच-पर्ताल गर्न' भन्ने सल्लाह दिएका थिए अरे। तर त्यो सल्लाह ढिलो भइसकेको थियो; किनकि पछाडिबाट एउटा गोली रोनीको ढाड़ छिरेर तिनको काखमा सुतिरहेकी च्यारिटीको टाउकोमा पस्यो। ती आमा-छोरी तत्कालै मरे। अर्को गोली चालकको दाहिने खुट्टामा लागेछ। अरू गोलीहरूले तेलको टेङ्कीमा प्वालैप्वाल पारे; त्यस विमानमा आगो दन्कन लाग्यो। भाइ जिम क्याविनको आगो निभाउनमा सफल भए, र भाइ केविनले अद्भुत रीतिले जल्दै गरेको विमानलाई अमाजोन महानदीसित मिसिने उप-नदीमाथि उतारे। त्यस बेला पनि त्यस लड़ाकु - विमानबाट ती मिसनरी- हरूमाथि गोला-बर्छा अझ रोकिएन।
अहिलेचाहिँ उनीहरूको विमानमा पूरा आगलागी भयो। यही परिस्थितिमा पनि भाइ जिमले आफ्नी पत्नी र आफ्नी छोरीका लासहरू विमानबाट निकालेर पानीमा तान्न सके। अचम्म, यस्तो नरकीय अग्नि ज्वालामा उनलाई शितल भएछ, कसरी? भाइ केविनले कोरेलाई आफ्नो पिठ्यूँमा बोकेर केही परसम्म पौड्न थाले। अनि भाइ जिमले पनि रोनी र च्यारिटीका लासहरू तान्दै जलिरहेको विमानबाट केही परसम्म पौड्ने प्रयास गर्दैथिए। छोरा कोरेले आफ्नी आमा र बहिनीको चेहरा देख्न नपाओस् भनेर उनले तिनीहरूलाई उधोमुन्टो पारेका थिए। अब विमान पानीमा डुब्न लाग्यो, र त्यसको आगो निभ्यो। विमानको नडुब्ने पोनटुन समात्न केविन र जिम पौड़ेर फेरि त्यस विमानतिर फर्के।
त्यत्ति बेला आदिवासीहरू आफ्नो मोटर-डुङ्गामा यस दुर्घटना स्थलमा आइपुगे, र तिनीहरूले उनीहरूलाई बचाए। निर्दोषी मानिसहरूको यस्तो ज्ञानशून्य हत्या र विमानमाथि गरेको गोलाबर्छाको सम्बन्धमा तुरुन्तै पेरूका अधिकारीहरूले सी.आई.ए. को सर्वेक्षण टोलीलाई र सी.आई.ए. को सर्वेक्षण टोलीले पेरूका अधिकारीवर्गलाई दोष्याउन थालिहाले। तर त्यसमा जिम बोवर्स र केविन डोनाल्डसन्, साथै यू. एस. ए. मा यू.एस.ए.मा भएको उनीहरूको मिसनकेन्द्रको प्रतिक्रिया कति फरक थियो। उनीहरूको ख्रीष्ट येशूको समान मन थियो। उनीहरूले न आरोप लगाउने औंला उठाए, न ता मुद्दा लड्छौं भन्ने धम्की नै दिए। होइन, उनीहरूले घरिघरि प्रभु येशूमाथि राखेको विश्वासको गवाही दिइरहे र यस कुरामा पनि आफूलाई उहाँको हातमा सुम्पिदिए।
पछि यस सम्बन्धमा भाइ जिम बोवर्सले यसो भनेः 'त्यस घटनाको जिम्मेवार व्यक्तिहरू जो-जो हुन्, तिनीहरूप्रति हामीसित क्षमा दिने भावना छ। के यो कुरा तपाईंहरूलाई अचम्म लाग्दैछ? तर सच्चा इसाईहरूलाई अचम्म नलाग्नुपर्नेथियो। ... मैले लड़ाकु विमानका चालकहरूका निम्ति प्रार्थना गरेको छु। मैले तिनीहरूको हाकिमसित क्षमा दिने विषय लिएर कुरा गरेको छु। अनि उनी प्रभुको विषयमा अझ बढ़ता जानकारी पाउन पूरा इच्छुक छन्। मैले यहाँ घरबाट उनलाई फोन पनि गरें। यस सम्बन्धमा सब कुरा ठिक्कै चल्दैछ। मेरो मनको अनुभूति तीतो छैन।'
उनको भयानक, असाध्य खति भयो; ता पनि उनले यसो भन्न सकेः 'छोरा कोरे र म, हामीले अकथनीय शान्तिको अनुभव गरिरहेका छौं।' न्यूस् वीक नामक पत्रिकाको टिप्पणी यस प्रकारको थियोः 'यस्तो एकचित्ते विश्वास थोरै मानिसहरूसित मात्र हुन्छ।'
आफ्नी भक्त पत्नी र सानी छोरीको स्मारक सेवामा भाइ जिमले आफ्नो गवाही दिएर भनेः 'घामको न्यानो किरण मुसलधारे झरीरूपी यस अप्रिय घटनाबाट भएर चम्केको मैले देख्न सकें; अँ, यस हृदय विधारक दिनमा घटेका अनेक आश्चर्यकर्महरूमा मैले परमेश्वरको हात देख्न सकें।'
यहाँ हामी यसका केही उदाहरण दिन्छौंः उनीहरूको विमानमाथि लगातार गोलाबारी भएको हुनाले विमानको क्याविनलाई छेंड़ैछेड़ पारियो, तर छोरा कोरे र जिमलाई भने एउटै गोलीले पनि लागेन। यसमा अझ अद्भुत कुरा के हो भने, एउटा गोलीले जिम बसेको सीटको ठीक पछाडिपट्टिको झ्यालको ऐना छेंड्यो, तर उनलाई छुन पाएन।
आगो निभाउने उपकरणले केही क्षण बडो राम्ररी काम गस्यो; साधारणतः यस्तो उपकरणले भनेजस्तो कामै गर्दैन। यसको बारेमा जिमलाई पूरा अनुभव छ। उनी यस कुरामा छक्क परे।
रोनी र च्यारिटीलाई लागेर उनीहरूलाई मारेको गोली सानी छोरीको शरीरमा रोकियो। त्यो गोली त्यहाँबाट अगाडि बढेको भए सायद चालकलाई पनि मार्न सक्नेथियो। अनि चालक मरेका भए यस विमानका सबै यात्रीहरूको मृत्यु सुनिश्चित हुनेथियो।
छोरा कोरे र जिमलाई डरत्रास भएन। कोही चिच्च्याएन; कसैले कराएर वा रोएर गुहार मागेन। ख्रीष्टको अलौकिक शान्तिको अनुभव उनीहरूले पाइरहेका थिए। यो बुझिँदैन। यस क्षणमा उनीहरूको सोच्ने शक्ति नहराएको हुनाले उनीहरूले त्यस हालतमा ठीक-ठीक निर्णय गर्न र ठीक-ठीक काम गर्न सके।
चेस्ना-विमान नदीमा उतार्नका निम्ति चालकलाई दुवै खुट्टाको खाँचो पर्दछ। तर भाइ केविनको दाहिने खुट्टामा गोली लागेर त्यो खुट्टा निक्कै घाइते भएको थियो। गोलाबारी मच्चिएको ठाउँदेखि विमान उतार्न सकिने नदीसम्म आइपुग्न निक्कै टाढा थियो; यसो भए पनि उनी यो विमान नदीमा उतार्न सक्षम भए। भाइ केविनलाई निश्चय थाहै भयो, कि प्रभु येशूले यो विमान त्यस नदीमाथि नउत्रेसम्म डोरयाउनुभएको थियो।
दन्किरहेको अग्नि-ज्वालाको प्रकोप हुँदा-हुँदै भाइ जिमसित पत्नी रोनी र छोरी च्यारिटीका शरीरहरू त्यस विमानबाट निकाल्ने शक्ति थियो। उनले आगोको राप महसुस नगरेकोमा अचम्म मानिरहेका थिए। उनलाई कसरी शितल लागेको थियो? उनको अनुभवले हामीलाई आगोको भट्टीमा फ्याँकिएका तीन हिब्रूहरूको सम्झना दिलाउँछ (दानियल ३:२७)।
जब विमान केही हदले पानीमा डुब्न लाग्यो, तब त्यसको आगो निभ्यो, अनि केविन, कोरे र जिमले विमानको एउटा पोनटुन समातेर पानीमा तैरेर बस्न सके। त्यत्ति बेला अर्थात् केविनले कोरेलाई र जिमले ती दुई मृत शरीरहरू अझ थाम्न नसक्ने बेलै आदिवासीहरू आफ्नो मोटर-डुङ्गामा यस दुर्घटना- स्थलमा आइपुगे, र तिनीहरूले उनीहरूलाई बचाए।
उनीहरूको विमान जहाँ त्यस गोलाबारीमा परेर उत्रेको थियो, त्यसको नजिकै एउटा गाउँ थियो, जुन गाउँमा भाइ जिमले कतिपय मानिसहरूलाई चिन्दथिए। ती गाउँलेहरूले त्यस विमानलाई गोलाबर्छा लागेको कुरा देखे; र तत्कालै तिनीहरूले रेडियोमार्फत सहायता मगाए। अनि रेडियो-संचारले काम गस्यो। त्यसले काम नगरेको सम्भव हुनेथियो। भाइ जिमले त्यस रेडियो-संचारको माध्यमद्वारा केविनकी पत्नीलाई खबर दिन खोज्दा उनकी पत्नी घरमै थिइन्। अर्को सङ्गी - चालकलाई पनि भेट्टाइयो, जो नजिकैमा थिए। तिनले केविनलाई आफ्नो विमानमा त्यस दुर्घटना-स्थलदेखि उठाएर उनलाई उनको उपचार गर्ने अस्पतालमा पुरयाइदिए।
छोरा कोरे र भाइ जिमले परमेश्वरको अलौकिक शान्ति अनुभव गरे, परमेश्वरका जनहरूका प्रार्थनाको उत्तरमा। ‘त्यो त एउटा क्षणिक शान्ति मात्र हो' भनेर कति मानिसहरूले जिमलाई निराश पार्न खोजे, तर उनलाई निश्चय थियो, कि उनले पाएको शान्ति हटेर जाने शान्ति होइन, तर दीर्घायु शान्ति थियो।
अनि अन्तिम आश्चर्यकर्म पनि तपाईंहरूलाई भनौं! बोवर्स - परिवार, डोनाल्डसन्-परिवार र यस अप्रिय दुर्घटनासित सम्बन्धित परमेश्वरका अरू जनहरूमा यस दु:खद घटनाका जिम्मेवार मानिसहरूप्रति क्षमाको भावना थियो; किनकि उनीहरूका हृदयमा परमेश्वरको प्रेम खन्याइएको थियो।
रोनी र च्यारिटी व्यर्थै मरेनन्। उनीहरूको मृत्युले मिसन- कामप्रति मानिसहरूमा नयाँ जासो जगायो। उनीहरूबाट मानिस- हरूलाई प्रभु येशूको महान् आज्ञा शिरोपर गरेर सारा संसारमा जाने चुनौती मिल्यो। भाइ जिमले भनेः 'मेरो विचारमा, प्रभु येशूले यसरी नै मलाई लगायत मस्त निद्रामा सुतिरहेका ख्रीष्ट- विश्वासीहरूलाई बिउँझाउन चाहनुभयो। अनि हुन सक्छ, उहाँले तिनीहरूलाई जगाउन चाहनुभयो, जसले त्यस बेलासम्म परमेश्वरमा कुनै चासो लिएका थिएनन्। अनि उहाँले तिनीहरूलाई पनि जगाउनुभयो, जसले त्यस बेलासम्म उहाँमा अल्प-चासो मात्र लिएका थिए।'
अन्तमा परमेश्वरले जिमको छोरा कोरेको जीवन जोगाउनुभयो, र यसरी नै उसलाई प्रभु येशूमाथि विश्वास गरेर उहाँलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा अप्नाउने अवर दिनुभयो। समय बित्दै जाँदा एउटा कुरा स्पष्ट हुन्छः संसारका मानिसहरूले ख्रीष्ट-विश्वासीहरूको जीवनमा भिन्नता देख्न पाए- पाए। तिनीहरूको सामु त्यसको सुस्पष्ट प्रदर्शन भइरहेको छ। सन् २००१ सालको मे महिनाको चौबीस तारिखमा प्राइम टाइम नामक समाचार पत्रिकाले यस विमानलाई गोलाबर्छा लागेको विस्तृत वृत्तान्त छापेर दियो। त्यस सिलसिलामा श्रीमती डायन् साइयरले निष्कर्षमा यस घटनाको परिभाषा यस प्रकारले गरिन्ः ‘यस सत्य प्रेमको कथामा दुःखकष्टको माझमा मानवीय उत्कृष्ठ प्रेम र सर्वोच्च विश्वास प्रकट भएको हो। हामीमध्ये धेरैभन्दा धेरैमा यस थरीको प्रेम र विश्वासै हुँदैन; हामी यो अद्भुत प्रदर्शन टाढाबाट हेरेर वाह-वाह गर्नेहरू मात्र भएका हौं।'
अध्याय अट्ठाइस : लोइस निकोल्सन र सरसफाइ गर्ने कर्मचारी 25)
श्रीमती लोइस निकोल्सन्चाहिँ घरजम राम्ररी सम्हाल्न सक्ने निपुण गृहस्थी स्त्री थिइन्। तिनी बाइबलअनुसारकी इसाई पत्नीको आदर्श र इसाई आमाको प्रतीक थिइन्। परमेश्वरका निम्ति सातजना छोराछोरीहरूलाई हुर्काउन पाएकोमा तिनको ठूलो आनन्द थियो। प्रभु येशूको सेवामा चारैतिर यात्रा गर्ने र उहाँका निम्ति अथक परिश्रम गरिरहने आफ्ना पतिलाई सघाउ पुरयाउनुमा तिनको अर्को आनन्दको कारण थियो। यहाँ यसको एक उदाहरण दिन्छौं। न्यू-जर्सीमा एउटा सम्मेलनमा प्रवक्त हुँदाखेरि लोइसका श्रीमान्ले चाहिँ अचानक आज त आफ्नी पत्नीको जन्म-दिन भएको महसुस गरे। तत्कालै उनले तिनलाई फोन गरिहाले र यस उपलक्ष्यमा तिनीसँग दिन बिताउन नपाएकोमा आफ्नो खेद प्रकट गरे। अनि तिनका निम्ति उपहार भने पनि थिएन। तर तिनले कुनै हिचकिचाहट नगरी उनलाई खुला रूपले भनिन्ः 'परमेश्वरले तपाईंलाई जहाँ पठाउनुभएको छ, त्यस ठाउँमा तपाईं हुनुभयो भने, र उहाँले तपाईंलाई जे काम अह्राउनुभएको छ, त्यस काममा तपाईं व्यस्त रहनुभयो भने, तपाईंले मेरा निम्ति गर्न सक्ने सबैभन्दा सुन्दर उपहार त्यही हो।'
लोइसको विषयमा अर्को प्रशंसनीय कुरा पनि थियो। आफ्नो दैनिक कामकुराको नित्यक्रममा लागेर पनि तिनी आत्माहरू जित्ने काममा लिप्त रहेकी प्रदीप्त स्त्री थिइन्। धेरैपल्ट तिनले आफ्ना छरछिमेकी स्त्रीहरूलाई 'कफि आउवर बाइबल स्टडी' नामले चिनिने बाइबल पढ्ने कुरामा चासो राख्ने मानिसहरूको बाइबल-क्लासमा लाने गर्थिन्। तर केही समयपछि कुरा स्पष्ट भयोः तिनीहरू आफ्नो धर्ममा सन्तुष्ट थिए। तिनीहरूले प्रभु येशूलाई व्यक्तिगत रूपले चिन्नमा रुचि राख्दैनथिए।
एक बिहानको कुरा हो : बैठक कोठामा लोइसले प्रार्थना गरिरहेको बेलामा तिनले लूका चौध अध्यायमा उल्लेख गरिएको ठूलो भोजको दृष्टान्त सम्झिन्। यस भोजमा निम्तो पाएकाहरू सबैले बहाना गरेका थिए। यसकारण मालिकले आफ्ना नोकरहरूलाई यस हेतुले मूलबाटोहरूहुँदो र चोरबाटोहरूहुँदो पठाए कि तिनीहरूले अरू मानिसहरूलाई भोजको निम्तो स्वीकार गर्ने करमा पारिदिऊन्। बहिनी लोइसले प्रभु येशूलाई प्रार्थनामा यसो भनिन्ः ‘प्रभु, मैले जजसलाई निम्तो दिएँ, तिनीहरू सबैले बहाना गरे; अब तपाईंको इच्छाअनुसार ती अन्य मानिसहरूलाई बोलाउन म मूलसड़कहरूमा निस्केर जानेथिएँ, तर के गर्ने? मेरा छोराछोरीहरू छन्। यिनीहरूलाई मेरो खाँचो पर्दछ। तर तपाईंले कसैलाई 'मूलबाटो वा चोरबाटोबाट मकहाँ पठाउनुभयो भने, म उसलाई तपाईंको भोजमा आउने निम्तो गर्नेथिएँ।'
ठीक त्यही बेलामा तिनले मैला उठाउने गाड़ीको हर्न बजेको सुनिन्। आहा, मूलबाटो र चोरबाटोको मानिस मैला उठाउने ट्रक-ड्राइभर पो रहेछ! तिनले झ्यालबाट नियालेर हेरिन् र त्यस मानिसलाई देखिन्, जसले छिमेकीको घरको सामु मैला डब्बा उठाएर आफ्नो गाड़ीमा खन्याइरहेको थियो। डब्बा उचाल्दा कष्टमा परेकोले उसले आफ्नो शरीर बाङ्गा पारेको छर्लङ्ग देखिन्थ्यो। यसरी उसले आफ्नो शरीरको पीड़ा कम गर्न खोजेको थियो।
मैला उठाउने गाड़ी बहिनी लोइसको घरमा आइपुग्दा तिनी ठिक्कै घरको सामु आँगनको सिमनाको बारमा उभिरहेकी थिइन्। अनि जब ड्राइभर, जसको नाम रेग थियो, ट्रकबाट उत्रेको मात्र थियो, तब लोइसले उसलाई सोधिन्ः 'दाजु, के तपाईंलाई ढाड़ दुख्ने बिमार छ?' उसले तिनलाई उत्तर दिएर भन्योः ‘होइन, बहिनी! मलाई मुटुको बिमार लागेको छ।' तिनले फेरि सोधिन्ः 'तब तपाईं किन दिनभरि यस्ता गह्रौं डब्बाहरू उचाल्ने काम गर्दै हुनुहुन्छ त? लता, म आफ्नो मैला आफै फ्याँक्छु है त!' त्यत्ति भनेपछि तिनले आफ्नो मैला डब्बा उचालेर मैला गाड़ीमा खन्याइन्।
त्यस ड्राइभरले भन्योः 'बहिनी, के गर्ने? यस्तो काम मैले मात्र पाउन सकें।' तब लोइसले भनिन्ः 'ठीक छ; म तपाईंका निम्ति प्रार्थना गर्छु। तपाईंले एउटा असल काम कि त एउटा बलियो मुटु पाउनुपर्छ।' तर दुःखित भएको रेगले निराश भएर भन्योः 'मजस्तो मैला उठाउने मान्छेको ख्याल कसले पो गर्छ र?' लोइसले जवाफ दिइन्ः 'परमेश्वरले नै तपाईंको वास्ता गर्नुहुन्छ।' रेग आफ्नो ट्रकमा चढ्यो, र त्यहाँबाट अघि बढ्यो।
एक हप्तापछि लोइस फेरि पनि त्यस मैला उठाउने मानिसका निम्ति आँगनमा पर्खिबसिन्। रेगले तिनको डब्बा उचाल्न सक्नुभन्दा अगाडि नै तिनले आफ्नो मैला - डब्बा त्यस मैला-गाड़ीमा खन्याइसकिन्। उसले आफ्नो आँखा तिनीतिर उठाएर तिनलाई सोध्योः 'के तपाईंले मेरा निम्ति प्रार्थना गर्नुभयो?' 'हरेक दिन मैले तपाईंका निम्ति प्रार्थना गरें।' रेगले तिनको कुरा पत्याएन, तर उसले आफ्नो शङ्का प्रकट गरेन। लोइसले फेरि भनिन्ः 'रेग दाजु, सुन्नुहोस्! पवित्र बाइबलमा यस्तो लेखिएको छः “कामविनाको विश्वास मुर्दा विश्वास हो।” ठीक छ, म तपाईंका निम्ति प्रार्थना गरिरहनेछु, तर तपाईंले अर्को काम खोज्नुपर्छ।' टाउको हल्लाएर उसले 'हुन्छ' त जनायो, तर एक शब्द पनि भनेन। ऊ गाड़ी चलाएर त्यहाँबाट अघि बढ्यो।
अर्को सड़कमा पुगेपछि रेगले लोइसकी मोइरा नामक छोरीलाई देख्यो, जो दोस्रो कक्षामा पढ्दैथिई। ऊ स्कूल गइरहेकी थिई। जब मैला उठाउने गाड़ी उसको छेउमा रोकियो, तब उसले त्यस चालकलाई भनीः 'ड्राइभर - साहेब, हाम्रो घरमा हामी तपाईंका निम्ति प्रार्थना गरिरहेका छौं।' यसैबाट रेगलाई थाहा लाग्यो, कि कसैले मैला उठाउने मान्छेको ख्याल गर्दो रहेछ।
फेरि एक हप्ता बित्यो, र लोइस फेरि पनि आफ्नो घरको आँगनमा मैला उठाउने गाड़ीका निम्ति पर्खिरहेकी थिइन्। यसपालि रेगले भन्योः 'श्रीमती निकोल्सन, म परमेश्वरमाथि विश्वास त गर्दैछु; स्वर्ग र नरकमा पनि विश्वास गर्छु। तर मलाई भन्नुहोस्, के मैले योभन्दा बढी केही गर्नुपर्छ? अब मैले कुनचाहिँ कदम चाल्नुपर्छ?'
बहिनी लोइसले मुक्ति पाउने परमेश्वरको मार्ग कुनचाहिँ हो र त्यसमा प्रभु येशूमाथि विश्वास राख्ने कदम मुख्य हो भन्ने कुरा उसलाई होशियारपूर्वक बुझाइन्। रेगले ध्यानसित सुन्यो। त्यसपछि मुसुक्क हाँसेर र हात हल्लाउँदै उसले तिनीबाट बिदा लियो। ऊ त्यहाँबाट अघि बढ्दै गर्दा लोइसले ठूलो सोरले उसलाई भनिन्ः ‘दाजु, निश्चय अर्को काम खोज्नुहोस्!'
निकोल्सन-परिवारले रेगका निम्ति अर्को हप्ता निरन्तर प्रार्थना गरिरह्यो। मैला उठाउने दिनमा लोइस आफ्नो ठाउँमा घरको आँगनमा खड़ा थिइन् र सधैंझैं रेगका निम्ति कुरिरहेकी थिइन्। रेग गाड़ीबाट हामफाल्दा उसको मुखभरि हाँसो थियो। उसले तिनलाई भन्योः 'तपाईंले भन्नभएअनुसार मैले त्यो काम गरिछोड़ें।' 'तपाईंले के गर्नुभयो? के तपाईंले अर्को काम पाउनुभयो कि के हो?' 'होइन, श्रीमती निकोल्सन, मैले त त्यो विश्वासको कदम उठाएँ। मैले प्रभु येशूमाथि विश्वास गरीकन उहाँलाई प्रभु र मुक्तिदाताको रूपमा अजाएको छु।'
के यो कुरा सत्य थियो? के रेगले मुक्ति पायो त? लोइसले मनमनै भनिन्ः ‘मुक्ति पाए - नपाए रेगले पवित्र बाइबल पढ्नुपर्छ; किनभने विश्वास परमेश्वरको वचनको सुनाइबाट आउँछ नै।' यसकारण तिनले उसलाई भनिन्ः 'यसो भए, रेग दाजु, तपाईंले बाइबल पढ्न शुरु गर्नुपर्छ। परमेश्वरको वचन तपाईंको आत्माका निम्ति भोजन हो।'
'अहह, श्रीमती निकोल्सन्, त्यो तपाईंले मलाई अघि भन्नुपर्नेथियो। ख्रीष्ट-विश्वासीले बाइबल पढ्नुपर्छ भने तपाईंले मलाई माफ गर्नुहोला। मलाई कुनै चीज पढ्न मनै लाग्दैन। समाचार-पत्रिकासमेत म कहिल्यै पढूदिनँ नै। माफ पाऊँ!' अनि यति भनेपछि रेगले आफ्नो ट्रक अर्को घरतर्फ हाँक्यो।
त्यस सड़कको अर्को कुनामा एउटा गह्रौं काठको बाकस पड़िरहेको थियो। त्यो बाकस गाड़ीमा हुल्नुभन्दा अगाडि उसले त्यस बाकसभित्र के रहेछ, सो देख्न भित्र चियाएर हेस्यो। अरे, त्यस बाकसभित्र सबै चीजहरूभन्दा माथि एउटा नयाँ बाइबल पो रहेछ। बाइबल-बाहिरको प्लास्टिकको खोलधरि च्यातिएको थिएन। रेगले मनमनै भन्योः 'ठीक छ, प्रभु! मैले तपाईंको कुरा बुझें; म तपाईंको पुस्तक पढ्नेछु।'
उसले पवित्र बाइबल पढून मात्र शुरु गरेन, तर जुन मण्डली निकोल्सन्- परिवार जाने गर्थ्यो, ऊ त्यस मण्डलीका सभाहरूमा पनि जान थाल्यो। मण्डली - सभामा उसले झिलिक्क परेको रातो डाङ्ग्री लगाउँथ्यो, जसको अगाडिपट्टि छातीको खल्तीमा कम्पनीको लोगो थियो। उसको सबभन्दा राम्रो लुगा यही थियो। अनि यसरी नै ऊ अगाडिपट्टिको पेन्चहरूको एउटा सीटमा बसिरहेको थियो; उसको अनुहारभरि खुशीको मुस्कानले छाया हालेको थियो।
मण्डलीको सभाको सबै कुराहरू उसलाई मन पस्यो, जस्तै भजन गाएको, प्रवचन सुन्न पाएको र मानिसहरूको बीचको मित्रता र आत्मीयता आदि। कसैले उसलाई सोध्योः 'तपाईं मङ्गलबार हाम्रो मण्डलीको प्रार्थना-सभामा र बुधबार हाम्रो नजिकैको अर्को मण्डलीको प्रार्थना सभामा उपस्थित हने कारण के होला?' तब उसले उत्तर दिएर भन्योः 'मैले धेरै समय गुमाइ - पठाएँ, यसैले मैले अहिले दोबर समय दिनुपर्छ; किनभने म पछाड़ि परेको छु, र मैले सिक्नुपर्ने कुराहरू धेरै छन्।'
विश्वास गरेको केही समयपछि रेग दाजुले पानीको बप्तिस्मा पनि लियो। प्रभु येशूले उसलाई रक्सी पिउने कुलतमाथि विजय दिनुभयो। ऊ सधैं मण्डली सभाहरूमा उपस्थित हुन्थ्यो। अनि उसले आफ्ना साथीहरूलाई सुसमाचारीय सभाहरूमा ल्याउने गर्थ्यो। विश्वास गरेको पहिलो दिनदेखि नै ऊ आफ्नो मुक्तिमा रमायो र पछिसम्म रमाउँदै रह्यो।
रेगको मुटुको रोग बिसेक भएन। तर उसले केही वर्षका निम्ति हल्का काम पायो। त्यसपछि प्रभु येशूले उसलाई स्वर्गीय घरमा बोलाउनुभयो। ऊ ख्रीष्टमा हाम्रो प्रिय रेग दाजु थियो, जसले मूलबाटोहरू र चोरबाटोहरूबाट परमेश्वरको भोजमा आउने बोलावट पाएको थियो; किनकि यसैका निम्ति उसलाई करमा पारिएको थियो। अनि यो कहाँबाट हुन आयो? यो सब एक विश्वासयोग्य गृहस्थी स्त्रीको प्रार्थनाको फल थियो; किनभने तिनले यसो प्रार्थना गरिरहेकी थिइन् 'प्रभु येशू, मलाई चलाउनुहोस्!'
अध्याय उनन्तीस : सबैजनाको कहानी सुनाउन मेरो समय पुग्दैन
संसारभरि नै यस्ता ख्रीष्ट-विश्वासीहरू छन्, जसले प्रभु येशू कस्तो हुनुहुँदो रहेछ, सो कुरा दिन प्रतिदिन आफ्नो जीवनद्वारा देखाइरहेका हुन्छन्। 'उनीहरूका शरीरहरूले उहाँको रूप धारण गरेका हुँदैनन्, तर ख्रीष्ट येशूको रूपको सुन्दरताचाहिँ उहाँमा पाइएका उनीहरूका नयाँ मन र नयाँ हृदयहरूबाट प्रकट हुन्छ; किनकि पवित्रता, प्रेम, नम्रता, दया र क्षमा जस्ता सद्गुणहरू ईश्वरीय सद्गुणहरू हुन्।' 26)
मैले अतिथिसत्कार गर्नेहरूको जीवनमा मुक्तिदाता प्रभुको रूप धारण गरिएको कुरा भेट्टाएँ। धेरैपल्ट मलाई पाहुनाको सत्कार गर्नेहरूले आफ्नो सुत्ने कोठा र स्नानघर मलाई छोड़ेर आफूचाहिँ अर्को ठाउँमा सुतेका मैले अनुभव गरें। एकपल्ट सम्मेलनको समयमा एउटा परिवारले सोह्रजनालाई आफ्नो चिटिक्क घरमा राखेको थियो। त्यस घरका बुवाआमा र उनीहरूका तीन छोराछोरीहरूले गाड़ी रक्ने गराजमा सुतेछन्। ताइवानमा मलाई यस्तो भयोः एकजना मिसनरी भाइ आगो ताजे जग्गाको छेउमा भुइँमा सुते, जब मैले चाहिँ उनको पलङमा सुत्न पाएँ। बिहान उठेर उनले रमाइलो मुद्रामा मलाई यसो भनेः 'हेर्नुहोस्, तपाईंको भन्दा मेरो सुत्ने ठाउँ बढ़ी न्यानो थियो। उनले हरेक पाहुनालाई मानो ख्रीष्ट येशूलाई झैं गरी व्यवहार गर्थे। कोलोरडोमा भएकै कुरा हो योः एकजना बहिनी आइतबार बिहान लाग्ने मण्डली सभामा गइरहेकी थिइन्, जब तिनको गाड़ी दुर्घटनामा पस्यो। तिनलाई लागेका चोटहरूले गर्दा तिनलाई तुरुन्तै अस्पताल लागेर अपरेसन गर्नुपरेको थियो। अपरेसनपछि जब तिनी होशमा आइन्, तब तिनको पहिलो वाक्य यही थियोः 'पाहुनाहरूको खाना कसले तयार गरे होला?"
प्रभु येशूले देखाउनुभएको कृपामा हाम्रो ध्यान पुरयाउनु हो भने, अवश्य हाम्रो मन उहाँले ससाना केटाकेटीहरूलाई गर्नुभएको मायामा पर्न जान्छ। उहाँका चेलाहरूका निम्ति ती मसिना केटाकेटीहरू अल्भो सम्झिने र झिजो मान्ने कारण थिए। तर प्रभु येशूका निम्ति ती मसिना नानीहरू भिजो मान्ने कारण थिएनन्। ती नानीहरूचाहिँ परमेश्वरको राज्यका हकदार हुने सुयोग्य नागरिक पो थिए। मलाई यस्तो लाग्छः उहाँ प्रौढहरूको सङ्गतमा भन्दा मसिना केटाकेटीहरूको सङ्गतमा बढ़ी सुखी हुनुहुन्थ्यो।
यस सम्बन्धमा साधु सुन्दर सिंहले आफ्ना प्रभु येशूको देखासिकी गर्थे; किनभने कसैको घरमा पाहुना बसेको बेलामा धेरैजसो उनी घरका छोराछोरीहरूसँग मिलेर भुइँमा बसेर तिनी- हरूसित खेल्ने गर्थे। एक रात त्यस घरका छोराछोरीहरूले आफ्नी आमालाई भनेः 'आमा, आज येशूलाई हामीलाई सुताउने मौका दिनुहोस् ल!' ती केटाकेटीहरूले साधु सुन्दर सिंहमा येशूलाई देखेछन्!
अर्को यस्तो घटना छ, जसले हामीलाई उस्तै कुरा सिकाउँछ। एकजना मानिस हतार गरेर एउटा ठिटोसित ठोकिन पुगेछन्, जसले आफ्नो अङ्गालोमा केही पोकाहरू बोकिरहेको थियो। त्यसपछि ती मानिसले त्यस ठिटोलाई मानो त्यो ठोकिने कारण उसैको गल्ती भएझैं गाली गर्न लागे। त्यसको छेउमा उभिने अर्को एकजना मानिसले के घटिरहेको थियो, सो आफ्नै आँखाले देखे। पछिबाट उनले त्यस ठिटोलाई ती पोकाहरू भुइँबाट उठाउन सहायता गरे र अन्तमा उसलाई यसो भन्दै केही डलरको ब्याङ्कनोट हातमा थमाएः 'म आशा गर्छु, त्यसले तिम्रो क्षतिको पूर्ति गर्ला।' तब यस प्रकारको दया कहिल्यै अनुभव नगरेको त्यस ठिटाले ती मानिसलाई सोध्योः 'हजुर, के तपाईं येशू हुनुहुन्छ?' तब उनले जवाफ दिएर उसलाई भनेः 'होइन भाइ, म येशू होइन, तर उहाँका चेलाहरूमध्ये एक हुँ।'
अरू ख्रीष्ट-विश्वासीहरू छन्, जसले उनीहरूको अपमान गरेको समयमा त्यो कुरा सहेर ख्रीष्ट येशूसित उनीहरूको समानता देखाउँछन्। क्वीटो नामक शहरमा एकजना मिसनरी जिइरहेका थिए, जो एउटा दुर्घटनामा परेछन्। खास कुरा के थियो भने, उनले आफ्नो कारमा यात्रा गर्दा-गर्दै देब्रेतिर मोड्न खोजेकी एउटी स्त्रीले आफ्नो कारमा दाहिनेबाट आएर उनको बाटो काटी र उसको कार उनको कारको पाटामा बजारेर त्यसलाई निक्कै लागेछ। दुईजना आ-आफ्ना गाड़ीबाट निस्केर आए। एकाएक त्यो स्त्री चिच्च्याउन थाली; त्यसले यी मिसनरी भाइको जाति र देशको अपमान गरी, त्यसपछि त्यसले उनलाई एक थप्पड़ लगाई। उनी आफ्नो गाड़ीमा फर्के र बसेर उनले प्रभुलाई धन्यवाद चढ़ाए। यस्तो कुरालाई आत्मसंयम भनिन्छ, जो आत्माको फल हो। पछि उनले यस घटनाको विषयमा यसो भनेर आफ्नो गवाही दिएः ‘मेरो कारको क्षति सानो भएको थियो। तर यो दुर्घटना घटेका केही दिनपछिसम्म एउटै कुरा मलाई अचम्म के लाग्दथियो भने, मसँग प्रभु येशू नहुनुभएको भए मैले त्यस स्त्रीलाई कस्तो प्रतिक्रिया देखाउनेथिएँ होला?'
डाक्टरनी इडा स्कुड्डरमा पनि बदला नलिने भावना थियो। तिनले धेरै वर्षसम्म भारतमा मसनरी डाक्टरको काम गर्दथिइन्। एकपल्ट यस्तो भयोः एकजना मुस्लिमले तिनलाई प्रश्न गरयोः 'हजुरले खराबीको बदला कहिल्यै लिनुहुन्न ; यसको खास कारण के होला?' तिनले जवाफ दिनुभन्दा पहिले तिनको एकजना हिन्दू साथीले यसरी जवाफ दिइहाले : 'तपाईंलाई थाहा छैन? डाक्टर इडाको परमेश्वर यस्तै हुनुहुन्छ। उहाँ धीरजी र प्रेमिलो हुनुहुन्छ, र डाक्टर इडा उहाँजस्तो हुनुहुन्छ।' 27)
प्रभु येशूमा निम्न दर्जाका मानिसहरूका निम्ति दया र प्रेम थियो। यसकारण हामीले उहाँलाई प्रेम गर्छौं। अनि उहाँका जनहरूमा पनि यी सद्गुणहरू हामी खूबै मनपराउँछौं। अमेरिकाको ‘येलका बोर्डन' नाम गरेका व्यक्ति ऐसआरामले भरिपूर्ण भएको धनी र प्रख्यात घरानामा हुकेका थिए। कुनै-कुनै बेलामा उनले 'स्किद-रो- मिसन' अन्तर्गत अल्लारे डुलुवाहरूको बीचमा काम गर्नेहरूको घरमा भाँडाबर्तन माझिरहेका भेट्टाइयो। एकजना ब्रिटिस प्रचारक इङ्गल्याण्ड आफ्नो घर फर्केपछि कसैले उनलाई सोध्योः 'अमेरिकामा कुनचाहिँ कुराले तपाईंलाई सबभन्दा बढ़ी प्रभावित पारयो?' तब उनले यसरी उत्तर दिएः 'मलाई सबैभन्दा घत लाग्ने कुरा करोड़पतिका छोरा विलियम बोर्डन हुन्। उनले मिसनको घरमा एउटा अल्लारे डुलुवालाई अङ्गालो मारेका मैले देखें; त्यो मलाई साह्रै राम्रो लाग्यो।
श्री पावल स्यान्डबर्ग अर्को एक व्यक्ति हुन्, जसले प्रभु येशूको देखासिकी गरे। अनि उनले प्रभुको नकल व्यर्थमा गरेनन्। एक दिन कफी पसलमा बसिरहेको र कफी पिइरहेको बेलामा उनले छेउको मानिससित बातचित गर्न लागे, जसको नाम फ्रेड थियो। पावलले फ्रेडलाई ख्रीष्टको सुसमाचार सुनाए, र अन्तमा फ्रेडलाई प्रभु येशूकहाँ फर्केको देख्ने मौका पाए। केही हप्तापछि फ्रेड बिरामी भयो। उसलाई क्यान्सर लागेको रहेछ; अब ऊ नबाँच्ने रहेछ। ऊ बसेको नर्सिङ्ग होममा घरि-घरि आईकन पावलले उसलाई नियमित रूपले भेटे। नर्सिङ्ग होमका सहयोगी कर्मचारीहरूले गर्नुपर्ने सेवा उनले उसका निम्ति गरिरहे। फ्रेडको मृत्यु हुने रातमा पावलले उसलाई आफ्नो अङ्गालोमा हालेर उसलाई पवित्र धर्मशास्त्र बाइबलबाट केही बाइबल पदहरू सुनाए। यस्तो कुरालाई म सहानुभूति र संवेदना भन्छु।
यो जापानमा भएको घटना होः त्यहाँको मण्डलीका विश्वासीहरूले एउटा सभा - घर बनाउने निश्चय गरे। उनीहरू सबै छरछिमेकीहरूकहाँ गए; कसैले यसमा कुनै आपत्ति जनाउँछ कि भन्ने कुरा थाहा पाउन उनीहरूले तिनीहरूलाई आफ्नो योजनाको जानकारी दिए। तर कसैले यस योजनाको विरुद्ध केही भनेन। तर मण्डली-भवनको निर्माण कार्य शुरु गर्ने लागेको बेलामा उनीहरूले एकजना छिमेकीको विषयमा के सुने भने, त्यस मानिसको विचारमा, उनीहरूले बनाउन लागेको मण्डली- घरले त्यस मानिसको घरको आँगनमा लाग्ने घाम छेक्नेछ। ती ख्रीष्ट-विश्वासीहरूले 'तपाईंले अगाडि किन आपत्ति नजनाउनुभएको' भनेर त्यसलाई दोष लगाएनन्, त्यसलाई हप्काएनन्। उनीहरूले निर्मातालाई त्यो भवन अलिक होचो धुरीसित बनाउने आदेश दिए। उनीहरू यसो गर्न लाग्ने खर्चा पनि बेहोर्न तयार थिए। त्यो छिमेकी छक्क पस्यो, खुशी पनि भयो। त्यसको घरको आँगनमा घाम लागेकोमा त्यो मानिस खुशी भएको अनि ख्रीष्ट - विश्वासीहरूको दयाले पूर्ण स्वभावमा छक्क परेको हो।
हामी प्रभु येशूजस्तो हुन्छौं भने, हामीमा सबै किसिमका, तल-माथि सबै तहका मानिसहरूका निम्ति प्रेम र वास्ता हुन्छ। एलियोट- परिवारमा बिहान खाजा खाने टेबलको वरिपरि बसेर सँगै पवित्र धर्मशास्त्र बाइबलको केही खण्ड पढ्ने चलन थियो। एक बिहान यस्तो भयोः घरका बुवाले परिवारका अन्य सदस्यका कानहरूमा पवित्र बाइबलको एक खण्ड पढेर सुनाइरहेका थिए; तब अचानक उनले आँगनमा मैला उठाउने मानिसले मैला - डब्बा उठाइरहेको ठ्याङ्ग-ठ्याङ्ग आवाज सुने। तुरुन्तै उनले बाइबल एकातिर राखे र झ्याल खोलेर त्यस मैला उठाउने मानिसलाई खुशीसाथ अभिवादन गरे। श्री एलियोटका निम्ति पवित्र बाइबल पढ्नु र मैला उठाउने मानिसलाई अभिवादन गर्नुको बीचमा कुनै भिन्नता थिएन। दुवै कुरा उस्तै-उस्तै पवित्र थिए। उनले पवित्र मानिएको काम र साधारण कामको भिन्नता राख्दैनथिए।
ख्रीष्ट येशूलाई जीवनको हरेक क्षेत्रमा देखाउन सकिन्छ। अब एउटा इसाई ठेकदारको बारेमा एकजना व्यापारीको गवाही सुन्नुहोस्! तिनले आफ्नो प्रतिस्पर्द्धाको बारेमा यसो भनेः 'ऊसँग कारोबार गर्दा लेखापढ़ी गरिबस्नुपर्दैन। उसले दिएको मुखको वचन काफी छ।' ती विश्वासी ठेकदारले आफ्ना ग्राहकहरूसित कहिल्यै लेखापढी गर्दैनथिए।
फुटबल खेलाड़ी थोमी वल्करको विषयमा उनको खेलपञ्चको कुरा यस प्रकारको छः 'जुन खेलमा थोमी वल्कर फुटबल खेल्छन्, त्यस खेलमा मैले रफरीको काम गर्दा बाइसजनालाई होइन, तर केवल एक्काइसजना खेलाडीलाई मात्र ध्यान दिनुपर्छ।' किनकि थोमी वल्करले कहिल्यै खेलको कुनै नियम भङ्ग गर्दैनथिए।
लेखापालसम्बन्धी सल्लाकारले 'सरकारले चालै पाउँदैन' भनेर आफ्नो ग्राहकलाई 'तपाईंले आमदामीको यति धेरै बेसी रकम नदेखाउनुहोला' भन्ने सल्लाह दिएका थिए। तब ती ख्रीष्ट- विश्वासीले के जवाफ दिए? उनले यसो भनेः 'आमदामीको पूरा हिसाब मैले देखाउनु छ; किनभने म इसाई हुँ।' हेर्नुहोस्, उनको विश्वासले कसरी उनको पुँजीमाथि अधिकार गरयो!
केही समय अघिदेखि मात्र प्रभु येशूमाथि विश्वास गरेका विक्रेताले काम गर्ने आफ्नो कम्पनीमा पुराना कारहरू बेच्दा आफ्नो ग्राहकलाई यसो भनेः 'यहाँ, यस जग्गामा मसित तपाईंलाई बेच्न लायकको कुनै गाड़ी छैन।' पुराना कारहरू बेच्ने ठेट तरिका यस्तो होइन नि, कि कसो?
एकजना इसाई डाक्टरले रोगीको झूटो बिमा अभियाचनामा सही गर्न मानेनन् र यसले गर्दा रोगीको पक्षबाट आफूमाथि भएभरको गाली निम्त्याए। मिसनरीको सामान भन्सारमा अड्कियो; किनभने उनी एजेन्टले मागेको घूस दिन तयार भएनन्।
एक ख्रीष्ट-विश्वासीले आफ्नो घर कसैलाई अढाइ लाख डलरमा बेच्ने मौखिक वचन दिएपछि अर्को ग्राहक आएर 'दुई लाख पैंसट्ठी हजार डलर दिन्छु' भने। के गर्ने? भजन १५ : ४ पदमा यसको उत्तर छ, जहाँ यसो लेखिएको छः ‘उसले आफ्नो हानिका निम्ति हुँदा पनि शपथ खाएको कुरा बदली गर्दैन।' आफ्नो इमानदारी र सुनाम गुमाउनुभन्दा पन्ध हजार डलर गुमाउनु उत्तम हो। आइतबारमा जुन धर्म अप्नाइन्छ, सोमबारदेखि शनिबारसम्म त्यही धर्ममा लागिपर्नु उत्तम हो।
अरू बेलामा हामीले उनीहरूमा ख्रीष्ट येशूसित समान रूप देख्छौं, जो मानिसहरू परीक्षामा स्थिर रहन्छन् र विजयी हुन्छन्। इसाई लोग्नेस्वास्नीले धेरै वर्ष विवाह गरेपछि बल्ल एउटा बालक पाए। तर दुःखको कुरा, केही महिनापछि त्यो दूधेबालक शिशुशैयामा मरिगयो। उनीहरूका पास्टरले उनीहरूको विषयमा निम्न गवाही दिए: 'दफन सभामा गाइएको 'हाम्रा चट्टानरूपी महान् परमेश्वर' नामक भजनले मलाई चुनौती दियो र मलाई जगायो। मैले त्यो बहिनी आफ्ना पतिसँग उभिएकी देखें, जसका गालाभरि आँसुका धाराहरू बहिरहेका थिए। तर तिनको अनुहार भरभर बलिरहेको र परमेश्वरतिर उठाइएको थियो। तिनले गाएको भजन यस प्रकारको छः
हाम्रा चट्टानरूपी परमेश्वर कति महान्!
उहाँको काम सिद्ध छ; अनि उहाँका सबै मार्गहरू हर प्रकारले सठीक छन्।
विश्वासयोग्य परमेश्वर तपाईं; तपाईंमा कुनै अन्याय हुँदैन नै। तपाईं भलो र बिलकुल सच्चा हुनुहुन्छ।
यस कुराले मलाई श्रीमती बेभर्ली वेस्टको जीवनमा घटेको घटनाको याद दिलाउँछ। एकदिन डाक्टरले तिनलाई 'तपाईंलाई क्यान्सर लागेको छ; तपाईं धेरै समय बाँच्नुहुन्न' भने। डाक्टरले तिनलाई यो कुरा भनेको केही क्षण मात्र भएको थियो, जब तिनले भाइ ग्यारी विल्सन अर्को अस्पतालमा भर्ती भएको कुरा सुनिन्। उनी पाचन- गन्थिको रोगले ग्रस्त भएका र उनको अवस्था सिकिस्त भएको थियो। यसकारण श्रीमती बेभर्लीले उनलाई तत्कालै एउटा पत्र लेखिन्, जसमा यसो लेखिएको थियोः
'प्रिय भाइ ग्यारी, बेथ र सपरिवारलगायत तपाईंहरूलाई मेरो हार्दिक जय मसीह छ। तपाईंलाई भन्न चाहन्छौं कि हामी दिनहुँ तपाईंका निम्ति प्रार्थना गरेका र दिनभरि तपाईंलाई याद गरेका हुन्छौं। अनन्त परमेश्वरका पाखुराहरूको अङ्गालोभित्र तपाईंले सान्त्वना पाउनुभएको होस्! तपाईंको जीवन उहाँको हातमा छ। तपाईंलाई उहाँको अपार अनुग्रह मिलेको होस्!
भाइ, मलाई क्यान्सर लागेको छ; मैले धेरै बाँच्नु छैन। हालैमा मेरो क्यामो चल्दैछ; यसकारण मलाई धेरै फुर्सद छ, र म प्रार्थनामा धेरै समय बिताउँछु। तपाईंका निम्ति पनि म अन्तर्विन्ती गर्दछु। तपाईंको नाम मेरो प्रार्थना-सूचिमा सबैभन्दा माथि आउँछ।
एकजना लेखकले, त्यो भन्ने सुश्री एमी करमाइकल हुनुपर्छ, गोल्ड बाइ मूनलाइट नामक आफ्नो किताबमा यसो लेखेका छन्ः 'फिलिप्पी ३:१० पदमा प्रभु येशूको पुनरुत्थानको शक्ति उहाँका दु:खहरूमा सहभागी हुने सङ्गतिभन्दा अघि राखिएको छ। हामी सबैजनाले ख्रीष्ट येशूलाई यस प्रकारले चिन्नुपर्छ। उहाँसित गेत्समनीमा र उहाँको क्रसको केही सङ्गति गर्न पाएकोमा हाम्रो कत्रो सौभाग्य!! "मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्!” भन्न सक्नलाई उहाँको शक्तिले हामीलाई सक्षम तुल्याएको होस्!'
उहाँको प्रेमको बन्धनमा,
जोहन र बेभर्लीबाट जय मसीह!
योभन्दा हल्का कुरा पनि गरौं ल! जब डाक्टरले एउटा ख्रीष्ट - विश्वासीलाई 'तपाईंको एउटा आँखा निकालेर त्यसको सट्टामा नकली काँची आँखा लगाउनुपर्छ' भनेर भने, तब उनले यसो भनेः ‘डाक्टर-साहेब, अरू कुनै उपाय छैन भने त्यसै गर्नुहोस्, तर यस्तो एउटा आँखा लगाइदिनुहोस्, जसमा चमक हुन्छ!' मित्रहरूहो, त्यो हो समर्पणद्वारा अनुकूल परिस्थितिहरूमाथिको विजय!
एकजनाले यसो लेखेका छन्ः 'ख्रीष्ट येशूका खोजी गर्नेहरूका निम्ति उहाँका सद्गुणहरू पेस गर्ने माध्यमचाहिँ हामी! कति अद्भुत!! आदर्शयुक्त जीवन चरित्र देखाएर ख्रीष्टका चेलाचेलीहरूले प्रभु येशूलाई अरू मानिसहरूका निम्ति आकर्षक तुल्याउन सक्दा रहेछन्। तीतसलाई लेखिएको पत्रमा प्रेरित पावलले उनलाई यो अर्ती दिए, कि उनले दासदासीहरूलाई 'तिमीहरूले आ-आफ्ना मालिकहरूलाई खुशी पार्नुपर्छ' भन्ने शिक्षा यस हेतुले दिनुपर्छ, कि 'यसरी नै तिनीहरूले सबै कुरा - हरूमा परमेश्वर हाम्रा मुक्तिदाताको शिक्षालाई सिँगारिदिऊन्' (तीतस २:१०)। मानिसहरूले हामीबाट सुन्न लायकको सत्यताको सन्देश मात्र सुन्न पाउनुहुँदैन, तर तिनीहरूले हाम्रो जीवनमा त्यसको अनुसरण गर्नु लायकको सत्यता पनि देख्न सक्नुपर्छ।
अध्याय तीस : भाइबहिनीहरूहो, मामुली जीवनभन्दा उच्च जीवन छ है!
एकपल्ट यस्तो भयोः माइकल अन्जेलो आफ्नो कार्यशालामा सङ्मरमरको ठूलो शिलाखण्डको सामु त्यसलाई नियाल्दै निक्कै समयसम्म उभिरहेका थिए। अन्तमा उनको सहयोगीले उनको दिवा स्वप्न सम्भेको ध्यान भङ्ग गरेर उनलाई सोध्योः 'किन तपाईं यति बेरसम्म त्यो शिलाखण्ड नियालेर हेरि- रहनुहुन्छ?' तब माइकल अन्जेलोको अनुहारमा एउटा झमकले छाया हालेको देखियो। उमङ्गको साथ उनले उसलाई जवाफ दिएर भनेः 'त्यस शिलाखण्डमा एउटा स्वर्गदूत थुनिएर बसेको छ, र म उसलाई मुक्त गर्न गइरहेको छु।'
यस कथामा एउटा आत्मिक दृष्टान्त छ। ख्रीष्ट येशू परमेश्वरको हरेक छोराछोरीमा वास गर्नुहुन्छ। प्रेरित पावलले कलस्सीका विश्वासीहरूलाई यसो भनेः 'महिमाको आशा के हो? ख्रीष्ट तिमीहरूभित्र महिमाको त्यो आशा हो' (कलस्सी १:२४)। अनि यस सम्बन्धमा गलाती २:२० पदमा पावलले स्पष्टीकरण दिएर भन्छन्ः 'ख्रीष्ट मभित्र जिउनुहुन्छ।' यसर्थ ख्रीष्ट येशू सबै विश्वासीहरूभित्र जिउनुहुन्छ। तर संसारका मानिसहरूले हामीभित्र जिउनुभएको ख्रीष्टलाई तबसम्म देख्दैनन्, जबसम्म उहाँ ‘मुक्त' हुनुभएन। हाम्रो जीवनमा ख्रीष्ट येशू तब 'मुक्त' हुनुहुन्छ, जब हामी भक्तिको जीवन जिएर उहाँको प्रदर्शन गर्छौं। यसर्थ हामीले उहाँजस्तो बोल्नुपर्छ र उहाँले जस्तो काम गर्नुपर्छ। हामीले प्रभु येशूलाई हाम्रो जीवनद्वारा उहाँकै जीवन देखाउने अनुमति दिनुपर्छ।
कहिलेकहीं मात्र उहाँको जीवन देखाउन सक्ने हाम्रो भक्तिपूर्ण व्यवहारले ख्रीष्ट येशूको प्रदर्शन हुने होइन, तर त्यो त हाम्रो निरन्तर जीवन-शैली हुनुपर्छ, त्यो हाम्रो दैनिक जीवनको फल हुनुपर्छ। यस सम्बन्धमा हामीमध्ये धेरैको समस्या के हो? हाम्रो सामु भएका मौकाहरू छोप्ने हाम्रो आत्मिक प्रतिक्रिया गर्ने चेतना साह्रै ढिलो खोल्छ। हाम्रा निम्ति एउटा अद्भुत अवसर आउँछ, जहाँ हामीले मामुली जीवनभन्दा उच्च जीवन देखाउन सक्नेथियौं, तर हामीले त्यो मौका छोप्दैनौं। त्यो सुअवर गुमाएपछि मात्र हाम्रो होश खोल्छ, र 'अहा, मैले प्रभुका निम्ति बोल्न सक्ने वा काम गर्न सक्ने यो गजबको अवसर कसरी गुमाइपठाएँ? यहाँ मैले प्रभुका निम्ति यसो गर्नुपर्नेथियो, उहाँका निम्त उसो गर्नुपर्नेथियो। तर त्यो शुभ- मौका हाम्रो हातबाट फुस्किसकेको हुन्छ। तब अरू साधारण मानिसहरूको भन्दा उच्च हाम्रो जीवन खोइ, कहाँ गयो?
संसारका मानिसहरूले प्रायः प्रभु येशूलाई सरासर इन्कार गर्दैनन्। तिनीहरूले इन्कार गरेको हामीले उहाँको प्रदर्शन गर्ने तरिका मात्र हो; किनभने यस संसारमा हामी उहाँका प्रतिनिधि हौं। तिनीहरूले हाम्रा झैझगड़ाहरू, हाम्रो रिस, हाम्रो फोहोर बोली र हाम्रा कुशब्दहरू, हाम्रो लोभलालच र हाम्रो घमण्ड आदि कुराहरू लिन मान्दैनन्। तिनीहरूले हाम्रो जीवनमा उहाँको प्रेम, उहाँको दया र उहाँको भलाइ देख्न सकेका भए कति असल हुनेथियो। तर अफसोस, तिनीहरूले त्यो कुरा देख्न पाउँदैनन्।
अब एउटा प्रश्न रहेको छ। संसारका मानिसहरूले ख्रीष्ट येशूलाई देख्दैनन् र चिन्दैनन्। यस्ताहरूको सामु हामी ख्रीष्ट येशूको आदर्श र नमुना कसरी प्रस्तुत गर्न सक्छौं? हामीले मामुली जीवनभन्दा उच्च जीवन कसरी जिउन सक्छौं? हामीले कतैबाट शुरु गर्नुपर्छ, र नम्रता, सेवाको भावना, निःस्वार्थ भावना अजाएर र अरू मानिसहरूलाई आफूभन्दा श्रेष्ठ ठानेर ख्रीष्टको मन धारण गर्नुपर्छ। भजन ९१:१ पदअनुसार हामीले परमप्रधानको गुप्त ठाउँमा वास गर्नुपर्छ अर्थात् प्रभु येशूसित नजिकैको सम्बन्ध कायम राख्नुपर्छ। हे भाइबहिनीहरूहो, पवित्र स्थानमा जिउन सक्दा-सक्दै तपाईंहरू उहाँको चोक वा आँगनमा किन उभिबस्नुहुन्छ? यसो नगर्नुहोस्, तर प्रभु येशूमा केन्द्रित रहेको उच्च जीवन जिउनुहोस्!
'तर हामी सबैजना घुम्टा नहालिएको चेहराले प्रभुको महिमा ऐनामा जस्तो हेर्दा हेर्दै प्रभुद्वारा, जो आत्मा हुनुहुन्छ, एक महिमादेखि अर्को महिमामा सर्दै त्यही रूपमा बदलिँदै जान्छौं।' २ कोरिन्थी ३:१८
यसर्थ पवित्र धर्मशास्त्र बाइबलमा जति बढ़ी हामी प्रभु येशूको रूपलाई नियालेर हेर्छौं, त्यति नै बढ़ी हामी पवित्र आत्माद्वारा उहाँको रूपमा बदली हुने रहेछौं। परमेश्वरलाई धन्यवाद होस्!
ENDNOTES:
1) Quoted from 'His victorious Indwelling', by Nick
Harrison, ed., Grand Rapids, MI: Zondervan Publishing House, 1999, pages 133-134.
2) 'The idiot', by Ware, Herts, England, 1996.
3) Adapted from the following two books:
a) 'Brothers indeed', by Frank Holmes, London, Victory Press, 1959.
b) 'Chief Men among the Brethren', by Hy Pickering, London, Pickering & Inglis, 1931.
4) Quoted from 'In all their afflictions', by Murdoch Champbell, Resolis, Scotland, self-published, n.d., pages 90-91.
5) Adapted from 'The Way of Peace', by H.A. Ironside, New York, Loizeaus Brothers, 1940, pages 176- 177.
6) Adapted from tape no. 150, 'Flirting with the Truth', by Ravi Zacharias.
7) Adapted from 'Our Daily Bread', Grand Rapids, MI, Radio Bible Class, reading of June 28, 1995; also from a tape by Lloyd Oppel, 5th of February 2000.
8) Adapted from 'The flying Scotsman', by Sally Magnusson, New York, Quartet Books, 1981, and various clippings.
9) 'The flying Scotsman', pages 9-10.
10) 'The flying Scotsman', pages 163-164.
11) 'The flying Scotsman', page 174.
12) Adoped from 'Philippians, the Gospel at work', १४३ by Merril C. Tenney, Grand Rapids, MI, Wm. B. Eardman Publishing Co, 1956.
13) Adapted from 'Living by Vows', Christianity Today, 8th October 1990 issue, pages 38-90, and 'Muriel's blessing' Christianity Today, 5th February 1996 issue.
Both articles by Robertson McQuilken.
14) Adapted from letter by Jim Haesemeyer.
15) 'From Tragedy to Triumph', by Frank Retief, Milton Keynes, England, Word Publishing 1994, page 148. 16) 'The Pilgrim', by E. Schuyler English edition, Volume
9, No. 4, April 1952, page 2.
17) London: Banner of Truth Trust, 1970, page 149.
18) Adapted from tape no. 118, 'Raised to Run', by Ravi Zacharias,
19) 'Tramp for the Lord', by Corrie Ten Boom, Old Tappan, NJ. Fleming H. Revell Co., 1974, pages 53-54.
20) One or two of the illustrations in this book are composites, combining the experience of more than one person.
21) Adapted from 'Gladys Aylward, the little woman', as told by Christine Hunter, Chicago, IL, Moody Press, pages 109-120.
22) Adapted from tape no. 118, 'Raised to Run', by Ravi Zacharias,
23) Adapted from John Nelson Darby', by Max S. Weremchuk, Neptune, NJ, Loizeaux Brothers, 1992, pages 149-150.
24) Adapted from 'Our Daily Bread', 23th August 2000. १४४
25) Used with permission of Mrs. & Mr. Louise and J.B. Nicholson Jr.
26) Daily notes of the Scripture Union. Further documentation is unavailable.
27) Adapted from 'Our Daily Bread', 9th February 1993.
के हामी यस प्रकारका इसाई हौं, जसले आइतबारमा चाहिँ यस्तरी-उस्तरी भन्दै ठूल्ठूला कुरा गर्छौं र मच्चामच्ची मजाका गीतहरू गाउने गर्छौं, तर हप्ताका बाँकी दिनहरूमा भने आत्मिक मरुभूमिमा तड्पिने किसिमले जीवन बिताइरहेका हुन्छौं? तब हामी आफूले आफूलाई यो प्रश्न सोध्नुपर्छः के यस प्रकारको मामुली इसाई जीवनभन्दा उच्च कुनै जीवन छ?
यस पुस्तकमा हामी यस प्रकारका घटनाहरूमाथि आफ्नो ध्यान लगाउँछौं, जुन सत्य घटनाहरूमा ख्रीष्टका कतिपय चेलाहरूले प्रभु येशूको वचन अक्षरशः लिए र आत्मिक वीरता देखाए। उनीहरूले शत्रुहरूलाई प्रेम गरे। उनीहरूले दुश्मन- हरूलाई क्षमा गरे। उनीहरूले खराबको सट्टामा भलाइ गरे। उनीहरूले बदला लिएनन्, बरु अन्याय सहिरहे। उनीहरूले फिर्ता पाउने आशा नगरी अरूलाई केही दिए। छोटकारीमा यसो भन्न सकिन्छः उनीहरूले त्यही काम गरे, जुन काम उनीहरूको परिस्थितिमा प्रभु येशूले पनि गर्नुहुनेथियो। किनभने उनीहरूले आफूलाई 'यही परिस्थितिमा प्रभु येशूले केकसो गर्नुहुनेथियो' भन्ने प्रश्न सोधे, त्यसपछि उहाँले जस्तो गर्नुहुनेथियो, त्यस्तै उनीहरूले त्यो काम पूरा गरेर छाड़े।
यस पुस्तकमा संकलन गरिएका सत्य जीवन कथाहरू पढ्नुहोस्! यी साधारण मानिसहरूको जीवनमा घटेका असाधारण घटनाहरूका विवरणहरूले तपाईंलाई अवश्य उत्तेजित पार्नेछन्, अनि तपाईंलाई अरू मानिसहरूलाई प्रेम गर्ने र सुकर्महरूमा जोशिलो हुने हौसला दिनेछन्। ती मानिसहरूले चाहन्थे कि परमेश्वरले उनीहरूद्वारा असाधारण कामहरू गरून्; अनि उहाँले यसो गर्नुभयो पनि।
प्रिय भाइबहिनीहरूहो, मामुली जीवनभन्दा उच्च जीवन छ है!