Christian Martyrs of the World: 1-2

संसारका ख्रीष्‍टिय शहिदहरू

अध्याय १ मा जानुहोस्

अध्याय २ मा जानुहोस्‌

भूमिका 

श्री जोन फोक्स इङ्गल्याण्डको लिन्कल्नसायर प्रान्तको बोस्टन शहरमा १५१६ सालमा जन्मेका थिए। सोह्र वर्षको हुँदा तिनी अक्सफोर्ड यूनिभर्सिटीमा पढ्न गए। त्यहाँ १५३७ सालमा तिनले बी० ए० पास गरे, अनि प्रोफेसर भए, त्यसपछि १५४३ सालमा तिनले एम० ए० पास गरे। अक्सफोर्डमा पढाउँदै गर्दा प्रोटेस्टेन्ट-मत अपनाएर तिनी हग लाटिमर र विलियम टिन्डेलका असल मित्र बने। तिनका विचारधाराहरू कलेजले स्वीकार गरेका विचारधाराभन्दा अझ उग्र/तीब्र थिए; यसैले १५४५ सालमा तिनले यूनिभर्सिटी छोड़े, विवाह गरे र लण्डन गए। लण्डनमा तिनी ड्यूक अफ नोर्फोकका नातानातिनीहरूका शिक्षक भए। 

फोक्स चर्च अफ इङ्गल्याण्डमा डीकनको रूपमा नियुक्त गरिएका थिए। तिनले केही पर्चा लेखेर र खीष्टियान शहीदहरूको वृतान्त लेख्ने काम शुरु गरेर धर्म-सुधारको निम्ति परिश्रम गरे, तर १५५३ सालमा क्याथोलिक रानी मेरीले सिंहासनमा आसन जमाउँदा तिनलाई देश छोडून कर लाग्यो। तिनको यस पुस्तकको पहिलो भाग १५५४ सालमा प्रकाशित भयो - फ्रान्सको स्ट्रासबर्ग भन्ने शहरमा। त्यसपछि जोन नक्सको क्याल्भिनी दललाई सघाउ पुरयाउन तिनी जर्मनीको फ्रान्कफर्ट - शहरमा गए; त्यसपछि तिनी स्वीजर्ल्याण्डको बासेल - शहरमा पुगे, र त्यहाँ एउटा प्रेसमा प्रूफ - रीडरको काम गर्न थाले। 

रानी मेरीको पालोमा प्रोटेस्टेन्टहरूलाई सताएका वृतान्तहरू र प्रत्यक्ष-साक्षीका वर्णनहरू बासेलमा फोक्सकहाँ पठाइए। तिनले आफ्नो पुस्तक लेख्ने काम लगातार जारी राखे, र लेखिसकेर १५५९ सालमा त्यसलाई छापेर पनि निकाले। त्यो थियो रानी प्रथम एलिजाबेथले सिंहासन आरोहण गरेको एक वर्ष पछिको कुरा। इङ्गल्याण्डमा फर्किआएर तिनले अरू वृतान्त र विवरण थपे; तिनले आफ्नो पुस्तक अंग्रेजी भाषामा उल्था गरे, अनि Actes and Monuments of these latter and perillous days भन्ने शिर्षक दिएर १५६३ सालमा छापे। 

पछिबाट The book of Martyrs भन्ने नाममा यो पुस्तक प्रसिद्ध भयो, र चारैतिर इङ्गल्याण्डका पुरिटनहरूले यसलाई पढ़े। प्रायः एक सय वर्षसम्म यस पुस्तकले रोमन क्याथोलिक सिद्धान्तको विषयमा जनताको सामान्य विचार - मतमा प्रभाव पार्‍यो। 

१५६० सालमा श्री फोक्सलाई चर्च अफ इङ्गल्याण्डको पुरोहित - पदमा नियुक्त गरियो, तर पुरिटन सिद्धान्त अपनाएका हुनाले तिनले चर्चका सबै कार्यभारहरू ग्रहण गर्न स्वीकार गरेनन्। तथापि तिनले प्रचार गर्ने काम र आफ्ना उपदेशहरू छापेर प्रकाशन गर्ने काम रोकेनन्। तिनले १५६३ सालको महामारीमा बिरामीहरूको सेवा-सुसार गरे। त्यसपछि १५७५ सालमा तिनले रानी एलिजाबेथकहाँ एना- ब्याप्टिस्टहरूलाई र १५८१ सालमा जेसुइट फादरहरूलाई नमार्ने विन्ती चढ़ाए। 

त्यसै बेलासम्म 'द बूक अफ मार्टिर्स' नामक पुस्तक इङ्गल्याण्डका मण्डलीहरूमा सबैले पढ्नुपर्छ भनी प्रतिष्ठापित भयो; यहाँसम्म कि सर फ्रान्सिस ड्रेकसँग पानी-जहासमा यात्रा गर्ने सँगीहरूलाई पनि त्यो किताब पढ़ेर सुनाइयो, र पुरिटन - परिवारहरूमा त्यो सधैं पढि न्थ्यो। तिनीहरूले आफ्ना छोरा-छोरीहरूको शिक्षामा यस पुस्कतको एउटा प्रमुख भाग छ भनी ठाने। 

१५८७ सालको अप्रिल महिनामा श्री फोक्स परलोक भए। लण्डनको क्रीपलगेट भन्ने ठाउँमा भएको सेन्ट जैल्स चर्चमा तिनको मृत-शरीर दफन गरियो। तिनको मृत्युपछि तिनकी पत्नी अझ अठाह्र वर्ष बाँचिन्। कम्तीमा उनीहरूका पाँचजना छोराछोरी थिए। 

यस प्रथम नेपाली संस्करणमा श्री फोक्सले लेखेका विशेष - विशेष विवरणहरू सरल नेपाली भाषामा उल्था गरेर राख्ने काम भएको छ; अनि नानीहरू र प्रौढ़हरू दुवैले यो पुस्तक पढेर यसलाई सजिलै बुझ्नेछन् भनी आशा गरिएको छ।

अध्‍याय १ 

शुरुका इसाईहरूमाथि परेको सतावट 

मत्तीले लेखेको सुसमाचारमा हामी पढ्छौं कि शिमोन पत्रुस नै पहिला व्यक्ति थिए, जसले प्रभु येशूलाई परमेश्वरका पुत्र भनी खुलस्त स्वीकार गरे; अनि तिनको अङ्गीकारमा परमेश्वरको सत्य प्रकाश थियो; यसैले प्रभु येशूले पत्रुसलाई 'चट्टान' भन्नुभयो, जुन चट्टानमाथि उहाँले आफ्नो मण्डली बनाउन लाग्नुभएको थियोः एउटा मण्डली, जसमाथि मृत्यु विजयी हुनेछैन (मत्ती १६:१६-१८ )। 

परमेश्वरको वचनको यस खण्डले तीनटा कुरा बताउँछ: पहलो कुरा यस संसारमा ख्रीष्टको मण्डली हुनेछ। दोस्रो कुरा – उहाँको मण्डली सताइनेछ। संसारद्वारा मात्र होइन, तर नर्क - कुण्डका सम्पूर्ण शक्तिहरूद्वारा नै। तेस्रो कुरा सतावट र अत्याचारमा परे तापनि प्रभुको मण्डली विजयी बन्नेछ। 

प्रभु येशू ख्रीष्टको यो भविष्यवाणी आजसम्मको मण्डली- इतिहासले सत्य ठहराउँछ। यस संसारका शक्तिशाली व्यक्तिहरू, राजाहरू र अन्य शासकहरूले आफूसित भएका सम्पूर्ण शक्ति र चतुरयाइँ मण्डलीको विरुद्धमा प्!ग गरे, तर ख्रीष्टको मण्डलीले सतावट र अत्याचार अझसम्म सहिरहेकै छ र डटिरहेकै छ। मण्डलीले जितेका र पार गरेका आँधीहरू असाधारण, अनौठा छन्। आफ्नो मण्डलीभित्र परमेश्वरले गर्नुभएका आश्चर्यमय कामहरू सबैले देखून् र तिनैबाट लाभ पनि उठाऊन् भनेर मैले यो इतिहास लेखेको हुँ। 

प्रभु येशू बोल्नुभएको वचन सुन्नेहरूबाट उहाँलाई सबैभन्दा पहिले ग्रहण गर्नुपर्नेहरू यहूदी फरिसी र शास्त्रीहरू नै थिए; किनभने तिनीहरूले परमेश्वरको व्यवस्था राम्ररी जान्दथे। तर तिनीहरूले उहाँलाई इन्कार गरे। रोमी सम्राटको प्रजा भएर रहनु तिनीहरूले रोजे, अनि अन्तमा रोमी सम्राटले नै तिनीहरूलाई नष्ट - ध्वस्त पारे। 

परमेश्वरको दण्ड रोमीहरूमाथि पनि कठोर प्रकारले आइपर्‍यो। प्रभु येशूका कामहरूको बारेमा साथै उहाँको मृत्यु र पुनरुत्थानको बारेमा सुनेर सम्राट तिबेरियसले रोमी राज्य-सभाको सामु यस्तो प्रस्ताव राखे कि ख्रीष्टलाई सबैले ईश्वरलाई जस्तै श्रद्धा-भक्ति चढ़ाऊन्, तर राज्य - सभाका सदस्यहरूले त्यसो गर्न इन्कार गरे। स्वर्गका राजालाई भन्दा सम्राटलाई नै धेरै श्रेय र मर्यादा दिँदै प्रत्युत्तरमा परमेश्वरले तिनीहरूको विरुद्धमा तिनीहरूकै सम्राटहरूलाई नै चलाउनुभयो, राज्य सभालाई प्रायः पूरै नाश पार्नुभयो र लगभग तीन सय वर्षसम्म रोम - शहरमाथि दुःख र विपत्ति ल्याउनुभयो। 

तिबेरियस अत्याचारी र सताउने शासक थिए। तिनले आफ्नै आमालाई मारे। तिनले आफ्नै भतिजहरूलाई, शहरका शक्तिशाली व्यक्तिहरूलाई र आफ्नै सल्लाहकारहरूलाई पनि मारे। स्यूटोनियसको विवरणअनुसार तिबेरियस यति कठोर र निर्दयी थिए कि एकपल्ट तिनले एकैदिनमा बीसजना मानिसलाई फाँसी दिने हुकुम गरे। राज्यपाल पिलातसलाई, जसको अधीनतामा हाम्रा प्रभु क्रूसमा चढाइनुभयो, रोममा पठाइयो र डफिनीको भियेन्न शहरमा निर्वासित गरियो। अन्तमा उनले त्यही शहरमा आत्महत्या गरे। केही समयको निम्ति एल्डर अग्रिपा पनि तिबेरियसको हातद्वारा कैद गरिए। 

तिबेरियसको मृत्युपछि केलिगुला सम्राट भए, जसले आफैलाई ईश्वरलाई झैं पूजा - श्रद्धा गरिएको माग गरे। तिनले बप्तिस्मा दिने यूहन्नाको हत्या गर्ने र ख्रीष्टलाई दोषी ठहराउने हेरोद अन्तिपासलाई देशबाट निकाले। तिनी आफैचाहिँ शासन गर्दै गरेको चौंथो वर्षमा हत्या गरिए। 

सम्राट क्लडियसले तेह्र वर्षसम्म निर्दयतापूर्ण शासन गरे। त्यसपछि रोमका बासिन्दाहरू सम्राट नेरोको राजशक्ति अधीनस्थ भए। नेरोले चौध वर्ष राज्य गरे। तिनले रोमी राज्य सभाका धेरैजसो सदस्यहरूलाई मारे अनि 'रोमको नाइट' उपाधि दिने सम्पूर्ण विधि-विधान पनि नष्ट - ध्वस्त पारे। तिनी यति निर्दयी र कठोर थिए कि तिनले आफ्नै आमा, आफ्नै साला, आफ्नै बहिनी, आफ्नै पत्नी र आफ्नै शिक्षकहरू सेनेका र लूकानलाई समेत मारे। त्यसपछि तिनले रोमलाई बाह्रा ठाउँमा आगो लगाएर जलाउने आदेश दिए; त्यति बेला तिनीचाहिँ होमरका कविताहरू गाउँदै बसे। त्यसो गरेको दोषबाट बाँच्नलाई तिनले रोममा आगो लगाएको आरोप ख्रीष्टियानहरूलाई लगाए। यसरी तिनले रोमका मानिसहरूलाई ख्रीष्टियानहरूमाथि सतावट र अत्याचार गर्ने एउटा कारण दिए। 

७० ख्रीष्टाब्दमा टाइटस र तिनका पिता भेस्पासियनले यरूशलेम र सारा गलील नष्टभ्रष्ट पारे, एघार लाखभन्दा धेरै मानिसहरूलाई मारे र रहेकाहरूलाई कैदी बनाईकन बेचिदिए। यसरी हामी देख्छौं कि प्रभु येशूलाई इन्कार गर्नेहरूले तिनीहरूका कामअनुसार दुःख भोग्नुपर्‍यो। 

प्रेरितहरू 

स्टिफनस शहीद भएपछि सतावट सहने प्रथम प्रेरित यूहन्नाका दाजु याकूब थिए। श्री क्लेमेन्ट भन्छन्ः जब याकूबलाई अदालतको सामु ल्याइयो, तब याकूबलाई यस दुःखमा सुम्पिदिने व्यक्तिले अब उनलाई दण्डको आज्ञा दिइनेछ र उनले मृत्यु - दण्ड भोग्नेछन् भनी जानेर आफै नै आफैभित्र हृदय र विवेकमा यस्तो प्रभावित भए कि याकूब मृत्यु - दण्ड दिइने ठाउँतिर जाँदै गर्दा तिनले 'म आफ्नै इच्छाले ख्रीष्टियान भएछु' भनी स्वीकार गरे। यसैले तिनी पनि याकूबसँग लगिए। सँग-सँगै लगिँदा तिनले याकूबसित आफ्नो दुष्कर्मको निम्ति क्षमा मागे। यस विषयमा एकछिन रोकिएर केही कुरा गरेपछि याकूबले तिनीतिर फर्केर भने 'तिमीलाई शान्ति मिलोस्, भाइ, ' र तिनलाई चुम्बन गरे। तब ती दुवैको शिर एकैसँग काटियो - ख्रीष्टाब्द ३६ सालको कुरा हो। 

प्रेरित थोमाले पार्थी, मेदी, फारसी, कर्मानी, हिर्कानी, बक्ट्रिनी र मागीहरूलाई सुसमाचार प्रचार गरे। तिनी भारतको कालामिनो भनिने ठाउँमा मारिए। 

यहूदा र साना याकूबका भाइ सिमोन - तिनीहरू सबजना मेरी क्लेओफस र अल्फयसका छोराहरू थिए तिनी याकूबपछि यरूशलेमका बिशप अर्थात् धर्माध्यक्ष भए। रोमी सम्राट ट्राजनका शासनकालमा तिनी मिस्र देशमा क्रूसमा मारिए। 

प्रेरित शिमोन, जो कनानी र जिलोटी पनि भनिन्थे, तिनले मौरितानिया, अफ्रिका र ब्रिटेनमा प्रचार गरे। तिनीलाई पनि क्रसमा झुण्ड्याएर मारियो। 

मर्कूस नाम गरेका अलेक्जाण्ड्रियाका प्रथम बिशपले मित्र देशमा सुसमाचार प्रचार गरे। तिनी पनि ट्राजनकै शासनकालमा बुकोलुस भन्ने ठाउँमा जिउँदै जलाइएर गाढ़िए। 

भनिन्छ कि बारथोलोमाइले भारतवर्षमा प्रचार गरे अनि तिनीहरूको भाषामा मत्तीले लेखेको सुसमाचार पनि अनुवाद गरे। तिनलाई कुटपिट गरियो, क्रूसमा चढाइयो र तिनको शिर काटियो - आरमेनियाको अलबिनो - पोलिस भन्ने ठाउँमा। 

पत्रुसका दाजु अन्द्रियासले सिरिया र सोग्दीका मानिसहरूलाई साथै एथियोपियाको साके भन्ने ठाउँका मानिसहरूलाई ८० ख्रीष्टाब्दमा प्रचार गरे। तिनलाई एडिस्सेनीका बड़ा हाकिम एगेइसले क्रूसमा मारे, त्यसपछि आरकैयाको पत्राए भन्ने ठाउँमा गाढ़े। श्री बर्णार्ड र सन्त साइप्रियनले यस आशिषित प्रेरितको विश्वास - स्वीकार र शहीदपनको उल्लेख गरेका छन्। कति कुरा उनीहरूबाट र कति कुराचाहिँ अन्य भरपर्दा लेखकहरूबाट लिएर हामी निम्न कोसेली बटुलबाटुल गर्छौं: 

जब अन्द्रियासले तिनको परिश्रमपूर्ण प्रचारद्वारा धेरै मानिसहरूलाई ख्रीष्टमा विश्वास गर्ने बनाए, तब बड़ा - हाकिम एगेइसले रोमी राज्य - सभाबाट सबै ख्रीष्टियानहरूलाई जबरजस्ती रोमी मूर्तिहरूलाई ढोग गर्न र तिनीहरूको सामु बलि चढ़ाउन लाउने अनुमति मागे। अन्द्रियास एगेइसलाई रोक्ने विचार गरेर उनीकहाँ गए। तिनले बड़ा - हाकिमलाई भने: 'मानिसहरूको न्याय गर्ने व्यक्तिले सर्वप्रथम स्वर्गमा हुनुहुने तिनका न्यायकर्तालाई चिन्नु र उपासना गर्नुपर्छ। सत्य परमेश्वरको उपासना- अराधना गर्दा', अन्द्रियासले भने, 'बड़ा-हाकिमले आफ्नो मनबाट जम्मै झूटा देवीदेवता र अन्धा मूर्तिहरूलाई निकाल्नुपर्छ।' 

अन्द्रियाससित अति क्रोधित भएर एगेइसले तिनलाई सोधे: ‘के तिमी हालैमा देवी - देवताहरूको मन्दिर भत्काउने र मानिसहरूलाई ख्रीष्टियान हुनु राजी पार्ने व्यक्ति हौ, जो अन्धविश्वास गर्ने पन्थ हो? यस पन्थलाई भर्खरै रोमी सरकारले गैर कानुनी भनी घोषणा गरेको छ।' 

अन्द्रियासले यसो भन्दै उत्तर दिए: 'रोमका शासकहरूले सत्य बुझेका छैनन्। यस संसारमा मानिसहरूको निम्ति आउनुभएको परमेश्वरका पुत्रले सिकाउनुभयो कि रोमी देवीदेवताहरूचाहिँ दुष्ट आत्मा हुन्, मानिसहरूका शत्रु हुन्; तिनीहरूले मानिसहरूलाई ईश्वरको अपमान गर्न सिकाउँछन् र उहाँलाई मानिसहरूदेखि आफ्नो मुहार मोड्न र तिनीहरूलाई त्याग्न लाउँछन्। शैतानको सेवा गरेर मानिसहरू विभिन्न प्रकारका दुष्ट कुराहरूमा जाकिएका छन्', अन्द्रियासले भने, 'अनि ती मानिसहरू मरेपछि तिनीहरूको बारेमा तिनीहरूले गरेका दुष्ट कामहरूबाहेक अरू केही कुराको सम्झना गरिँदैन। ' 

बड़ा-हाकिमले अन्द्रियासलाई हुकुम दिए कि अब उप्रान्त तिनले यी कुराहरू प्रचार नगर्नू, नत्रभने तिनले चाँडै क्रूसको मृत्यु भोग्नुपर्नेछ। तब अन्द्रियासले यसो भनेर उत्तर दिए: 'यदि म क्रूसको मृत्युदेखि डराएको भए म क्रूसको मान-मर्यादा र महिमाको प्रचार गर्नेथिइनँ।' तिनलाई नयाँ पन्थ सिकाएकोमा र रोमी देवीदेवताहरूको धर्म हटाएकोमा क्रूसको मृत्यु-दण्ड दिइयो। 

क्रूसमा चढाइने ठाउँतिर जाँदै गर्दा र तिनको निम्ति तयार गरेको क्रूसलाई देख्दा अन्द्रियासले आफ्नो अनुहारमा भावनाको कुनै हेरफेर देखाएनन्, न ता तिनको बोली नै कमजोर भयो। तिनी बेहोश भएनन्, न ता तिनको मन-विवेक नै अशक्त भयो – जस्तोचाहिँ प्रायः धेरैजसो मर्नै लागेका मानिसहरूको जीवनमा हुन्छ। तिनले भने: 'हे क्रूस, तँलाई म स्वागत गर्छु; तँप्रति मेरो ठूलो चाहना छ। तँमा झुण्डिनुभएको प्रभुको चेला भएको नाताले म राजीखुशी मनले, आनन्दसाथ-लालसासाथ तँकहाँ आउँदैछु; किनभने म त सधैं सधैं नै तेरो प्रेम-पूजारी भएको थिएँ र तँलाई अँगाल्ने तृष्णामा मरिमेटेको थिएँ।' 

प्रेरित मत्तीले तिनको सुसमाचार यहूदीहरूको निम्ति हिब्रू भाषामा लेखे। तिनले एथियोपिया र सारा मिस्र देशलाई प्रभु येशूप्रति विश्वास दिलाइसकेपछि राजा हिर्कानुसले तिनलाई भाला हानेर मार्नको निम्ति कसैलाई पठाए। 

असभ्य जातिहरूलाई वर्षों सुसमाचार प्रचार गरेपछि फिलिपलाई फ्रिगियाको हिरापोलिस शहरमा ढुङ्गाले लोहोरयाए र क्रूसमा झुण्ड्याएर मारे, त्यसपछि तिनलाई तिनकी छोरीसितै गाढ़े। 
प्रभुका भाइ याकूबको बारेमा हामी निम्न कुरा पढ्छौं। याकूबलाई सबैले एक धार्मिक र आदर्श सज्जन मान्थे। तिनले प्रेरितहरूको सहायता लिएर मण्डली सञ्चालन गरे। तिनी मद्य वा अन्य मादक पदार्थ पिउँदैनथे, मासु खाँदैनथे; अनि तिनले कहिल्यै आफ्नो शिर खौरेनन्। तिनलाई मात्र मन्दिरको पवित्र स्थानमा प्रवेश गर्ने अनुमति दिइएको थियो; किनभने तिनी कहिल्यै ऊनी कपड़ा लाउँदैनथे, केवल सुति लुगा मात्र लाउँथे। तिनी मात्र एक्लै मन्दिरमा पस्थे, घुँडा टेक्थे अनि मानिसहरूका पाप क्षमाको निम्ति प्रार्थना गर्थे। घरि-घरि त्यसो प्रार्थना गर्दा-गर्दै तिनका घुँडाहरू मरिसकेका थिए; कड़ा न कड़ा, केही थाहा नपाउने, ऊँटको घुँडाहरूजस्तै भएका थिए। यस्तो जीवन जिएका हुनाले सबैले याकूबलाई 'धार्मिक जन' र 'मानिसहरूको रक्षक' भन्थे। 

यहूदीहरूका धेरै प्रमुख व्यक्तिहरूको मन परिवर्तन भइसकेपछि ती शास्त्री र फरिसीहरू 'अब चाँड़ै सब मानिसहरूले प्रभु येशूलाई पछ्याउने निर्णय गर्नेछन्' भनी डराउन थाले। तिनीहरूले याकूबलाई भेटेर भने: ‘हामी तिमीसित मानिसहरूलाई नियन्त्रण गर्ने अनुरोध गर्छौं; किनभने तिनीहरू येशूलाई ख्रीष्ट नै हुन् भनी विश्वास गर्छन्। निस्तार-चाड़मा यहाँ यरूशलेममा आउनेहरूलाई ख्रीष्टको बारेमा सठीक विचार गर्ने सल्लाह देऊ; किनकि तिनीहरू सबैले तिम्रो कुरा मान्नेछन्। तिमी मन्दिरको टुप्पामा उभ, ता कि सबैले तिम्रो स्वर सुनून्!' 

शास्त्री र फरिसीहरूले याकूबलाई मन्दिरको टुप्पामा राखेर ठूलो सोरले तिनलाई भने: 'हे न्याय-प्रेमी मानिस, जसका कुरा हामीले मान्नैपर्छ; यी मानिसहरू त पथभ्रष्ट भएर क्रूसमा टाँगिएको येशूको पछि-पछि गइरहेछन्।' 

तब याकूबले यसो भनेर उत्तर दिए: 'तपाईंहरू किन मलाई येशू, मानिसका पुत्रको विषयमा सोध्नुहुन्छ? उहाँ सर्वोच्च महान् परमेश्वरको दाहिने हातपट्टि बस्नुहुन्छ र उहाँ आकाशका बादलहरूमा सवारी भएर आउनुहुनेछ।' 

यस्तो कुरा सुनेपछि त्यस धुइरोमा भएका धेरैजना उत्साहित भए अनि यसो भन्दै परमेश्वरको प्रशंसा गर्न थाले: 'दाऊदका पुत्रलाई होसन्ना! ' 

तब शास्त्री र फरिसीहरूले बुझे — याकूबलाई ख्रीष्टको बारेमा यसरी साक्षी दिने अनुमति दिएर तिनीहरूले भूल काम गरेछन्। तिनीहरू यसो भन्दै कराए: 'अहो ! यो मान्छे पनि बहकिएको रहेछ।' तब तिनीहरू माथि गएर याकूबलाई मन्दिरबाट तल फ्याँकिदिए। 

तर याकूब मन्दिरबाट खसेको कारणले मरेनन्। तिनी पल्टे, घुँडा टेके र उच्च स्वरमा भने: 'हे परमप्रभु परमेश्वर पिता, म विन्ती गर्छु, यिनीहरूलाई क्षमा दिनुहोस्; किनकि यिनीहरू के गरिरहेछन्, सो जान्दैनन्।' 
तिनीहरूले याकूबलाई ढुङ्गाले हानेर मार्ने निर्णय गरे, तर कुनै पूजाहारीले तिनीहरूलाई भनेः 'एकक्षण पर्ख! तिमीहरू के गर्न लाग्यौ? यी धर्मी मानिसले तिमीहरूको निम्ति प्रार्थना गरिरहेछन्।' तर त्यहाँ तिनीहरूको बीचमा भएको एउटा धोबीले लुगा धुने मुङ्ग्रो हातमा लिएर याकूबको शिरमा मर्ने गरी हिर्कायो। तिनीहरूले तिनलाई जहाँ तिनी खसेका थिए, त्यहाँ गाढ़े। यसरी याकूब यहूदी र अन्य जातिहरूको निम्ति ख्रीष्टको एउटा साँचो साक्षी भए। 

पहिलो सतावट 

दसओटा सतावटहरू हामी हेर्नेछौं। तीमध्ये पहिलो सतावटचाहिँ सम्राट नेरोले प्रायः ६४ ख्रीष्टाब्दमा भड्काए। उनको क्रोध ख्रीष्टका अनुयायीहरूप्रति यति भयानक थियो कि श्री यूसेबियसले यसरी लेखेका छन्: ‘जुनै पनि मानिसले मान्छेका लासहरूले भरिभराउ भएका शहरहरू देख्दछः वृद्धहरूका लासहरू जवानहरूका लासहरूसँगै लडिरहेका, अनि खुला सड़कहरूमा लडिरहेका, स्त्रीहरूप्रति कुनै आदर नराखी, स्त्रीहरूका नग्न लासहरू!' त्यस समयका धेरै ख्रीष्टियानहरूले नेरोलाई तिनीहरूप्रति भएको उनको निर्दयता र घृणाले गर्दा ख्रीष्ट-विरोधी सम्झन्थे। 

यही पहिलो सतावट-कालमा प्रेरित पत्रुसलाई मृत्यु-दण्डको योग्य ठहराइयो, तर कतिको भनाइअनुसार तिनी उम्केर बाँचे। सबैलाई थाहा छ कि धेरै ख्रीष्टियानहरूले तिनलाई रोम शहर छोड्ने प्रेरणा दिए; अनि बयान यस प्रकारको छः जब पत्रुस शहरको मूल ढोकामा आइपुगे, तब तिनले प्रभु येशूलाई तिनीसँग भेट गर्न आइरहनुभएको देखेर सोधे: 'प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?' 'म फेरि क्रूसमा चढ़ाइन आएको छु,' प्रभुको उत्तर थियो। तब तिनले दुःख भोग्नैपर्छ भन्ने कुरा बुझेर पत्रुस रोम शहरतिर फर्के। श्री जेरोमको भनाइअनुसार पत्रुसकै अनुरोधमा तिनी उधोमुन्टो पारेर क्रूसमा झुण्ड्याइए; किनकि तिनका प्रभु जसरी क्रूसमा झुण्ड्याइनुभयो, त्यसरी नै मर्नु म योग्यको छैनँ भनी तिनले भने। 

यही सतावट कालमा प्रेरित पावलले पनि सतावट भोगे। जब नेरोले उनका दुईजना मानिस फेरेगा र पार्थेमियसलाई, पावललाई फाँसी दिन ल्याउनू भनी पठाए, तब तिनीहरूले पावललाई मानिसहरूको बीचमा शिक्षा दिइरहेका भेट्टाए। तिनीहरूले तिनलाई तिनीहरूको निम्ति प्रार्थना गरिदिनुहोस्, र तिनीहरूले पनि विश्वास गर्न सकून् भनेर विन्ती गरे। तिनीहरूको बप्तिस्मा चाँडै हुनेछ भन्ने आश्वासन पावलबाट पाएपछि ती दुईजनाले तिनलाई शहरदेखि बाहिर मृत्यु-दण्ड दिइने ठाउँमा लगे, जहाँ पावलको शिर काटियो। यो सतावट भेस्पासियनको शासन-कालमा अन्त भयो। ख्रीष्टियानहरूले केही दिनको निम्ति शान्ति पाए। 

दोस्रो सतावट 

दोस्रो सतावट टाइटसको भाइ डोमिटियानको शासन-कालमा शुरु भयो। डोमिटियानले प्रेरित यूहन्नालाई पात्मोस टापुमा निर्वासित गरे; तर डोमिटियान मरेपछि ९७ ख्रीष्टाब्दमा तिनलाई एफेससमा फर्किआउने अनुमति दिइयो। त्यहाँ तिनी ट्राजनको शासन-कालसम्म तुर्की अर्थात् एशिया माइनरका मण्डलीहरूको परिचालन गर्दै र तिनको सुसमाचार लेख्दै बसे, जबसम्म तिनी मरेनन् - प्रायः १०० वर्षको उमेरसम्म। 

रोमी सम्राटहरू र त्यसको राज्य - सभाले किन यसरी ख्रीष्टियानहरूलाई सताए? सर्वप्रथम त तिनीहरूले ख्रीष्टको राज्य सांसारिक राज्य होइन भनी बुझेनन् साथै धेरै - धेरै नागरिकहरू ख्रीष्टका अनुयायी भएदेखि तिनीहरूलाई आफ्नो शक्तिशाली नेतृत्वमा बाधा आइपर्ने डर थियो। दोस्रो त, ख्रीष्टियानहरूले सत्य र जीवित परमेश्वरलाई मात्रै पुज्ने गर्थे, र झूटा रोमी देवीदेवताहरूलाई निरस्कार गरेर मान्दैनथे। अनिकाल, रोग, भुइँचालो, लड़ाइँहरू वा खराब मौसम-रोममा जे हुन्थ्यो, ती सबैको निम्ति रोमी देवीदेवताको विरोध गर्ने ख्रीष्टियानहरूलाई नै दोष लगाइन्थ्यो। 

मृत्यु-दण्ड ख्रीष्टियानहरूको निम्ति पर्याप्त दण्ड मानिँदैनथियो। यसकारण उनीहरूलाई जति सस्दो र क्रूरभन्दा क्रूर दण्ड दिइन्थ्यो। उनीहरूलाई कोर्रा लगाइन्थ्यो; उनीहरूको आन्द्राभुँडी निकालिन्थ्यो; उनीहरूलाई च्यातिन्थ्यो र उनीहरूमाथि ढुङ्गा ओइरयाइन्थ्यो। उनीहरूका शरीरलाई तातो-रातो फलामले डामिन्थ्यो; उनीहरूको घाँटी निमोठिन्थ्योः उनीहरू जङ्गली पशुहरूको अहारा हुन्थे, झुण्ड्याइन्थे र साँढेहरूका सिडले गोदिन्थे र झट्कारिन्थे। मरेपछि उनीहरूका लासहरू थुपारेर थाक -थाक लाइन्थे र दफन नगरी कुहून् भनेर ती त्यत्तिकै छाडिन्थे। यस्तो भए पनि मण्डली लगातार बढ़ि नै रह्यो—प्रेरितहरूले सिकाएको सिद्धान्तमा गहिरो जरा हालेर र पवित्र जनहरूको रगतबाट सिँचाइ पाएर। 

तेस्रो सतावट 

तेस्रो सतावट-कालमा द्वितीय प्लीनीले सम्राट ट्राजनलाई ' सतावट र अत्याचार भोग्नु योग्यको कुनै काम नगरे ता पनि दिनहुँ हजारौं - हजार ख्रीष्टियानहरू मारिँदैछन्' भन्ने अभियोग लगाएर एउटा पत्र लेखे। 

यस सतावट-कालमा इग्नाटियसलाई मृत्यु-दण्ड दिइयो; किनभने तिनले ख्रीष्टमा भएको आफ्नो विश्वास खुल्लमखुल्ला प्रकट गरे। त्यस समयमा तिनीहरू एन्तियोकमा बसेका थिए; पत्रुसपछि तिनी नै त्यहाँको बिशप भएका थिए। जब सिपाहीहरूको भारी सुरक्षामा तिनले सिरियादेखि रोमसम्मको यात्रा गरे, तब तिनले बाटोमा परेका मण्डलीहरूलाई प्रचार गरे अनि रोममा भएको मण्डलीसित तिनलाई बचाउने प्रयास नगर्ने विन्ती गरे। सिंहहरूको बीचमा फ्याँकिने दण्ड दिइँदा इग्नाटियसले भनेः 'म ख्रीष्टको खातिर गहुँ हुँ; म जङ्गली पशुहरूको दाँतद्वारा पिधिँनेछु; मैदाको रोटीझैं म शुद्ध भेटाइन सकूँ!' 

चौथो सतावट 

छोटो राहतपछि ख्रीष्टियानहरू फेरि पनि मर्कुस ओरेलियसको पालामा इस्वी संवत् १६१ सालमा सतावटको चेपटमा आइपरे; यस पल्टको सतावट भोग्नेहरूमा एकजना थिए पोलिकार्प, स्मर्नाका आदरनीय बिशप पक्राउमा पर्नको तीन दिनअघि तिनले यस्तो सपना देखे: तिनको शिरमनि भएको सिरानीमा आगो लाग्यो। जब तिनी निद्राबाट जागे, तब तिनले वरिपरिका मानिसहरूलाई भनेः तिनी ख्रीष्टको निम्ति जिउँदै जलाइनेछन्। 

एकदिन साँझमा तिनलाई पक्रेर लानेहरू आएका छन् भन्ने खबर सुनेर पोलिकार्प तिनीहरूलाई स्वागत गर्न पलङबाट उठेर गए र तिनीहरूको निम्ति भोजन तयार पार्ने आदेश दिए; त्यसपछि तिनले एक घण्टासम्म एकलै प्रार्थना गर्ने समय मागे। पोलिकार्पको वृद्ध उमेरले र तिनको शान्त स्वभावले ती सिपाहीहरूलाई यति साह्रो प्रभावित पारे कि तिनीहरू ' किन हामी यस्तो सज्जन मानिसलाई पक्रेर लान पठाइयौं' भनी अचम्मित भए तर तिनले प्रार्थना गरिसक्ने बित्तिकै ती सिपाहीहरूले तिनलाई एउटा गधामाथि चढ़ाएर तिनलाई शहरमा ल्याए। 

जब तिनले तिनलाई रक्षा गर्ने सिपाहीहरूको साथ अखाड़ामा/स्टेडियममा प्रवेश गरे, तब स्वर्गबाट यस्तो भनिएको एउटा आवाज सुनियो: 'बलियो होऊ, पोलिकार्प, र वीरता देखाऊ!' छेउछाउकाहरूमा कसैले कोही बोलेको देखेनन्, तर धेरै मानिसहरूले त्यो आवाजचाहिँ सुने। 

तिनलाई न्याय परिषद् र धुइरोको सामु ल्याएर उम्याउँदा पोलिकार्पले प्रभु येशूलाई इन्कार गर्न मानेनन्; यद्यपि राज्यपालले तिनीसित 'आफ्नो बारेमा सोच, आफ्नो वृद्ध अवस्थामाथि टिठ्याऊ! र ख्रीष्टलाई धिकार, र म तिमीलाई छोडिदिनेछु' भनी विन्ती गरे। 

पोलिकार्पले उत्तर दिँदै भने: 'मैले छयासी वर्षसम्म प्रभुको सेवा गरें, र उहाँले कहिल्यै मेरो कुनै खराबी गर्नुभएन। तब मलाई मुक्ति दिनुहुने मेरो स्वामीको अपमान म कसरी गर्न सक्छु त?' 

जङ्गली पशुहरूको सिकार हुने र जलाइने धम्की दिइँदा पनि पोलिकार्य स्थिर रहे। 'तिमीहरू केको निम्ति पर्खदैछौ? जे मन लाग्छ, त्यही गर, ' पोलिकार्पले भने। आगो लाउने दाउरा थुपार्दै र तिनलाई खाँबामा बाँध्ने तयारी गर्दै भीड़ले पोलिकार्पको मृत्युको माग गर्‍यो। 

तिनले भनेः 'मलाई केही नगर, त्यतिकै छोड़िदेओ ! जसले मलाई आगोको सामना गर्ने शक्ति दिनुहुन्छ, उहाँले नै मलाई यस दाउराको थाकबाट पछि नहट्नको निम्ति सहायता गर्नुहुनेछ।' यसकारण ती मानिसहरूले तिनलाई बाँधे, तर काँटी ठोकेर तिनलाई खाँबामा राखेनन्। पोलिकार्पले प्रार्थना गरिसिद्ध्याउने बित्तिकै आगो सल्काइयो। आगोका ज्वालाहरू तिनको वरिपरि माथि-माथि उठे, तर तिनी जलेनन्। अन्तमा भीड़ले एउटा सिपाहीलाई तिनको छातीमा तरवार रोप्न मनायो। सिपाहीले त्यसो गर्दा यति बिघ्न रगत बगिनिस्क्यो कि आगो तत्कालै निभ्यो। तब केही सिपाहीहरूले तिनको शरीरलाई आगोमा फालेर खरानी नभएसम्म जलाइदिए। त्यो खरानी केही ख्रीष्टियानहरूले पछिबाट जम्मा गरेर ठीकसित दफन गरे। 

यही सतावटमा फ्रान्सका दुईटा शहर लियोन्स र भियेन्नका ख्रीष्टियानहरूले पनि सतावट र अत्याचार सहे, जसमा भियेन्नका स्यान्क्टस, मातुरास, पर्गामसको अट्टालुस साथै ब्लान्डीना नामक स्त्री पनि थिए। तिनीहरूले अति धेरै सतावट अनि मृत्यु खूबै अटल भई र मनोहर रूपले सहे। 

२०० ख्रीष्टाब्दमा पाँचौं सतावट: 

सेभेरसको शासन-कालमा ख्रीष्टियानहरूले केही वर्ष शान्तिसित जिउन पाए। उनीहरूले दण्ड पाउने डरबिना परमेश्वरको सेवा-आराधना गर्न सके। तर केही समयपछि अनजान-अज्ञानी उत्तेजित भीड़को घृणा फेरि प्रबल भयो। पुरानो नियम - कानुन ल्याइयो र उनीहरूको विरुद्धमा प्र्‍योग गरियो। आगो, तरवार, जङ्गली पशुहरू र कैद फेरि पनि चलाइयो। ख्रीष्टियानहरूका लासहरूसमेत चिहानहरूबाट खनेर निकालिए र काटकुट गरिए। यसो भए पनि विश्वासीहरू बढ्दैरहे। त्यस समयका इतिहासकार टट्टुलियानले के लेखे भनेः यदि सबै ख्रीष्टियानहरू रोमको राज्यबाट निस्केर गएका भए रोमी साम्राज्य निक्कै कमजोर हुनेथियो।

अब त सतावट उत्तरी अफ्रिकासम्म पनि फैलिएर गएको थियो। उत्तरी अफ्रिका रोमी प्रान्त थियो र त्यहाँ धेरै विश्वासीहरूको हत्या गरियो। तीमध्ये एकजना पर्पेटुवा थिइन्, जो छब्बीस वर्षकी, विवाहित स्त्री थिइन्, जसको काखमा एउटा दूधे बालक पनि थियो। राज्यपाल मिनुटियसको सम्मुखमा लगिँदा पर्पेटुवालाई देवीदेवताहरूको निम्ति बलि चढ़ाउने हुकुम दिइयो। त्यसो गर्न इन्कार गर्दा तिनी एउटा अँध्यारो कोठरीमा हालिइन्। त्यस नानीलाई तिनीबाट खोसियो, तर पहरादारहरूमध्ये दुईजना टर्टियस र पम्पोनियसले तिनलाई दिनमा केही घण्टाको निम्ति बाहिर ताजा हावामा जाने अनुमति दिए र त्यही समयभित्र तिनलाई आफ्नो नानीको स्यारसम्भार गर्ने मौका दिइयो। 

अन्तमा ख्रीष्टियानहरूलाई न्यायाधीशको सामु देखा पर्ने आह्वान दिइयो र उनीहरूलाई आफ्ना प्रभुलाई अस्वीकार गर्ने कर लगाइयो, तर ती सबैजना सुदृढ़ रहे। जब पर्पेटुवाको पालो आयो, तब अचानक तिनको बाबु तिनको नाबालकलाई हातमा बोकिरहेका देखा परे। उनले पर्पेटुवालाई आफ्नो नानीको निम्ति आफ्नो जीवन बचाउने विन्ती गरे। न्यायाधीश पनि भावुक भएका देखा परे। उनले पनि भनेः 'आफ्नो बुवाको सेतो केशको रक्षा गर! आफ्नो नानीलाई बचाऊ! सम्राटको भलाइको निम्ति बलि चढ़ाऊ!' 
पर्पेटुवाले उत्तर दिइन्: 'म बलि चढ़ाउँदिनँ।' 

'के तिमी ख्रीष्टियान हौ?' न्यायाधीश हिलारियानसले सोधे। 'हो, म ख्रीष्टियान हुँ,' तिनले उत्तर दिइन्। 

पर्पेटुवा र त्यस दिनमा तिनीसितै न्याय गरिएका अरू जम्मै ख्रीष्टियानहरूलाई आउँदो छुट्टीको दिनमा सारा भीड़को निम्ति तमाशाको रूपमा जङ्गली पशुहरूद्वारा मारिऊन् भन्ने हुकुम दिइयो। साधारण पोशाक लगाएर उनीहरू मृत्यु-दण्ड दिइने अखाड़ामा प्रवेश भए; पर्पेटुवाचाहिँ विजयको स्तुतिगान गाउँदै प्रवेश गरिन्। पुरुषजति जम्मै चितुवा र भालुहरूद्वारा च्यातचुत पर्नेथियो। पर्पेटुवा र फेलिसितस नाम भएकी अर्की जवान स्त्री पहिले जालहरूमा नाङ्गै झुण्ड्याइए, तर भीड़ले तिनीहरूलाई लुगा लगाउने अनुमति दिइयोस् भनी माग गर्‍यो। 

जब तिनीहरू फेरि अखाड़ामा ल्याइए, तब तिनीहरूलाई मार्न एउटा जङ्गली साँढ़े छोड़ियो। फेलिसितस गम्भीर चोट लागेर ढलिन्। पर्पेटुवा साँढेको सिङले उनिएर झट्कासाथ फ्याँकिइन्। तिनको खकुलो लुगा च्यातियो, बाटिएको केश खुला भयो; ता पनि तिनी अन्तिम सास लिइरहेकी फेलिसितसको छेउमा छतपतसाथ गइन् र तिनीलाई होशियारीसाथ जमिनबाट उठाइन्। जब साँढ़े तिनीहरूमाथि फेरि जाइलाग्न मानेन, तब तिनीहरूलाई अखाड़ाबाट तान्दै निकालियो; अनि तिनीहरूको मरण हेर्न चाहने सारा भीड़ निराश भयो। अन्तमा तिनीहरू ग्लेडिएटर नामक लड़ाकूहरूद्वारा मारिन फेरि अखाड़ामा ल्याइए। पर्पेटुवालाई मार्ने काम एउटा डराइरहेको जवान मानिसलाई दिइयो, जसले तिनलाई केही पल्ट तरवारले विस्तारै घोंच्यो; किनकि त्यसलाई यस्ता दुरव्यवहार र अत्याचारका घटनाहरूको जानकारी र अभ्यास थिएन। जब पर्पेटुवाले त्यस जवान मानिसको विचलित अवस्था देखिन्, तब तिनले त्यसको तरवार आफ्नो मुटुतिर लगाइन् र मरिन्। 

२३५ ख्रीष्टाब्दमा छैटौं सतावट: 

यो सतावट सम्राट म्याक्सिमिनसले शुरु गरे। तिनले सबै ख्रीष्टियानहरूलाई खोजी खोजी पक्रने र मार्ने हुकुम गरे। एउटा सिपाही, जसले सम्राटद्वारा दिइएको जयको मुकुट लाउन इन्कार गर्दै 'म ख्रीष्टियान हुँ' भनी स्वीकार गरे, तिनलाई कोर्रा लगाइयो, कैद गरियो र मारियो। 

मूर्ति-पूजाको विरोधमा प्रचार गरेको कारणले रोमका बिशप पोन्टियानसलाई देश निकाला गरेर सर्डिनियामा पठाइयो र हत्या गरियो। ग्रीक जातिको अन्टेरोस पोन्टियानसपछि रोमको बिशप भए; तिनले शहीदहरूको इतिहास संग्रह गरे, अनि रोमको बिशप भएको चालीस दिनपछि तिनी स्वयम् शहीद भए। 

रोमको राज्य-सभाका सदस्य पम्माकियस र अरू बयालीसजना ख्रीष्टियानहरूका शिरहरू एकैदिनमा काटिए र उनीहरूका शिरलाई शहरका मूल ढोकाहरूमा झुण्ड्याइयो। प्रभुका दास कालेपोडियसलाई पहिले सड़कहरूमा घिस्याइयो, त्यसपछि घिच्रोमा जातो बाँधेर तिबर- नदीमा फालियो। रोमी उच्च कुलका व्यक्ति क्विरिटियस, तिनको परिवार र तिनका नोकरचाकरहरू क्रूरतासाथ सताइए र मारिए। उच्च कुलकी जवान स्त्री मार्टिनाको शिर काटियो; साथै प्रभुको उच्च धर्माधिकारी हिप्पोलिटस एउटा जङ्गली घोड़ासित बाँधिएर नमरेसम्म खेतबारी र खुला मैदानहरूहुँदै घिस्याइए। म्याक्सिमिनसपछि गोर्डियन रोमको सम्राट भए। तिनको शासनकालमा र तिनीपछि सम्राट हुने फिलिपको पालोमा प्रायः ६ वर्षको निम्ति मण्डलीले सतावटबाट छुटकारा पायो। तर इस्वी संवत् २४९ सालमा सम्राटले थाहा नपाईकन एउटा हिंसात्मक सतावट अलेक्जाण्ड्रियामा शुरु भयो। 

मैत्रुस, जो अलेक्जाण्ड्रियाका एक वयोवृद्ध प्रभुका चेला थिए, तिनले मूर्तिहरू पुज्न इन्कार गरे। तिनीहरूले तिनलाई लाठी - मुङ्ग्रोले हिर्काएर तीखा-तीखा झारका सुइरोले घोंचे; अन्तमा ढुङ्गाले हानेर तिनलाई मारे। क्विन्टा नाउँ भएकी एउटी ख्रीष्टियान स्त्रीलाई तिनीहरूले खुट्टामा समातेर तीखा - तीखा मसिना ढुङ्गाहरूमाथि घिसाए, कोर्राले हिर्काए, अनि अन्तमा ढुङ्गाले हानेर तिनलाई मारे। एउटी प्राय: ७० वर्षकी वृद्धा स्त्री अपोल्लोनियाले 'म ख्रीष्टियान हुँ' भन्ने साक्षी दिइन्। तब भीडले तिनलाई जलाउने बन्दोबस्त गर्दै एउटा खाँबामा बाँधे। तिनले मानिसहरूलाई 'छोडिदिनुहोस्' भन्दै विन्ती गरिन्। सायद तिनले प्रभु येशूलाई त्याग्छिन् कि भन्ठानेर त्यस भीड़ले तिनलाई बन्धन- मुक्त गरे; तर तिनीहरू सबैलाई चकित पार्ने तौरमा तिनी हुत्तिएर झट्टै ती ज्वालाहरूको बीचमा पसिन् र जलेर मरिन्। 

२४९ ख्रीष्टाब्दमा सातौं सतावट: 

त्यस बेलासम्म रोमका मन्दिरहरू प्रायः त्यागिएका थिए। तर इसाई सेवालयहरूमा चाहिँ प्रभुतिर फर्केका नयाँ विश्वासीहरूको भीड़ थियो। तब सम्राट डेसियसले अब सधैँको निम्ति हटाउन ख्रीष्टियानहरूलाई दमन गर्ने निर्णय गरे। 

मण्डलीका अगुवाहरूमध्ये रोमका बिशप फेबियान यसपल्टको सतावटको गम्भीरता सबैभन्दा पहिले अनुभव गर्नुपरेको थियो। अघिका सम्राट फिलिपले आफ्नो धन-सम्पत्तिको हरहिसाब राख्ने अभिभारा फेबियानलाई सुम्पेका थिए। जब डेसियसले धन-सम्पत्तिको जाँच गरे, तब आफूले आशा गरेको भन्दा धेरै कम्ती धन-सम्पत्ति पाए। यसकारण तिनले फिबेयानलाई पक्रन र शिर काटेर मार्न लाए। 

एफेससमा एउटा मूर्तिको मन्दिर बनाइसकेपछि डेसियसले शहरको प्रत्येक व्यक्तिलाई त्यस मन्दिरमा आई मूर्तिहरूलाई बलि चढ़ाउने आदेश दिए। यो हुकुम मान्न तिनका सातजना सिपाहीले इन्कार गरे - म्याक्सिमियानस, मार्सियानस, योहन्नेस, माल्कस, डियोनिसियस, कन्स्टान्टिनस र सेरायोन। सम्राटले, तिनी यात्राबाट फर्केर नआउन्जेलसम्म केही शान्तिपूर्ण आग्रह गर्ने र मिलाउने इच्छा राखेर तिनीहरूलाई विचार गर्ने समय दिए। तर तिनको अनुपस्थितिमा ती सातजना जेलबाट भागे र एउटा ओडारमा लुकेर बसे। डेसियसलाई यो कुरा तिनी फर्केर आएपछि मात्र बताइयो। त्यो ओडारको मुख बन्द गरियो। यसैले ती सातैजना सिपाहीहरू भोकको सिकार भएर मरे। 

थियोडोरा नाम भएकी एन्तियोककी एउटी सुन्दरी जवान स्त्रीले रोमी मूर्तिहरूलाई पुज्न र देवताहरूलाई बलि चढ़ाउन इन्कार गरिन्। यसकारण तिनी काराबासको दण्ड पाई जेलमा थुनिइन्। तिनको ख्रीष्टियान प्रेमी दिदीमसले रोमी सिपाहीको भेष लिएर थियोडोराको कोठरीमा गए। उनले थियोडोरालाई आफैले लाएका सिपाही-पोशाक र हातहतियार लगाएर उम्कन मनाए। तर जब दिदीमस प्रकट भए, तब उनलाई राज्यपालकहाँ लगियो र उनलाई मृत्यु - दण्ड दिइयो। जब थियोडोराले दिदीमसले मृत्यु-दण्ड दिइने फैसला पाएको कुरा सुनिन्, तब तिनी न्यायाधीशको चरणमा परिन् र दिदीमसलाई होइन, तर तिनलाई नै दण्ड दिइयोस् भनी विन्ती गरिन्। तब न्यायाधीशले ती दुवैको शिर काट्ने र तिनीहरूका शरीर जलाउने हुकुम दिए।

अलेक्जाण्ड्रियाको प्रसिद्ध लेखक र शिक्षक ओरिगेन चौसट्ठी वर्षको उमेरमा पक्राउ परे, साडलाले बाँधिएर कैद गरिए। तिनका खुट्टाहरू पूरा फारेर ठिङ्गुरोमा राखिए। ओरिगेन धनाढ्य र प्रसिद्ध थिए, तापनि तिनले कृपा पाएनन्। तिनलाई आगोले पोलियो, भएभरका सबै किसिमका साधनहरू प्र्‍योग गरेर तिनलाई सताए, तर तिनको धैर्य र सहने शक्तिले तिनलाई त्यस सतावटभरि सम्हाले - यद्यपि न्यायाधीशले तिनलाई सताउने र दुःख दिने मानिसहरूलाई तिनको सतावट र पीर लम्बाउने - बढ़ाउने आदेश दिए। त्यस सतावट-कालमा सम्राट डेसियस मरे। तिनीपछि आएका सम्राटले गोथ-जातिहरूको विरोधमा लडाइँ गर्न शुरु गरे। त्यस युद्धले साम्राज्यको ध्यान ख्रीष्टियानहरूमाथिबाट अन्यत्र सार्‍यो। ओरिगेन मुक्त गरिए; ६९ वर्षको उमेर पुगेर नमरेसम्म तिनी टायरमा बसोबासो गरे।

पृष्ठको शीर्षमा फर्कनुहोस्

अध्‍याय २

२५७ ख्रीष्टाब्दमा आठौं सतावट

जब भेलेरियन सम्राट बनाइए, तब पहिले त तिनी ख्रीष्टियान - हरूप्रति नम्र र कृपालु थिए; तर पछिबाट माक्रियानस नाम भएको एक मिस्री जादुगरको प्रभावमा परे। तिनले सतावट जारी राख्ने हुकुम दिए। यो सतावट तीन वर्ष छ महिनासम्म भइरहयो। 

रोमको बिशप अर्थात् धर्म-अध्यक्ष स्टिफनको शिर काटियो। टुलूसका धर्माध्यक्ष साटरनियसले देववाणी बोल्नेहरूलाई देववाणी बोल्नुदेखि रोकेको हुनाले त्यहाँका मानिसहरूले तिनलाई भीड़को साथ हमला गरेर पक्रे। देवताहरूलाई बलि चढ़ाउन इन्कार गर्दा तिनका खुट्टाहरू एउटा गोरुको पुच्छरमा बाँधियो र त्यस गोरुलाई मन्दिरको सिँढीबाट ओरालो खेदिपठाए। तिनको शिर फुटेर गिदी छिल्लीबिल्ली नभएसम्म गोरुले तिनलाई घिस्याइरह्यो। टुलूसको कुनै पनि ख्रीष्टियानलाई साटरनियसको मृत-देह बोकेर लैजाने साहस भएन। अन्तमा दुईजना स्त्रीहरूले त्यो लास उठाएर लगे र एउटा खाडलमा दफन गरे। 

रोममा तिनीहरूले लरेन्सलाई अधिकारीवर्गको सामु ल्याएर उभ्याए। तिनी इसाईहरूका पवित्र विधिहरू सम्पन्न गर्ने सेवक मात्र थिएनन्, तर मण्डलीको धन-सम्पत्ति राख्ने - बाँड्ने व्यक्ति पनि हुन् भनेर तिनीहरूले थाहा पाएका थिए। तिनीहरूले 'तिमीसित भएको मण्डलीको जम्मै धन-सम्पत्ति हामीलाई देऊ' भन्दा लरेन्सले धन-सम्पत्ति बटुल्न तीन दिनको समय मागे। तेस्रो दिनमा सास्ती दिने व्यक्तिले मण्डलीको धन- सम्पत्ति माग्दा लरेन्सले आफैले भेला गरेर ल्याएका गरिब इसाईहरूको एक झुण्डतिर आफ्ना हात फैलाएर न्यायाधीशलाई भनेः 'यिनीहरू नै मण्डलीका अनमोल धन-सम्पत्ति हुन्। ख्रीष्टको निम्ति यीभन्दा अझ अनमोल अरू हीरामोतीहरू के हुन सक्छन्? किनभने यिनीहरूमा म वास गर्नेछु भनी प्रभुले प्रतिज्ञा गर्नुभयो।' 

यसरी छल गरिँदा त्यो दोष लाउने अभियोक्ता साह्रै रिसाए। उनी रिसले पागलसरह भए। उनले लरेन्सलाई कोर्रा लाउने, चुट्ने र जलिरहेको आगोमा रातो रन्केको फलामको थलियासितै बाँधिराख्ने, त्यसपछि जलिरहेको आगोमाथि राखेको फलामको पलङमा जिउँदै राखेर पल्टाई पल्टाई पोल्ने हुकुम दिए। 

सर्वप्रथम अँग्रेज शहीद थिए - अल्बान नाम भएका एक व्यक्ति, जसलाई तिनकै घरमा शरण लिएको एउटा क्लर्क काम गर्ने व्यक्तिले प्रभुमा ल्याएका थिए। अन्तमा अधिकारी - वर्ग त्यस क्लर्कलाई खोज्दै आउँदा अल्बान त्यस क्लर्कको लुगा लाएर त्योजस्तै भएर अधिकारी- वर्गको सामु पेस भए। न्यायाधीशले अल्बानलाई चिने, अनि अल्बानले त्यस देशका देवीदेवताहरूलाई बलि चढ़ाओस्, नत्र मरोस् भन्ने हुकुम दिए। देवीदेवतालाई बलि चढ़ाउन नमान्दा अल्बानलाई खूब सताइयो र अन्तमा तिनको शिर काटियो। 

२७० ख्रीष्टाब्दमा नवौं सतावट: 

त्यो सतावट सम्राट अरेलियनको पालोमा शुरु भयो। यस पल्ट सतावट सहनेहरूमा एकजना थिए - रोमको धर्माध्यक्ष फेलिक्स, जसको शिर काटियो। जवान रोमी अगापेटस, जसले आफ्नो भू-सम्पत्ति बेचेर पैसा सबै गरिबहरूलाई बाँढिदिए, तिनलाई मानिसहरूले ख्रीष्टियान भनेर पक्रे, सताए, त्यसपछि रोमको छेउमा भएको प्रेनेस्टे शहरमा लगे, जहाँ तिनको शिर काटियो। यस शासनकालमा नाम लेखिएका शहीदहरू यति नै हुन्। 

३०३ ख्रीष्टाब्दमा दशौं सतावट: 

यस सतावटको शुरुमा सम्राट डायोक्लेसियनले आफ्नो शासन- कालको १९ वौं सालमा तिनीसितै तिनको सिंहासनमा बसी साझा - शासन चलाउन म्याक्सिमियनलाई नियुक्त गरे। तब डायोक्लेसियन र म्यास्किमियनले मिलेर उनीहरूको शासनमा सेवा पुरयाउन गलेरियस र कन्स्टान्टियस नाम भएका दुई व्यक्तिहरूलाई शासकको रूपमा चुने। यी शासकहरूको अधीनतामा इसाईहरू फेरि पनि भीषण सतावटमा परे। यो सतावट ३१३ ख्रीष्टाब्दसम्म भइरह्यो, यद्यपि डायोक्लेसियन र म्याक्सिमियनले ३०५ ख्रीष्टाब्दमै आफ्ना कार्यभरहरू छोडिसकेका थिए। 

कन्स्टान्टियस र गलेरियसले साम्राज्य आपस्तमा बाँड़े। गलेरियसले पूर्वका देशहरू लिए; कन्स्टान्टियसले फ्रान्स, स्पेन र ब्रिटेनमा शासन गर्न थाले। त्यही बेला रोमी सिपाहीहरूले म्याक्सेन्टियसलाई रोममा तिनीहरूको सम्राट बनाए। गलेरियस र म्याक्सेन्टियसले सात- आठ वर्षसम्म सतावट जारी नै राखे, तर कन्स्टान्टियसले चाहिँ आफ्नो साम्राज्यमा ख्रीष्टियानहरूलाई सहारा दिन थाले। तिनी ज्ञान - सम्पन्न, बुद्धिमान् शासक थिए; तिनी सधैँ प्रजाको भलाइ चाहन्थे, अनि कहिल्यै अन्यायपूर्ण लड़ाइँहरू गरेनन्, न ता अन्यायपूर्वक लड़ाइँ गर्नेहरूलाई नै साथ दिए। साम्राज्यका अन्य भागहरूमा मण्डलीहरूमाथि भयानक सतावट भयो, तर कन्स्टान्टियसले ख्रीष्टियानहरूलाई उनीहरूको चाहनाअनुसार जिउने र सेवा-आराधना गर्ने स्वतन्त्रता दिए; यहाँसम्म कि तिनले ख्रीष्टियानहरूलाई आफ्ना भरपर्दा अङ्गरक्षक र सल्लाहकारहरूको रूपमा नियुक्त गरे। 

कन्स्टान्टियस ३०६ ख्रीष्टाब्दमा मरे, अनि इङ्गल्याण्डको योर्क शहरमा दफन गरिए। तिनको पुत्र कन्स्टान्टाइन इङ्गल्याण्डमा जन्मेका ख्रीष्टियान तिनको पछिका शासक भए। कन्स्टान्टाइन तिनका पिताजस्तै मायालु, समर्पित शासक थिए। 

रोममा म्याक्सेन्टियसले निरंकुश शासकको रूपमा राज्य गरिरहेका थिए; उनले आफ्नै कुलीन व्यक्तिहरूलाई मार्दै, तिनीहरूका धन-सम्पत्ति आफ्नै निम्ति जफत गर्दै र जादु-टुना प्र्‍योग गर्दैरहे। यही जादु र मन्त्रतन्त्र प्र्‍योग गर्ने काम मात्र उनले खूब राम्ररी जानेका थिए। राजशासन शुरु गर्दा उनले आफू ख्रीष्टियानहरूको मित्र भएजस्तै भान पारे। यो सब उनले सबैबाट सहयोग पाउन भनी गरेका थिए, तर गुप्तमा उनले सतावट कायम राखेका थिए, चलाइरहेका थिए। 

राज्य-सभाका सदस्यहरू 

रोमका नागरिकहरू र म्याक्सेनिटयसका निरंकुशता र दुष्टतादेखि विरक्त भए; अनि तिनीहरूले कन्स्टान्टाइनसित रोममा आएर तिनीहरूलाई स्वतन्त्र गराउने अर्ज - विन्ती गरे। पहिले त कन्स्टान्टाइनले म्याक्सेन्टियसलाई उनको शासन - तरिका सुधार्न लाउने प्रयत्न गरे, तर त्यस्तो केही सुधार हुन सकेन। यसैले तिनले इङ्गल्याण्ड र फ्रान्समा सेना भेला गरे, अनि ३१३ ख्रीष्टाब्दमा सो सेना लिएर इटालीतिर प्रस्थान गरे। 
उनलाई प्रजाको सहयोग छैन भनी जानेपछि म्याक्सेन्टियसलाई आफ्नो जादु-मन्त्रतन्त्रमा र रोमतिर आइरहेको कन्स्टान्टाइनको सेनालाई बेला-बेलामा लुकी-छिपी आक्रमण गर्ने काममा भर पर्न कर लाग्यो। तर उनका यी दुवै तरिकाले कन्स्टान्टाइनको अघि बढिरहेको सेनालाई ढिलो पार्न सकेनन्।

तर रोमको नजिक नजिक आइपुग्दा आइरहेको युद्ध सम्झेर कन्स्टान्टाइन अधीर हुन थाले। तिनले म्याक्सेन्टियसले जादु - मन्त्रतन्त्र प्र्‍योग गरेर अरूलाई हराएका देखेका थिए, र तिनी पनि त्यस मन्त्रमन्त्रको विरोधमा प्र्‍योग गर्ने कुनै शक्ति आफूसित भएको चाहन्थे। एकदिन घाम डुब्दै गर्दा कन्स्टान्टाइनले दक्षिणपट्टि आकाशतिर हेरे, जहाँ तिनले एउटा चहकिलो क्रूस र यस्ता शब्दहरू देखे: 'यसैले जित! ' तिनी र तिनीसित भएका मानिसहरू यो चिन्ह देखेर अचम्मित भए - यद्यपि तीमध्ये कसैले त्यस चिनोको खास अर्थ पक्का जान्न सकेको थिएन। तर एकदिन राति कन्स्टान्टाइन सुतिरहेको समयमा ख्रीष्ट त्यही क्रूसको साथमा तिनीकहाँ देखा पर्नुभयो र तिनलाई 'लड़ाइँमा अघि अघि बोकेर लाने एउटा क्रूस बनाऊ' भन्नुभयो।

क्रूसमा कुनै शक्ति छ भन्ने धारणामा, क्रूसको अन्धविश्वासमय पूजाआजा गर्ने प्रेरणा दिन यो चिनो र सन्देश दिइएका थिएनन्। तर यी सब त प्रभु येशूको खोज गर्नुपर्छ र उहाँको नामको महिमा प्रकट गर्नुपर्छ भन्ने चेतावनी- स्वरूप दिएका थिए। 

भोलिपल्ट कन्स्टान्टाइनले बहुमूल्य पत्थरहरू जड़िएको सुनको एउटा क्रूस बनाउन लाए। आफ्नो झण्डीको सट्टामा तिनले त्यो क्रूस सेनाको अघि-अघि बोकेर हिँड़े। परमेश्वरले तिनको उद्देश्यमा आशिष दिनुभएको छ भन्ने ठूलो हिम्मत लिएर तिनी म्याक्सेन्टियससित युद्ध गर्न रोमतर्फ हतार-हतारसाथ अघि बढ़े। 

म्याक्सेन्टियसलाई अब शहरबाट बाहिर निस्केर तिबर- नदीको पारिपट्टि कन्स्टान्टाइनसित मुकाबिला गर्न कर लाग्यो। पोन्स्- मिल्भियस् नामक पुल तरेपछि म्याक्सेन्टियसले त्यो पुल भत्काए, अनि कन्स्टान्टाइनलाई फसाउने विचार गरेर नदीमाथि नौका / डुङ्गाहरू र तखता/फल्याकहरू प्र्‍योग गरेर एउटा अस्थायी, भर पर्ने नसक्ने कच्चा पुल बनाए। दुई पक्षका सेनाहरूको बीचमा भिड़न्त भयो। कन्स्टान्टाइनले म्काक्सेन्टियसलाई पछिल्तिर, अझ पछि, अझ पछि धपाए। अन्तमा सुरक्षित ठाउँमा पुग्ने हतारमा म्याक्सेन्टियसले त्यो नयाँ पुल तरेर पछि सर्ने प्र्‍योग गरे। तब उनी आफ्नै पासोमा फसे। त्यस कच्चा, अस्थिर पुलबाट उनको घोड़ा लड़ेर झस्यो; म्याक्सेन्टियस कवच र हातहतियारसहित तिबर-नदीमा डुबेर मरे। 

म्याक्सेन्टियस ख्रीष्टियानहरूलाई सताउने अन्तिम रोमी अत्याचारी सम्राट थिए। यी ख्रीष्टियानहरूलाई कन्स्टान्टाइनले तीन सय वर्षको अत्याचार, सतावट र मृत्युबाट छुटकारा दिए। कन्स्टान्टाइनले यति दृढ़तासाथ ख्रीष्टियानहरूको परमेश्वरलाई पुज्ने अधिकार स्थिर गरिदिए कि अबको एक हजार वर्षपछि मात्र उनीहरूले आफ्नो विश्वासको निम्ति फेरि कष्ट भोग्नुपर्‍यो। 

तीन सय वर्षसम्म तिनीहरूसित भएको हरेक साधन - शक्ति, राजनीति, सतावट र मृत्यु - प्र्‍योग गर्दै संसारका बलिया र धनाढ्य शासकहरूले ख्रीष्टियान धर्मलाई नामेट गर्ने चेष्टा गरे। आज ती सबै सम्राटहरू गइसके, बितिसके, तर ख्रीष्ट र उहाँको मण्डली आजपर्यन्त दृढ़ र स्थिर हुनुहुन्छ। 

३६१ ख्रीष्टाब्दमा जूलियन अधीनस्थ सतावट: 

महान् कन्स्टान्टाइनका पुत्र कन्स्टान्टियसको मृत्युपछि तिनका भाइ जूलियन सम्राट भए। उनका पिताले ख्रीष्टियान विश्वासको विषयमा उनलाई शिक्षा दिए पनि भित्री हृदयमा जूलियन अइसाई मूर्तिपूजक थिए। सिंहासनमा बस्ने बित्तिकै उनले जनसाधारणको अघि आफ्नो अइसाई, पुराना देवीदेवताहरूमाथिको विश्वास र भरोसा घोषणा गरे, र 'धर्म - त्यागी जूलियन' भन्ने उपाधि प्राप्त गरे। 

जूलियनले मन्दिरहरू खोलेर साथै शासकहरू र मानिसहरूलाई आफ्नो उदाहरण-अनुसार गर्ने हुकुम गरेर मूर्तिपूजा पुनः स्थापित गरे। तर उनले ख्रीष्टियान धर्मको विरोधमा कुनै नियम कानुन बनाएनन्। पुरानो विश्वास पुनः स्थापित गर्नमा उनीसित भएभरको जम्मै शक्ति र प्रभाव प्र्‍योग गरे तापनि उनले प्रत्येक धार्मिक सम्प्रदायलाई स्वतन्त्रता दिए। जूलियनले दिएको कुनै हुकुमले ख्रीष्टियानहरूको हिंसात्मक मृत्यु भएको विवरण पाइँदैन, तथापि कति ख्रीष्टियानहरूलाई मूर्तिपूजक राज्यपालहरू र शासकहरूको हुकुममा साम्राज्यका विभिन्न भागहरूमा फाँसी दिइयो। 

सेभेरस 

प्रेमकी देवी भेनसलाई रोमीहरूले पुज्थे, र अप्रिल महिनालाई यस देवीको जीत-हर्षोल्लास मनाउने सठीक समय मानिन्थ्यो। यस महिनाभरि देवीका मन्दिरहरूमा पूजा गर्नेहरूको भीड़ हुन्थ्यो र तिनका संगमर्मरका मूर्तिहरू फूलै फूलले सिंगारिन्थे। सेभेरस, रोमी सेनामा भएका एक ख्रीष्टियान शतपतिले अर्थात् सयजना सिपाहीहरूका अगुवाले यस लोकप्रिय प्रथाको विरोधमा बोल्ने साहस गरे; तिनले यस अइसाई धर्म-विधिमा भाग लिन मात्र इन्कार गरेनन्, तर भेनस देवीको निन्दा र भर्त्सना पनि गरे। तिनका वचनमा क्रोधित भएर भीडले सेभेरसलाई समातेर तिनलाई तान्दै न्यायाधीशको सामु पेस गरे। तिनले न्यायाधीशको अघि दृढ़तापूर्वक आफ्नो विश्वास व्यक्त गरे; तब तिनलाई भेनस देवीको मन्दिरको सामु लगेर तिनलाई बेइज्जती गर्ने, नाङ्गोझार पार्ने र छालाको डोरीले टुप्पामा फलामको टुक्रा भएको 'प्लमबेटे' भनिने कोर्राले हिर्काउने दण्ड - आज्ञा दिइयो। दुईजना बलिया - बलिया मानिसहरूले सेभेरसलाई हिर्काए। त्यसपछि तिनलाई सरकारी जल्लादहरूकहाँ सुम्पिइयो; तब तिनको शिर काटियो। 

कासियान 

कासियान रोमदेखि केही टाढामा भएको एउटा शहरमा स्कूल- शिक्षक थिए। मूर्तिहरूलाई बलि चढ़ाउन इन्कार गर्दा तिनी पक्राउ परे; तिनका छात्रहरूले तिनलाई पटक्क मन पराउँदैनथिए, यसैले तिनका न्यायाधीशले तिनकै छात्रहरूलाई तिनलाई दिइने दण्डको फैसला गर्ने अधिकार सुम्पनुपर्छ भन्ने निर्णय गरे। तिनलाई बाँधेर तिनका छात्रहरूको जिम्मामा दिइयो। ती छात्रहरू आफ्नै तरिकामा मैन लगाएको तख्तामा लेख्दा प्र्‍योग गरिने तीखो टुप्पा भएका फलामका सुईहरूले तिनीमाथि जाइलागे र तिनलाई घोंचेर मारे। 

थियोडोरस नाम भएका एक ख्रीष्टियानलाई बन्दी बनाइयो र खूब सताइयो। सास्ती दिने पलङबाट निकालेर 'यस्तो कष्टमय यातना तिमीले कसरी यति धैर्यसाथ सहन सक्यौ' भनी तिनलाई सोधियो। तिनले यसो भन्दै जवाफ दिए: 'पहिले त मैले केही कष्ट अनुभव गरें, तर त्यसपछि एउटा जवान मानिस मेरो छेउमा देखा पस्यो, जसले मेरो अनुहारमा भएको पसिना पुछिदियो र चिसो पानी दिएर मलाई ताजा बनायो। मलाई यस्तो आनन्द भइरहेथ्यो कि त्यहाँबाट निकालिँदा मलाई नमीठो लाग्यो।' 

मार्कस 

थ्रेसको अरेथूसा शहरका धर्माध्यक्ष मार्कसले एउटा मन्दिर भत्काए र त्यस ठाउँमा एउटा ख्रीष्टीय सेवालय अर्थात् एउटा गिर्जाघर/चर्च बनाए। यसले त्यस शहरका अइसाई मानिसहरू खूबै रिसाए; तिनीहरूले धर्माध्यक्ष एकलै भएको मौका पर्खे र त्यस्तै एकदिन तिनलाई पक्रे। लाठीले तिनलाई कुटेपछि तिनीहरूले तिनलाई 'तिमीले भत्काएको मन्दिर फेरि बनाउँछौ कि बनाउँदैनौ' भनेर सोधे। मार्कसले 'बनाउँदिनँ' मात्र भनेनन्, तर 'कसैले त्यो मन्दिर फेरि बनायो भने म त्यो भत्काइदिनेछु' भनेर धम्काए। तिनलाई अत्याचार गर्नेहरूले तिनलाई कुनै तरिकाले दण्ड दिने उपाय निकाल्न वरिपरि हेरेर विचार गरे; अन्तमा तिनीहरूले एक असाधारण निष्ठुर तरिकाले दण्ड दिने योजना निधो गरे। तिनीहरूले मार्कसलाई डोरीहरूले बाँधे, त्यसपछि तिनलाई एउटा ठूलो टोकरीमा हाली तिनको शरीरभरि मह पोतिदिएर एउटा रूखमा झुण्ड्याए। रूखमा झुण्ड्याइएपछि एकपल्ट फेरि मार्कसलाई त्यो भत्काइएको मन्दिर बनाउने कि नबनाउने भनी सोधियो; तिनले मन्दिर फेरि बनाउन मानेनन्। तब तिनलाई ती सन्ताप र सास्ती दिनेहरूले तिनी बछ्यूँहरूले चिलेर - डसेर मरोस् भनी त्यही रूखमा छोडिराखे। 

गोथ्सहरूले गरेको सतावट 

महान् कन्स्टान्टाइनको शासन कालमा बार्बारी/असभ्य जातिहरूको देशमा सुसमाचारको ज्योतिले प्रवेश गर्‍यो। उत्तर-पूर्वीय युरोपमा जसलाई त्यस बेलामा साइथिया भनिन्थ्यो, त्यहाँका केही गोथ्सहरू प्रभु येशूलाई मान्ने भए, तथापि धेरै - धेरै गोथ्सहरू मूर्तिपूजरहरू नै भइरहे। 

पश्चिमी गोथ्सका राजा फ्रिट्गेर्न रोमी जातिका मित्र थिए, तर पूर्वीय गोथ्सका राजा अथानारिकचाहिँ रोमीहरूको विरुद्धमा लडाइँ गर्दैथिए। फ्रिट्गेर्नको क्षेत्रभित्र बसेका ख्रीष्टियानहरू शान्तिमा जिइरहेका थिए, तर रोमीहरूद्वारा पराजित भएको अथानारिकले चाहिँ आफ्नो रिस तिनको देशमा भएका ख्रीष्टियानहरूमाथि पोखाए। 

राजाको रिस अनुभव गर्ने पहिलो व्यक्ति सबस थिए। तिनी एक नम्र, सुशील, प्रभुको मण्डली बढ्दै गएको देख्न चाहने व्यक्ति थिए। अथानारिकले यस्तो आदेश चारैतिर पठाए: 'मेरो देशमा हरेक व्यक्तिले देवीदेवताका मूर्तिहरूलाई बलि चढ़ाउनुपर्छ र बलि चढ़ाएको पशुको मासु खानुपर्छ। यसो गर्न अस्वीकार गर्नेहरू मारिनेछन्।' ख्रीष्टियान शाखा - सन्तान हुने गोथ्सहरूले आफ्ना मानिसहरूलाई बलि नचढ़ाएको पशुको मासु खुवाइदिए, तर सबसले यसरी सजिलैसँग उम्कने उपाय पालन गर्न मानेनन्। नयाँ कानुन पालन गर्न इन्कार गर्दै तिनले जनताको सामु यसो पनि भने: 'जतिले बलि चढ़ाएको मासुको सट्टामा अर्को मासु खान्छन्, तिनीहरू साँचो ख्रीष्टियान होइनन्।' 

सबस चाँड़ै पक्राउ परे, र न्यायाधीशको सामु लगिए। तिनलाई एक गरिब, साधारण व्यक्ति देखेर ती न्यायाधीशले तिनलाई छोड़िदिए। केही दिनपछि सबस सन्सला नामक ख्रीष्टियान मिशनरीलाई भेट्न गए; सन्सलाकहाँ गएको तेस्रो दिनमा एक दल सिपाहीले ती दुवैलाई पक्रे। सन्सलालाई लुगा लाउने र घोड़ामा चढेर जाने अनुमति दिइयो, तर सबससित चाहिँ लुगाहरू छोडिराखेर हिँड्ने जबरजस्ती गरियो। त्यस लामो यात्रामा तिनलाई सिपाहीहरूले बाटोभरि कुट्दै -पिट्दै काँडाघारी र पोथ्राहरूको बीचबाट हिँडाएर लगे। साँझमा तिनलाई दुईटा ठूल्ठूला खाँबामा तन्काएर राख्थे, खुट्टाहरू एउटा खाँबामा र हातहरूचाहिँ अर्को खाँबामा बाँधेर। त्यसरी तिनीहरूले तिनलाई रातभरि राख्थे। एउटी स्त्रीले तिनलाई टिठाएर त्यस बन्धनबाट छोड़ाइदिँदा पनि सबसले भोगिजान मानेनन्। 

बिहान ती सिपाहीहरूले ती दुवैलाई आफ्नो धर्म - विश्वासलाई इन्कार गर्न र मूर्तिहरूलाई चढ़ाएको मासु खान लाउने चेष्टा गरे। तर उनीहरूले अस्वीकार गरे; अन्तमा तिनीहरूले सन्सलालाई छोडिदिए, तर सबसलाई चाहिँ तिनीहरूले नदीमा डुबाएर मारे। 

निसेटस आफ्ना बुवाआमासित डानूब नदीको छेउमा बस्ने गोथ जातिका थिए, जो ख्रीष्टियान पनि थिए। एकदिन अथानारिकले यस्तो हुकुम गरे: 'सारा ख्रीष्टियानहरूले आ-आफ्ना शहरहरूमा रथमा चढाएको एउटा मूर्ति घुमाउनुपर्छ; जस-जसको घरको सामु त्यो मूर्ति भएको रथ अड़िन्छ, त्यस घरका सबले त्यस मूर्तिलाई पूजा गर्नुपर्छ।' जब त्यो मूर्ति तिनको घरमा आइपुग्यो, निसेटसले घरदेखि बाहिर निस्कन मानेनन्; यसकारण त्यस घरमा आगो लगाइयो, र त्यस घरभित्र भएका सबैजना जलेर मरे। 

४२९ ख्रीष्टाब्दमा वन्डालहरूद्वारा गरिएको सतावट: 

पूर्व-जर्मनीमा बस्ने वन्डाल जातिका मानिसहरू स्पेनबाट समुद्र तरेर अफ्रिकाको उत्तरी समुद्र-तटमा पसे, अनि त्यहाँको रोमी पल्टनलाई हराए। तिनीहरूले सारा देश तिनीहरूका नेता गेन्सेरिकको नेतृत्वमा जिते। वन्डालहरू एरियन सम्प्रदायका थिए; यसकारण तिनीहरूले भेटेको प्रत्येक सुन्दर अथवा बहुमूल्य कुरा भत्काउँदै र सबै ख्रीष्टियानहरूका शहर-नगर ध्वस्त पार्दै भेटेका जम्मै ख्रीष्टियानहरूसित दुर्व्यवहार गरे। तिनीहरूले अन्नका खेतबारीहरू पनि जलाइदिए, यस हेतुले कि तिनीहरूका तरवारदेखि उम्केका ख्रीष्टियानहरू अनिकालले मर्नेथिए। तिनीहरूले गिर्जाघरहरू लुटे अनि विभिन्न निर्दयी तरिकाले धर्माध्यक्षहरू र पास्टरहरूको हत्या गरे। प्रायःजसो तिनीहरूले पक्रेका मानिसहरूलाई नदी-समुद्रमा डुबाउँदै उनीहरूका घाँटीमा बासी, मैला- गन्हाउने तेल खन्याइदिन्थे। अरूहरूलाई तिनीहरूले उनीहरूका हातखुट्टा डोरीले बाँधेर नसाहरू नफुटुन्जेत तन्काएर राख्दै शहीद बनाए। वृद्ध मानिसहरूले तिनीहरूबाट दया पाएनन्; निर्दोष-अनजान बालकहरूले पनि तिनीहरूको बर्बरताको रिस अनुभव गरे। 

जब कुनै शहरले तिनीहरूको विरोध गर्‍यो, तब ती वन्डालहरूले थुप्रै ख्रीष्टियानहरूलाई ल्याएर शहरका पर्खालहरूमा मार्थे र लासहरू पर्खालहरूका फेदमा त्यसै त्यहाँ कुहनलाई तबसम्म छोड़िराख्थे, जबसम्म प्लेगबाट बाँच्नलाई त्यस शहरका मानिसहरूले आत्म-समर्पण गर्दैनथे। 

कार्थेज शहर जितेपछि वन्डालहरूले त्यस शहरका धर्माध्यक्ष र धेरै अरू ख्रीष्टियानहरूलाई पानी छिरेर पस्ने जहाजमा हाले अनि सबैजना डुबेर मरून् भन्ने विचार गर्दै जहाज समुद्रमा छाल-तरङ्गमा छोड़िदिए। तर त्यो जहाज सुरक्षित अवस्थामा अर्को बन्दरगाहमा आइपुग्यो। कति ख्रीष्टियानहरूलाई हिर्काउने, कोर्रा लाउने र मरुभूमिमा छोडिदिने काम भयो, तर परमेश्वरले यस्ता प्रियहरूलाई मूर जातिका धेरै व्यक्तिहरूलाई प्रभुमा ल्याउने काममा प्र्‍योग गर्नुभयो। यो कुरा थाहा पाउनासाथ गेन्सेरिकले ती ख्रीष्टियानहरूलाई र उनीहरूद्वारा प्रभुमा आएका नयाँ विश्वासीहरूलाई पनि आफ्ना खुट्टाहरू रथहरूमा बाँधेर तिनीहरूलाई टुक्रे-टुक्रा नभइन्जेल रथ कुदाएर घिसार्ने आज्ञा दिए। 

युरीसका धर्माध्यक्षलाई जलाइयो, अनि हबेन्साका धर्माध्यक्षचाहिँ पवित्र पुस्तकहरू सुम्पन इन्कार गर्दा देशबाट निकालिए। खूबै भक्त ख्रीष्टियान अर्किनिमसलाई न्याय गर्न गेन्सेरिकको सामु ल्याइए। तिनलाई आफ्नो विश्वासमा दृढ़ पाउँदा गेन्सेरिकले तिनलाई शिर काटेर मार्ने हुकुम दिए, तर तिनले शिर काट्ने मान्छेलाई सुटुक्क यसो भने: 'यदि त्यो कैदी साहसी छ र मर्न इच्छुक छ भने त्यसलाई नमार ! म त्यसले शहीद भई मरेर इज्जत पाएको चाहन्नँ।' जब शिर काट्ने मान्छेले अर्किनिमसलाई मर्न खूबै इच्छुक भएको पायो, तब त्यसले तिनलाई कैदखानामा फर्काइलग्यो। कैदखानाबाट तिनी चाँड़ै हराए, शायद राजाको हुकुममा तिनलाई गुप्तमा हत्या गरेर मारियो। 

कार्थेजका एरियन धर्माध्यक्ष सिरिल्लाचाहिँ आफ्नो सिद्ध-शुद्ध विश्वास प्रकट गर्ने ख्रीष्टियानहरूको घोर विरोध गर्ने शत्रु थिए। उनले गेन्सेरिकलाई 'तपाईंले आफ्नो प्रजाका यति धेरै मानिसहरूलाई ख्रीष्टयान-धर्म अपनाएर शान्ति उपभोग गर्ने अनुमति दिनुहुँदैन' भनी मनाए। तब गेन्सेरिकले पहिले सांसारिक लाभका कुराहरू दिने प्रतिज्ञा गर्दै ख्रीष्टियानहरूलाई उनीहरूका विश्वासबाट फर्काउने प्रयास गरे, तर उनीहरू विश्वासमा स्थिर बसे। उनीहरूले भने: 'हामी एउटै प्रभु र एउटै विश्वास स्वीकार गर्छौं। तपाईंले हाम्रा शरीरसित जे मन लाग्छ, त्यही गर्नुहोस् ! हाम्रा निम्ति अनन्तको दुःखकष्ट सहनुभन्दा थोरै दिनको दुःखकष्ट सहनु असल हुन्छ।' त्यति धेरै मानिसहरूलाई एकैचोटिमा मार्ने असल - सफल तरिका खोज्दै यी राज्यपालले अन्तमा ती जम्मै ख्रीष्टियानहरूलाई दाउरा र परालले भरिएको एउटा पानी-जहाजमा हाल्ने हुकुम गरे। त्यस जहाजमा आगो लगाइयो र त्यसमा भएको प्रत्येक व्यक्ति डुबेर मरे कि त जलेर मरे। त्यस जहाजमा भएका प्रमुख ख्रीष्टियानहरूका नाम रस्टिकस, लिबराटुस, रोगाटस, सरभस, सेप्टिमस र बोनिफेस थिए। 

टेलेमाकुस 

थोरै समयको निम्ति अलारिक नाम गरेका गोथमाथि विजय प्राप्त गरेको कारणले रङ्गशालामा/एम्फिथियटरमा ग्लेडिएटर नामक लड़ाकूहरूले मरणान्त खेलमा लड़ेका हेर्दै रोमीहरूले विजय - समारोह मनाइरहेको समयमा अचानक एउटा आकृति साहसपूर्वक रङ्गशालामा हाम फालेर झस्यो। त्यो आकृति त टेलेमाकुस थिए। टेलेमाकुस सन्यासीझैं एकान्त - वासीहरूमध्ये एक थिए। ती एकान्त - वासीहरूले प्रार्थना गर्दै र स्वार्थ-त्याग गर्दै एक पवित्र जीवन बिताउँथे। उनीहरू रोमी जीवनका दुष्टताहरूदेखि टाढा बस्थे। यद्यपि थोरै रोमीहरूले मात्र उनीहरूको उदाहरणको अनुकरण गर्थे, तथापि रोमीहरूमध्ये धेरैले नै यी एकान्त- वासीहरूको ठूलो मान गर्थे। रोमीहरूमध्ये थोरै जनाले टेलेमाकुसलाई चिन्दथे, र तिनी मण्डलीहरूको परिदर्शन गर्न र उनीहरूसँग बड़ा-दिन मनाउन तुर्की अर्थात् एशिया माइनरका उजाड़स्थानहरूबाट रोममा आएका थिए भनी जान्दथे। 

एकक्षिण पनि नअत्तालीकन टेलेमाकुस को मर्ने, को जिउने संग्राममा लागिपरेका दुईजना ग्लेडिएटरहरूकहाँ पुगे। एकजनाको काँधमा आफ्नो हात राखेर तिनले त्यस ग्लेडिएटरलाई निर्दोष रगत बहाएकोमा कठोर शब्दमा सम्झाए, हप्काए। त्यसपछि तिनको वरिपरि भएका हजारौं क्रुद्ध अनुहारहरूतिर फर्केर तिनले ती मानिसहरूलाई भनेः 'परमेश्वरले कृपापूर्वक तिमीहरूका शत्रुहरूको तरवार तिमीहरूबाट हटाइदिनुभएको छ; यो निगाह पाएको साटोमा एक-अर्कालाई हत्या नगर!' 

झोकिएका सोरहरूले तिनको सोर ढाकिदिए: 'यो प्रचार गर्ने ठाउँ होइन! ग्लेडिएटरहरूको संग्राम जारी रहोस्!' टेलेमाकुसलाई एकातिर धकेलेर ती दुई ग्लेडिएटर फेरि भिड़िन तयार भए, तर टेलेमाकुस ती दुईको बीचमा खड़ा भए। यसरी बाहिरबाट आएर कसैले तिनीहरूको मनपर्दो कामधन्धामा बाधा दिएकोमा ती ग्लेडिएटरहरू रिसाए, टेलेमाकुसमाथि जाइलागे र तिनलाई तरवारले घोंचेर मारे। 

धुइरोको बीचमा सन्नाटा छायो - ती धर्मी जनको मृत्युले आघात भएर; तर तिनको मृत्यु व्यर्थै भएन; किनभने त्यस दिनदेखि उप्रान्त त्यस रङ्गशालामा ग्लेडिएटरहरूको भिड़न्त हुन छोड़ियो। 

स्पेनको धर्माधिकरण 

रोमन् क्याथोलिक चर्चको धर्माधिकरण (inquisition) त्यस युगमा, मानिसले रचेका सबैभन्दा भयानक निरंकुश र क्रूर साधनहरूमध्ये एउटा थियो। यस क्रूर साधनको प्र्‍योग प्रायः सन् १२०० सालदेखि शुरु भयो, जुन बेला तृतीय इन्नोसेन्ट नामक पोपले क्याथोलिक चर्चसित नमिल्ने वाल्डेन्सी र अन्य सम्प्रदायहरूकहाँ धर्म-परीक्षकहरू अर्थात् जाँचबुझ गर्ने अधिकारीहरूलाई पठाए, र यो निरंकुश प्रथा १८०८ सालसम्म प्रचलित रहयो। यस प्रथाले स्पेनमा जिइरहेका प्रोटेस्टेन्टहरू जम्मै पिसिए, दबाइए: गन्ती गर्दा ३१ '९१२ मानिसहरू जिउँदै जलाइएर मारिए, २ '९१ '४५० जना कैद गरिए। टोर्केमाडाका थोमस नाम गरेका डोमिनिकी मठवासीले १८ वर्षसम्म सचालन गरेको धर्माधिकरणमा १० २२० मानिसहरू जलाइए, ९७ ३२२ जनाले सम्पत्ति गुमाए अथवा कैदको दण्ड भोगे। त्यसमा मुख्य सिकार स्पेनका नागिरकहरू थिए, तथापि अरू पनि त्यसको सिकार भए। 

विलियम लिगो 

विलियम लिगो १५८० सालतिर जन्मेका एक अंग्रेज थिए। यात्रा गर्न मन पराउने हुनाले तिनी इजिप्टको अलेक्जाण्ड्रिया-शहरतिर गइरहेका थिए; तिनलाई अचानक नौजना मानिसहरूले आक्रमण गरे। तिनीहरूले तिनको शिरमा एउटा कालो लबेदा फ्याँके, अनि तिनलाई तान्दै-घिसार्दै स्पेनको मलागामा भएको गभर्नर/राज्यपालको घरमा लगे। त्यहाँ तिनलाई तिनी एक अंग्रेज जासुस हुन् भनी दोषारोपन गरियो। तिनले भनेको कुनै पनि कुराले स्थानीय अधिकारीवर्गलाई तिनी भ्रमण गर्न आएका एक पर्यटक हुन् र केवल त्यस शहरबाट भएर गइरहेका थिए भनी विश्वास गराउन सकेन, यसैले जबसम्म तिनले दोष स्वीकार गर्दैनथिए, तबसम्म तिनलाई सताउने - सास्ती दिने निर्णय गरियो। सास्ती दिने पलङमा राखेर तिनलाई सताइयो। त्यसपछि तिनलाई 'के तिमी पोपको परम - अधिकारलाई मान्यता दिन्छौ?' भनी प्रश्न गर्दा तिनले भने: 'कुनै कारण र आधारबिना तिमीहरूले काल्पानिक राजद्रोहको निम्ति मलाई प्रायः मारयौ | अब के तिमीहरू मलाई मेरो धर्मको खातिर एउटा शहीद बनाउन चाहन्छौ?' 

'तिमीलाई एउटा जासुसको रूपमा बन्दी तुल्याइएको छ; तिमीमाथि विश्वासघातको आरोप लगाइएको छ,' तिनलाई सोधनी गर्ने व्यक्तिले भने; 'सायद तिमी जासुस होइनौ होला, तर तिमीसित भएका पुस्तकहरू र लेखहरूबाट हामीले तिमी निश्चय पनि एउटा विधर्मी हौ भनी थाहा पाएका छौं; यसकारण तिमी अहिलेसम्म तिमीले पाएका दण्डहरूभन्दा अझ कठोर दण्ड पाउने योग्यका छौ।' 

तिनीहरूले लिगोलाई आफ्नो मन परिवर्तन गर्ने वा नगर्ने आठ दिनको समय दिए। त्यस समयभरि त्यस सोधनी गर्ने व्यक्ति र अरूले तिनीसित घरिघरि तर्क-वितर्क गरे, तर त्यसबाट केही लाभ भएन। अन्तमा तिनीहरूको तर्क-वितर्कको केही प्रभाव नभएको र तिनीहरूले दिएका सतावटहरूका डर-धम्कीले तिनलाई विचलित पार्न नसकेको अनुभव गर्दा तिनीहरूले लिगोलाई एकलै छोडिदिए। आठ दिन चाँडै बिते। लिगोलाई फेरि एकपल्ट मन परिवर्तन गर्ने र प्राण बचाउने मौका दिइयो। 'म मृत्यु वा आगोदेखि डराउँदिनँ,' तिनले उत्तर दिए, 'म दुवैको निम्ति तयार छु, यसर्थ तपाईंहरूलाई मन लागेअनुसार जे-जस्तै खराबी र तुच्छ दण्ड दिनुहोस्!' 

त्यस रातमा लिथ्गोलाई एघार किसिमका सन्तापपूर्ण यातना दिने फैसला गरियो; ती सबै यातना दिइँदा पनि नमरे तिनलाई ग्रानाडा भन्ने ठाउँमा लाने र इष्टरपछि जलाएर मार्ने दण्ड - आज्ञा दिइयो। एघार किसिमका यातना तिनलाई निष्ठर निर्दयतासाथ दिइयो, तर परमेश्वरले तिनलाई शारीरिक र मानसिक शक्ति दिनुभयो, र तिनी बाँचे। त्यसपछि लिथगोले आफ्नो सतावटको अन्त ल्याउने दिन समर्पणसाथ पर्खे। 

लिथ्गो स्पेनका होइन, तर इङ्गल्याण्डका नागरिक भएका हुनाले यी सबै कुरा खूबै गुप्त रूपले गरिएको थियो, तर एउटा नोकर केटोले नगरका मेयरले एक रात खानाको समयमा लिथगोको विषयमा कुराकानी गरेका सुन्यो, र उसले शहरमा भएको एक अंग्रेज व्यापारी श्री वाइल्डलाई सो कुरा सुटुक्कै भनिदियो। वाइल्डले लिगोको कथा शहरमा भएका अन्य अंग्रेज व्यापारीहरूलाई बताए, साथै माड्रिडमा भएका अंग्रेज राजदूत सर वाल्टर एस्टनलाई पनि भने। एस्टनले चाँडै स्पेनका राजा र राज-सभालाई अपिल गरे, लिथ्गोलाई झट्टै छोडिदिने राजाज्ञा प्राप्त गरे, र तिनलाई शहरको बन्दरगाहमा भ्रमण गर्दै आइपुगेको अंग्रेज युद्ध-जहाजमा चढ़ाए। दुई महिनापछि लिथगो इङ्गल्याण्डको डेप्टफोर्ड शहरमा सुरक्षासाथ आइपुगे, तर तिनको देब्रे हात - पाखुरा जीवनभरको निम्ति बेकामे भयो। 

आइसाक मार्टिन 

आइसाक मार्टिन, एक अंग्रेज व्यापारी, आफ्नो पत्नी र चारजना छोराछोरीहरूसँग स्पेनमा बसेका थिए। तिनको पहिलो नाम आइसाकको कारणले अधिकारीहरूले तिनलाई कुनै यहूदी हुनैपर्छ भन्ठानेर तिनलाई धर्म-परिवर्तन गराउने विचार गर्दै सताउन थाले। समयमा स्पेन - देशबाट निस्के तिनलाई असल हुनेछ भन्ने तिनले निर्णय गरे। तर तिनले आफ्नो योजना कुनै एक स्पेनी छिमेकीलाई भन्ने भूल गर्दा तिनी मध्यरातमा पक्राउ परे। 

मध्यरातमा कैद - कोठरीमा हालिँदा मार्टिनलाई यसो भनियो: 'तिमीले यहाँ पूर्ण रूपले, तिमी मरेजस्तै गरेर चुपचापसित बस्नुपर्छ। तिमीले बोल्नुहुँदैन; न सुसेल्नु, न गाउनु न ता सुनिन्ने होहल्ला गर्नु हुन्छ। कसैले कराएको वा हल्ला गरेको तिमीले सुन्यौ भने तिमी शान्त रहनुपर्छ र केही भन्नुहुँदैन; नत्रभने तिमीले दुई सयपल्ट कोर्राको चुटाइ खानुपर्छ।' 

मार्टिनले तिनी त्यो कोठरीभित्र यताउता हिँड्न पाउने अनुमति छ कि छैन भनी सोध्दा जेलरले 'हल्ला नगरी हिँड्न पाउने अनुमति छ' भने। 

सबै कुरा मिलाउँदा-हेर्दा छब्बीस ओटा स-साना झूटा आरोपका निम्ति मार्टिनलाई सोधनी गर्ने हाकिमकहाँ छपल्ट सुनवाइका निम्ति हाजिर गराइयो। तिनलाई एउटा वकिल दिने वचन दिइयो, त्यसपछि सुनवाइको समयमा वकिलहरूलाई बोल्ने अनुमति छैन भनियो। प्रायः एक महिनापछि तिनको घिच्रोमा डोरी बाँधियो र त्यस डोरीले तान्दै तिनलाई एउटा ठूलो गिर्जाको अल्टरमा लगियो। तिनलाई दोषी ठहराइएका अपराधहरूका निम्ति पवित्र पद-कार्यका ' लर्ड्स अफ द होली अफिस'का अधिपतिहरूले तिनलाई दुई सय पल्ट कोर्रा लगाएर स्पेनबाट निकालवास गर्ने हुकुम दिए। भोलिपल्ट बिहान दण्ड दिने व्यक्ति आयो, मार्टिनलाई कम्मरसम्म नाङ्गो पार्‍यो, तिनका दुवै हात एकसँग बाँध्यो र तिनलाई कैदखानाबाट बाहिर निकाल्यो। तिनलाई एउटा गधामाथि चढाइयो र त्यहीं तिनले दुई सय खेप कोर्रा खाए। कैदखानामा अझै दुई साता बिताएपछि जबसम्म तिनलाई घर लाने अंग्रेजी जहाज आइपुगेन, तबसम्म बसेर पर्खन तिनलाई मलागामा पठाइयो। 

धर्माधिकरण १८०८ सालमा नेपोलियन बोनापार्टले स्पेनलाई आक्रमण नगरेसम्म र स्पेनका राजा चतुर्थ चार्ल्सले तिनका छोरा सातवौं फेर्दिनन्दको पक्षमा सिंहासन नत्यागेसम्म चलि नै रहयो। २२ फरवरी १८१३ मा राष्ट्रको साधारण महासभा माड्रिडमा बस्यो र त्यस सभाले 'धर्माधिकरणको अस्तित्व राष्ट्रले अनुमोदन गरेको राजनैतिक संविधानअनुसार छैन' भन्ने आदेश जारी गर्‍यो। तब बिशपहरू र सिभिल कोर्टहरूलाई पुरानो अधिकार फिर्ता दिइयो र अन्तमा स्पेनका मानिसहरूको दमन र अत्याचार समाप्त भयो।

पृष्ठको शीर्षमा फर्कनुहोस्

Your encouragement is valuable to us

Your stories help make websites like this possible.