यी दिनहरूमा यस सालका निम्ति पढाइ सकेको छ, र छुट्टी शुरु भएको छ। तर पढ्ने विद्यार्थीहरूले घर जान पाउनुभन्दा अघि तिनीहरूमध्ये हरेकलाई आ-आफ्नो परीक्षाफल सुनाइन्छ। तब सबैको मुखमा एउटै प्रश्न सुनिन्छः 'के तिमी पास भयौं? हामी तपाईंबाट पनि जान्न चाहन्छौं: के तपाईं यस पालिको वार्षिक परीक्षामा उत्तीर्ण हुनुभयो?
स्कूले जीवन परीक्षा परीक्षाले भरिएको हुन्छ। हरेक परीक्षाका निम्ति धेरै अघिदेखि पढ्नुपर्छ। परीक्षा जति नजिक आइपरेको छ, त्यत्ति नै बढ़ी पढ्नुपर्छ। त्यत्ति बेला सबेरै उठेर सोधिएका प्रश्नहरू र तिनका उत्तरहरू किताबहरूमा लेखिएअनुसार पूरा कण्ठ गर्नुपर्छ; यति बेला विभिन्न पाठ रटिरहेका केटाकेटीहरूको सोर चारैतिर सुनिन्छ। ज्ञानी र परिश्रमी विद्यार्थीहरूले पास मात्र हुन चाहँदैनन्, तर तिनीहरूले आफ्नो कक्षा वा स्कूलमा प्रथम हुन खोज्छन्। अरूले पढ़ाइमा बेसी ध्यानै दिदैनन्, तर यसैले राम्रो अंक पाउँदैनन्: यस्ताहरू प्रायः फेल पनि हुन्छन्, र यसैले घरमा गाली वा पिटाइ खानुपर्छ। उत्तीर्णा नभएका विद्यार्थीहरूमध्ये कतिजना परीक्षामा फेल खाएकोमा साह्रै निराश हुन्छन्। कोही केटाकेटीहरू आत्महत्या गर्नुसम्म पुगेका कतैकतै सुनिएको छ; बेला-बेलामा यसको विषयमा समाचार-पत्रिकाहरूमा पढिन्छ।
कति नानीहरूका निम्ति परीक्षामा फेल खानु स्वभाविक कुरा हो, किनभने तिनीहरूले राम्रोसँग पढ्दैनन्, र केवल आफ्नो अल्छेपनको फल भोग्नुपरेको छ। तर अरू कति विद्यार्थीहरूले ध्यानसित पढेर र पूरा मेहनत गरेर पनि फेल खाँदा रहेछन्। तिनीहरूको विषयमा केकसो? तिनीहरूले याद राख्नुपर्छः परीक्षामा फेल खानु खास ठूलो कुरा होइन आफ्नो जीवन फाल्ने र नष्ट पार्ने लायकको कुरा यो होइन। केवल म नै परीक्षामा फेल भएँ भन्ने कुरा सत्य पनि होइन। परीक्षामा फेल खाएकोले आफूलाई धिकारेर आफूलाई साहै अभागी व्यक्ति सम्झनु उचित पनि होइन किनकि परीक्षामा फेल खाएको विद्यार्थीले अर्को सालमा फेरि पनि परीक्षामा बस्न पाउँछ नि! यसैले आफ्नो जीवनको मूल्य हामीले पढाइमा सफल-असफल भएको कुरादेखि कहिल्यै नाप्नुहुँदैन।
तर यस सम्बन्धमा हामीले याद रख्नुपर्ने कुरा के हो भने, स्कूले जीवन जति महत्त्वपूर्ण किन नहोस्, तर त्यो त सबै कुरा होइन; असल परीक्षाफल हाम्रो जीवने होइन। पढ़ाई हाम्रो जीवन हुनु पनि हुँदैन; तर पढाइले हामीलाई यस संसारमा अनि विशेष गरी हाम्रो समाजमा जिउने सम्बन्धमा मद्दत पुरयाउँछ। सरकारी नोकरी वा अरू कुनै असल जागिर पाउने नपाउने विषयमा पढाइले ठूलो भूमिका खेल्छ। अनि पढ्नु, लेख्नु, हिसाब निकाल्न जान्नु र स्कूलमा सिक्ने अरू धेरै विषयहरू जीवनमा कामलाग्ने कुराहरू हुन्। तर हामीले आफूलाई सधैं याद दिलाउनुपर्छः पढाइभन्दा ठूलो कुरा छँदैछ हाम्रो जीवननाहि सबैभन्दा ठूलो कुरा हो। हाम्रो जीवन सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अनि जसले आफ्नो जीवनको महत्त्व बुझ्दछ अनि आफ्नो जीवनको उद्देश्य र अर्थ जान्दछ, त्यस मानिसले आफ्नो जीवनमा कहिल्यै हारेश खानेछैन। हामीले आफ्नो जीवन ईश्वरले हामीलाई दिनुभएको सबैभन्दा सुन्दर र उत्तम वरदान सम्झनुपर्छ; हामी बेहोशी भएर त्यसलाई कहिल्यै फ्याँक्नु हुँदै हुँदैन।
हामीले आफ्नो जीवनको उद्देश्य जान्नपर्छ। 'यस संसारमा म किन आएँ?' यस प्रश्नको उत्तर हामीले पाउनैपर्छ। तर यसको विषयमा हामीले कसलाई सोधौं? यो कुरा कसले जान्दछ? यसको विषयमा कसले हामीलाई निश्चित जवाफ दिन सक्दछ? हुन सक्छ, हाम्रा बुवाआमा र हाम्रा शिक्षकशिक्षिकाहरूले हामीलाई यसको सम्बन्धमा सही जवाफ नदेलान्, तर एकजना हुनुहुन्छ, जसले हामीलाई यस मुख्य प्रश्नको सठीक उत्तर दिन सक्नुहुन्छ।
कुर्सी बनाउने मिस्त्रीले कुर्सीको काम के हो सो कुरा राम्ररी जान्दछ; ठीक त्यस्तै हामी मानिसलाई रच्नुहुने सृष्टिकर्ता परमेश्वर आफूले बनाउनु भएको मानिसको जीवन केका निम्ति हुने हो, सो जान्नुहुन्छ। के तपाईंले आफ्ना सृष्टिकर्ता परमेश्वरलाई चिन्नुभएको छ? तब उहाँलाई तपाईंले यो प्रश्न सोध्न पाउनुहुन्छः 'हे मलाई रच्नुहुने नेरा परमेश्वर कृपया मलाई भन्नुहोस्, तपाईंले मलाई किन बनाउनुभयो?' पवित्र बाइबलमा हामी यस महत्त्वपूर्ण प्रश्नको सही जवाफ पाउँछौंः उहाँले मानिसलाई आफ्ना निम्ति सृष्टि गर्नुभयो। यसकारण हाम्रो जीवनको उद्देश्य तब मात्र पूरा हुन सक्छ, जब हामीले हामीलाई सृष्टि गर्नुहुने परमेश्वरलाई चिन्छौं, र उहाँको इच्छाअनुसार चल्छौं; किनभने उहाँले हामीलाई आफ्नै स्वरूपना उहाँसित संगत गर्न भनी बनाउनुभयो।
यस सम्बन्धमा परमेश्वरले हामी हरेक मानिसलाई जाँच गर्दै हुनुहुन्छ। हामीले उहाँको खोजी गरेका छौं कि छैनौं? हामीले उहाँलाई खुशी पारेका छौ कि छैनौं? के हामी उहाँका निम्ति ग्रहणयोग्य भएका छौं कि छैनौं? यस सम्बन्धमा तपाईंको र मेरो खास परीक्षा हुँदैछ।
तपाईंसित अदनको बगैंचाको विषयमा कुरा गर्न मन लागेको छ, जहाँ सृष्टिको शुरुमा परमेश्वरले आफूले सृष्टि गर्नुभएको मानिसलाई राख्नुभयो। त्यस बेला मानिस र तिनकी पत्नी मात्र थिए। परमेश्वरको संगतिमा रहने वा नरहने सम्बन्धमा उहाँले तिनीहरूलाई एउटा आज्ञा दिनुभयो, जुन आज्ञा तिनीहरूले पालन गर्नुपर्दथियो। त्यस सुन्दर बगानको बीचमा असल र खराबको ज्ञान दिने एक रूख थियो, जसको फल मानिसले खानुहुँदैनथियो। बगैंचाभरि अरू थुप्रै फलफुलका रूखहरू भएको हुनाले मानिसले आफ्नो आवश्यकता पूरा गर्न त्यस रूखबाट खानुपर्दैनथियो। त्यो त परमेश्वरप्रति तिनीहरूको विश्वास र आज्ञाकारिताको जाँच गर्ने रूख पो भएको रहेछ।
परमेश्वरले मानिसलाई भन्नुभयोः 'बगैंचाको हरेक रूखको फल तिमीले केही पनि शङ्का नगरीकन स्वतन्त्रतापूर्वक खान सक्छौ, तर असल र खराब ज्ञान दिने रूखबाट तिमीले खानुहुँदैन। जुन दिन तिमीले त्यस रूखको फल खान्छौ, त्यही दिन तिमी निश्चय मर्नेछौं।' परमेश्वरको जाँच सरल थियो, र उहाँको आज्ञा बुझ्न सजिलो थियो एउटै मात्र आज्ञा, एउटै कुरा मात्र मान्नपर्ने, कति सजिलो!! हाम्रो वार्षिक परीक्षाको जस्तो यो नियम अलिकति पनि थिएन। यसमा धेरै कुरा पढ्नुपर्ने होइन, केही कुरा कण्ठ गर्नुपर्ने पनि होइन। परमेश्वरको जाँचमा गाह्रो केही पनि थिएन र पनि मानिसले फेल खाए। किन होला?
किनभने त्यहाँ मानिसको शत्र आये, र त्यसले मानिसलाई पापमा फसायो। त्यसले स्त्री मानिसलाई सोध्यो 'तिमीहरूले त्यस रूखबाट खान सक्दैनौ, किन होला नि? अहो, परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्न; नत्र ता उहाँले तिमीहरूलाई त्यसको फल खान दिनुहुनेथियो हेर त, त्यसको फल कति सुन्दर, कति मीठो छ! अनि तिमीहरू मर्नु? कहाँ मर्नु र? तिमीहरूले त्यसको फल खायौ भने तिमीहरूका आँखा खोल्नेछन्, तिमीहरूले सबै कुराहरू जान्नेबुभने, भगवानजत्तिकै हुनेछौ।' मानिसले यस जाँचमा फेल खाए। अनि त्यस दिनदेखि मानिसका सबै सन्तानहरूले एक-एक गर्दै जीवनको यस मुख्य जाँचमा फेल खाँदै आएका छन्।
अब के गर्ने? मानिसले परमेश्वरको परीक्षामा फेल खाए; हामीले पनि त्यस परीक्षामा फेल खानेथियौं किनभने हामी पहिलो मानिसभन्दा अझ धेरै कमजोर हौं। तपाईंलाई यसो लाग्दैन भने मसँग तलको कुरा विचार गर्नुहोस्!
एउटा आज्ञा पालन गर्न नसक्ने मानिसलाई दसवटा आज्ञाहरू दिइयो भने यसको नतिजा के होला? त्यसले जम्मै दसवटा आज्ञा उल्लङ्घन गर्छ- गर्छ। परमेश्वरले आफूले छात्र भएको यहूदी मानिसहरूलाई दस आज्ञा दिनुभयो, र तिनीहरूले यो सबै आज्ञाहरू भङ्ग गरे। यी दस आज्ञाहरूबाट म तपाईंलाई एउटै मात्र जान दिन्छु यो आज्ञा लिएर आफ्नो जीवनको जाँच आफूले गर्नुहोला, हुन्छ? परमेश्वरका दस आज्ञामध्ये अन्तिमचाहिँ हो 'तैंले आफ्नो छिमेकीको घर, उसको स्वास्नी उसको दासदासी, उसको गाईगोरु, उसको अरू पशुधन, उसको जग्गाजमिन, अँ, उसको कुनै पनि थोकको लोभलालच नगर्नू!”
के तपाईं इमानदार हुनुहुन्छ? तब आफूलाई जाँच्नुहोस्! यो एउटा आज्ञा लिएर आफ्नो परीक्षा गर्नुहोस्! यसो गरेमा थोरै समयभित्र हामीलाई के थाहा लाग्दैछः हामीले यो दिव्य नियम पालन गर्ने सक्दैनौं किनभने हाम्रा आँखाहरूले अरू मानिसहरूको सम्पत्तिमाथि पर्न जान्छन् र हामी तिनीहरूकै कुराको लोभ गर्न थाल्छन्। नभए हाम्रै शरीर र मनबाट बेला-बेलामा किसिम- किसिमका अभिलाषाहरू उठिरहेका हुन्छन्, जसले हामीलाई विभिन्न पापहरूको वशमा ल्याउँदछन्।
तब हाम्रो जांचको परीक्षाफल के हो? यस सम्बन्धमा हाम्रो फल अफल के हो? इमानदार हुनुहोस्, र मानिलिनुहोस्ः हामी सबै मानिसहरू स्वभावै पापी हौं; तपाईं पनि एउटा पापी मानिस हुनुहुन्छ भन्ने प्रमाण केले जनाउँदछः लोभलालच नगर्नू भन्ने आज्ञाले यो कुरा स्पष्ट पारिदिएको छ। अनि तपाईंले अर्को प्रमाण खोज्नुभयो भने म तपाईंलाई अर्को एउटा अचूक प्रमाण दिन्छुः हामी सबैजना मर्नुपर्छ। हाम्रो शरीरको मृत्युले के कुरा सत्य ठहराउँछ? परमेश्वरले पहिलो मानिसलाई आज्ञा गर्नुहुँदा भन्नुभएको कुराः 'तिमीले त्यस रूखको फल खायौ भने, तिमी अवश्य मर्नुपर्छ। संसारका सबै मानिसहरूको एकै हालत हुन्छः सबै अवश्य मर्नुपर्छ किनकि सबैको मृत्युबाट स्पष्ट छः हामी सबैजना पापी मानिसहरू हुन्छ। हाम्रो आत्मिक अवस्था यही हो; आत्मिक कुराको सम्बन्धमा हामीलाई जाँचिदै हाम्रो नमीठो फल यही हो।
यस प्रकारको हारेशलाग्दो अवस्थामा हामी के गरौं? यसको परीक्षामा फेरि बस्यौं भने परीक्षाफल त्यही नै हुने नै छ; हामी फेरि पनि फेल खाने नै छौं। तब हाम्रो मनमा प्रश्न उठ्छ के हाम्रा निम्ति अरू कुनै उपाय छैन? के हामीले जीवनभरि पाप गर्दै बस्नुपर्नेछ? के साँच्चै हामी जीवनभरि पापको विभिन्न अभिलासाको वशमा जिउनुपर्नेछ?
यहाँ, यस ठाउँमा हामी तपाईंसँग प्रभु येशूको कुरा गर्नुपर्छ किनभने उहाँचाहिँ पापी मानिसहरूलाई खोज्न र बचाउन आउनुभएको हो। उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ। उहाँको नाममा पापहरूको क्षमा छ। उहाँको रगतमा शक्ति छ, हामीलाई पापको हरेक कलङ्गबाट शुद्ध पार्नलाई। उहाँको क्रूसको मृत्यु विचार गर्नुहोस्! यो अमूल्य बलिदान उहाँले तपाईंका पापहरूका निम्ति दिनुभयो। उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ, र तपाईंलाई पापसित हार खान दिनुहुन्न। उहाँमाथि सम्पूर्ण हृदयभरिको विश्वास राख्नुहोस्! उहाँले तपाईंलाई हर पापमाथि विजयी तुल्याउनुहुनेछ किनभने उहाँ मरेको अवस्थाबाट फेरि उठ्नुभएको जीवित समार्थी र प्रतापी प्रभु हुनुहुन्छ। उहाँको नाम पुकार गर्ने प्रत्येक मानिसप्रति उहाँ कृपा गर्नुमा धनवान् हुनुहुन्छ। पापसित हार नखानुहोस्, तर प्रभु येशूको नाममाथि विश्वास गरेर सित्तैंमा मुक्ति पाउनुहोस्!
अन्तमा हामी तपाईंलाई फेरि पनि याद दिलाउन चाहन्छौंः तपाईंको जीवन सबैभन्दा महत्त्वपूर्ण कुरा हो, पढ़ाई होइन। स्कूलमा गणित, विज्ञान, भूगोल आदि विषयहरूमा तपाईंको ज्ञानको जाँच गरेझैं परमेश्वरले तपाईंको जीवनको परीक्षा लिँदै हुनुहुन्छ। अरू परीक्षामा पास हुनु तर यस मुख्य जाँचमा फेल खानु दुःखलाग्दो कुरा हो किनभने त्यसको अफल अनन्त-अनन्तसम्म हामीले भोग्नुपर्नेछ। जसरी शरीरको मृत्यु हुँदो रहेछ, ठीक त्यस्तै आत्माको मृत्यु पनि हुन्छ। तर तपाईं मलाई भन्नुहुन्छः 'अहँ, हाम्रो आत्मा त कहिल्यै मर्दैन।' तब यो पनि सिक्नुहोस्ः पापको ज्याला मृत्यु हो। अनि नरकको आगो मलाई भन्नुहोस्ः यो करुका निम्ति हो? के अधर्मी र पापहरूका निम्ति यो डरलाग्दो ठाउँ तयार पारिएको होइन र? पापसित हार्ने हरेक मानिसले आफ्ना कामहरूको प्रतिफल पाउनुपर्छ। यसैले पाप र पापका अभिलाषाहरूसित नहार्नुहोस्, र प्रभु येशूको पवित्र आत्माको शक्तिले जय पाउनुहोस्! जय पाउने सबैहरूका निम्ति परमेश्वरको अनन्त राज्य तयार भएको छ। उहाँको महिमाको राज्यको योग्य हुने प्रमाण दिनुहोस्!
तपाईंका आँखाहरूले देख्न सकून् तपाईं अन्धकारबाट ज्योतिमा आउनु- होस्! सत्य परमेश्वरको अधीनमा आएर शैतानको शक्तिबाट छुटकारा पाउनुहोस्! प्रभु येशूमाथि विश्वास राख्नाले पापहरूको क्षमा पाउनुको साथसाथै स्वर्गको महिमित राज्यको हकवाला पनि बन्नहोस्! परमेश्वरको अपार कृपा र उहाँको प्रशस्त निगाह तपाईंका निम्ति यस्तै छ। के यस अन्तिम मुख्य जाँचको विषयमा म तपाईंलाई सोध्न पाऊँ के यसमा तपाईं पास हुनुभएको छ?
मेरा पाप क्षमा गरिदिनुहोस्!
रगतले रगतले येशूको रगतले;
मेरा पापको दाग मेटाइदिनुहोस्!
रगतले रगतले येशूको रगतले;
मेरो मनमा पूरा शन्ति भरिदिनुहोस्!
रगतले रगतले येशूको रगतले;
शैतानमाथि जयवान्त् हुन दिनुहोस्!
रगतले रगतले येशूको रगतले;
स्वर्गको महिमित राज्यमा पस्न दिनुहोस्!
रगतले रगतले येशूको रगतले;
ख्रीष्ट येशूमा विजयको गीत गाउन दिनुहोस्!
रगतले रगतले येशूको रगतले।