Nepali Bible correspondence institute (NBCI)

Logo for Radio.png

यो रेडियो कार्यक्रम नेपालको विभिन्‍न एफ.एम रेडियो स्‍टेशनहरूबाट प्रसारण भइरहेको छ। यो कार्यक्रम अनलाइनमार्फत विश्‍वको जुनसुकै ठाउँबाट सुन्‍न सक्‍नुहुनेछ।

  रेडियो श्रृङ्खलाहरू
 

Got Questions.png

के तपाईंसँग बाइबलसँग सम्‍बन्‍धी विविध विषयहरूमा प्रश्नहरू छन्? हामीलाई तपाईंको प्रश्‍नहरू पठाउनुहोस्‌। यस विषयमा  मद्दत गर्न हामी तयार छौं!

प्रश्‍नोत्तरको लागि यहाँ ट्याप गर्नुहोस्‌

slide1
slide2
slide3
slide4

एन.बी.सी.आई.को बारेमा

इस्वी सम्वत् १८७० सालमा स्कोटल्याण्डबाट प्रेस्बिटरियन मिसनले भारतको दार्जीलिङ्ग जिल्लामा आफ्ना प्रचारकहरूलाई पठाउने क्रम शुरू गरे। त्यसपछि अरू मिसनहरूले त्यसै गरे; तीमध्ये WEC मार्फत श्री वानडाईक पनि पठाइए। इस्वी सम्वत् १९१५ सालमा उनले दार्जीलिङ्ग बाइबल करेस्पण्डेन्स इन्स्टिच्यूट (डी.बी.सी.आई.) नामक पत्राचार-केन्द्र शुरू गरे, किनभने त्यस समयमा विभिन्न रेडियो कार्यक्रमबाट प्रभु येशूको सुसमाचार सुनेर अझ बुझ्न चाहनेहरूका निम्ति उनले यो ठूलो खाँचो महसुस गरेर केही शिक्षाक्रमहरू तयार गरे। इस्वी सम्वत् १९६६ सालसम्म लगभग दस हजार विद्यार्थीहरूले यस इन्स्टिच्यूटमा भर्ना भई यी पाठ्यक्रम अध्ययन गरिसकेका थिए, अनि ती वर्षहरूमा यस प्रकारको बाइबलको शिक्षा पाउन चाहनेहरूको सङ्ख्या निक्कै बढ़िरहेको थियो।

थप पढ्‍नुहोस्‌!

पट्रिशा सेन्‍ट जोनद्वारा लिखित “ओनेसिमस र आइरीन्‌,” “विजेता” र “चहकिलो हिउँको कथा” नामक रोमाञ्चित प्रेमको उपन्‍यासहरू पढ्‍न सम्‍बन्‍धित पुस्‍तकमा ट्याप वा क्‍लिक गर्नुहोस्‌! 

Onesimus and Irin.png
Victory.png

उनको डरलाग्दो डगडगी काम्ने व्यथाले गर्दा मैले उनलाई घृणा गरिनँ, जसले उनलाई जुनै बेला पनि अचानक छोप्थ्यो। त्यस्तो बेला उनी दाह्रा किट्थन्, आफ्नै कपाल भुत्ल्याउँथिन्; अनि भुइँमा होस् वा आगोमा होस् अथवा उनी जहाँ उभिरहेकी थिइन्, त्यहीं नै लड़ीबुड़ी गर्थिन्। कहिले बढ़ी, कहिले कम हुने गरी र बीच-बीचमा उनलाई छोड़ेर यो क्रम धेरै वर्षदेखि चलिरहेकै थियो अनि उनलाई यस्तो देख्ने मेरो बानी भयो। यसबाहेक कहिलेकहीं बीचमा उनी पूरा स्वस्थ देखिन्थिन्; तरैपनि उनी सधैं केही अनौठो र मन उड़ेकी देखिन्थिन्; पुरानै बुढ्यौली अनुहार लिएर र आफ्ना हात बाँधेर उनी एकोहोरो आकाशतिर हेरेर बस्थिन्; अनि कहिलेकहीं जब उनी बोल्थिन्, तब उनको सोर टाढ़ा, धेरै नै टाढाबाट आएको आवाजजस्तो लाग्थ्यो; तर उनका बोलीवचन धेरैजसो उपदेशका वचनहरू हुन्थे, र मेरी आमाले उनको भक्ति गर्नुहुन्थ्यो।

Story of bright snow.png
Yo sansar.png

पुस्तकहरू

यो संसार कहाँ पुगेर टुङ्गिएला?

अब यस संसारको अवस्था केकस्तो हुनेछ होला? यो संसार कहाँ पुगेर टुङ्गिएला? यस्ता प्रश्नहरू सबैको मनमा उठ्छन्; यसमा शङ्का छैन। तपाईंको मनमा पनि कतिचोटि यस्ता प्रश्नहरू उठे होलान्। तपाईंले कुनै पनि समाचार पत्रिकामा वा सोसल मिडियामा पढ्नुभयो भने संसार सङ्कष्टैसङ्कष्टमा परेको र गड़बढ़ीले भरिएको देखिन्छ। रेडियो सुन्नुहोस्! ज्यादा नराम्रा समाचारहरू मात्र तपाईंले सुन्न पाउनुहुनेछ। 

यो पुस्तक र अन्य पढ्नुहोस्:

Collage of pamphlet covers

पर्चाहरू

लगायतका विविध विषयहरूमा पुस्‍तिकाहरू पढ्नुहोस्:

पैसा ! पैसा !! पैसा !!!
मदिरा क्‍या मीठो! त्‍यसको नतीजा क्‍या नमीठो!!
के ख्रीष्‍टियन धर्म विदेशी धर्म, गाई खाने धर्म हो?
विकास! विकास!! नाश हुने विकास पो हो कि?

04_Chanauli,Chitwan 01.png

जीवन गवाही

NBCI ले मलाई आत्मिक जीवन जिउन सिकाएको छ

मेरो नाम रमेश चौधरी हो। यहाँहरूको माझमा मेरो जीवन गवाही बताउन पाउँदा अत्यन्तै खुशी लागेको छ। परमेश्वरलाई धन्यवाद होस्! त्यो अतित क्षणलाई सम्झन्छु — मलाई जहाँ जान मन लाग्थ्यो र जे गर्न मन लाग्थ्यो, ती सबै कुराहरू आफ्नो खुशीअनुसार गर्थें र जिउँथें। आकाशमा चराहरू स्वतन्त्रपूर्वक उडेझैं म पनि धरतीमा आफ्नै इच्छानुसार स्वतन्त्रपूर्वक हिँड्थें, डुल्थें र खेल्थें। तर अब ती दिनहरू मेरा लागि अतीत भइसकेको छ। सायद अब ती रमाइला दिनहरू मेरो निम्ति फेरि फर्केर आउँदैनन्‌!

एन.बी.सी.आई र विजयनगर मण्‍डलीद्वारा आयोजित सुसमाचारीय गतिविधिहरू

फोटोहरू ठूलो पार्न क्लिक वा ट्याप गर्नुहोस्

विविध ख्रीष्‍टिय विषयहरूका Audio Podcast सुन्‍नको लागि लोगोमा ट्याप गर्नुहोस्‌!

nbci logo.png

आफ्‍नो मोबाइल QR Scaner ले  NBCI को वेबसाइट भिजिट गर्नुहोस्‌

तपाईंको प्रोत्साहन हाम्रो लागि बहुमूल्य छ

तपाईंको कथाहरूले वेबसाइटहरूलाई यो सम्भव बनाउन मदत गर्दछ।